×

NMB BANK
NIC ASIA

राजनीतिक दलको दशैं : नेकपालाई एकीकरणकै चटारो, कांग्रेसलाई शोक ! यस्तो छ शीर्ष नेताको तयारी

असोज ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –यतिबेला देश नै वडादशैंको रमझममा छ । सर्वसाधारण नागरिकदेखि राजनीतिज्ञ, कर्मचारी, कलाकार, पत्रकार लगायत विभिन्न पेशा व्यवसायमा आवद्ध सबैलाई दशैं लागेको छ ।

Muktinath Bank

सार्वजनिक कार्यक्रम, भेटघाट र सामाजिक सञ्जालमा शुभकामना दिन भ्याइँनभ्याइँ छ । गृहजिल्ला बाहिर रहेकाहरू घर फर्किने क्रम जारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं उपत्यकाबाट २५ लाखमा बढी मानिस बाहिरिएका छन् भने देश बाहिर रहेका हजारौं नागरिक घर फर्किरहेका छन् । खाद्यान्न, लुगाकपडा किन्नेको बजारमा भीड छ भने घरहरू रंगरोगन गरी चिटिक्क पारिएका छन् ।  


Advertisment
Nabil box
Kumari

सरकारको शुभकामना

Vianet communication
Laxmi Bank

दशैं आएसँगै शुभकामना आदानप्रदानका लागि दैनिक सार्वजनिक कार्यक्रम भइरहेका छन् । यस पटकको शुभकामना समृद्धिमा केन्द्रीत छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले देशविदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेको छ ।  बैठकले सुख, शान्ति र समृद्धिको कामना गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । 

शीर्षको व्यस्तता

दशैंको रमझम राजनीतिक दलका शीर्ष नेतालाई पनि लागेको छ । शुभकामना दिनका लागि गरिएका कार्यक्रममा सहभागी हुन उनीहरूलाई भ्याइँनभ्याइँ छ । 

काठमाडौंमै दशैं मनाउने तयारीमा रहेका शीर्ष नेताले आफन्त, शुभेच्छुक तथा कार्यकर्तासँग भेटघाट बाक्लो बनाएका छन् । मन्त्रीदेखि राजनीतिक दलका नेतालाई दैनिक दर्जनौं कार्यक्रममा सहभागी हुनैपर्ने बाध्यता छ ।

पुत्र प्रकाश दाहालको निधनका कारण दशैंमा टीका नलगाएपनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममा सहभागी भएर शुभकामना दिएका छन् । 

पूर्वमन्त्री तथा कांग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको निधनका कारण चियापान कार्यक्रम पछाडि सोरेको नेपाली कांग्रेसका नेताले पनि सार्वजनिक कार्यक्रममा सहभागी भएर शुभकामना दिइरहेका छन् ।

नेकपाको प्राथमिकता 

अघिल्लो दशैंको फुर्सदमा वाम गठबन्धन बनाएर निर्वाचनको तयारीमा जुटेका नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताले यस वर्षको दशैंलाई पनि पार्टी एकीकरणको बाँकी प्रक्रिया टुंग्याउन प्रयोग गर्ने तयारीमा छन् ।

पार्टी सत्तामा पुगेपछि कार्यव्यस्तताका कारण एकीकरण सम्बन्धी काममा समय दिन नभ्याएको बताउँदै आएका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड तल्ला कमिटी एकीकरणको मोडालिटी तय गर्न दशैंको फुर्सदिलो समयलाई उपयोग गर्ने तयारीमा छन् ।

कसको दशैं कहाँ ?

प्रधानमन्त्री केपी शर्मा ओली यस पटक १ दिन मात्र झापा पुग्ने र बाँकी समय काठमाडौंमै बस्ने तय भएको छ । टीकाको दिन प्रधानमन्त्री ओलीले बालुवाटारमै टीका लगाउने बताइएको छ । 

नेकपाका अर्का अध्यक्ष प्रचण्डले पुत्रशोक परेकाले दशैंमा टीका लगाउने छैनन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दशैं काठमाडौंमै हुने भएको छ । सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमै दशैं मनाउने तय भएको निजी सचिवालयले जनाएको छ । 

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको दशैं पनि काठमाडौंमै बित्ने भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल दशैंमा भारतका केही प्रसिद्ध धार्मिक स्थलको भ्रमणमा जाँदैछन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष महन्थ ठाकुर र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको दशैं काठमाडौंमै हुने भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x