×

NMB BANK
NIC ASIA

ग्राण्डी अस्पताल बन्यो पीपीएल टी–ट्वान्टी क्रिकेटको मेडिकल पार्टनर

असोज ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पोखरामा पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा रहने भएको छ ।

Muktinath Bank

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो । सम्झौतामा ग्राण्डी इन्टरनेसनल अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले हस्ताक्षर गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौता अनुसार ग्राण्डीले पोखरा कात्तिक ९ गतेदेखि २० गतेसम्म हुने प्रिमियर लिगका लागि आवश्यक पर्ने डाक्टर, फिजियोथेरापिस्ट र खेल सञ्चालन हुने मैदानमा आवश्यक स्वास्थ्यकर्मी र मेडिकल सामग्री उपलब्ध गराउने छ । 


Advertisment
Nabil box
Kumari

सम्झौतापछि ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले ग्रान्डीले विगत लामो समयदेखि घाइते भएका खेलाडीको सफल उपचार गर्दै आएको र पीपीएलसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । सक्षम र सफल खेलाडीका लागि खेलको अनुभवका साथै स्वस्थ शरीर र मनोवैज्ञानिक परामर्शको पक्ष पनि जरुरी हुने भएकाले मेडिकल पार्टनरका रुपमा ग्राण्डी अस्पतालले व्यावसायिक रुपमा आफ्नो इमान्दारीपूर्ण र अर्थपूर्ण सहभागिता जनाएको उनले बताए ।

Vianet communication
Laxmi Bank

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर तथा स्पाइन विभागका प्रमुख डा. विनोद बिजुक्छेले आफ्नो मन्तव्यका क्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले स्थापनाकालदेखि नै घाइते भएका खेलाडीको सफल उपचारमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले खेलका क्रममा ढाडमा हुने चोटपटक र उपचारका बारेमा पनि चर्चा गरे । यस सहकार्यले खेलाडीको उपचारबारे चेतना फैलाउने र सूचित गर्ने काममा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा लामो समयदेखि राष्ट्रिय टिमका खेलाडी पृथु बास्कोटा, अमृत भट्टराई, ज्ञानेन्द्र मल्ल लगायतका खेलाडीको सफल उपचार गरी खेल मैदानमा फर्काउन सफल भएकोमा बधाई पनि दिए । अस्पतालले खेलाडीलाई सधैं प्राथमिकतामा राखेर उपचार गरेकोमा आभार व्यक्त गरे । यसलाई आगामी दिनमा पनि निरन्तरता दिइरहनेछ भन्ने कुरामा आफू विश्वस्त रहेको जिकीर गरे ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले क्रिकेट खेलाडीको उपचारमा ग्रान्डी अस्पतालले दिएको सेवा स्मरण गर्दै पीपीएलसँग सहकार्य गरेकोमा आभार व्यक्त गरे । ६ टिमको सहभागिता हुने पीपीएल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने पीपीएलका लागि टिम घोषणा, मार्की खेलाडी घोषणा र खेलाडी अक्सन भइसकेको जानकारी पनि लामाले दिए । उनले पोखरालाई क्रिकेटको न्यूट्रल भेन्यू बनाउने र पोखराको पर्यटन विकासका लागि पोखरा प्रिमियर लिगले महत्त्वपूर्ण योगदान दिनेमा आफू विश्वास्त रहेको जिकीर गरे ।

नेपालमा नै विश्व स्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले स्थापित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो स्थापनाकालदेखि नै स्पोर्ट्स मेडिसिनलाई प्राथमिकता दिँदैआएको छ । यसअघि राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन जमुना गुरुङ, राष्ट्रिय महिला भलिवल टिमकी खेलाडी सिपोरा गुरुङ, राष्ट्रिय फुटबल टिमका मिड फिल्डर विक्रम लामा लगायतका थुप्रै राष्ट्रिय खेलाडीको सफल उपचार गरी खेल मैदानमा फर्काइसकेको छ । 

ग्राण्डी अस्पतालमा उपलब्ध विश्वस्तरीय अत्याधुनिक उपकरण तथा निदान सेवासँगै विशेषज्ञको उपलब्धताले खेलाडीलाई उपचारपछि चाँडै निको पारेर मैदान फर्काउन मद्दत पुगेको छ । अस्पतालमा उपलब्ध अत्याधुनिक उपकरण सहितको फिजिकल थेरापी तथा रिह्याबिलिटेसन सेवा अत्यन्त प्रभावकारी रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x