×

NMB BANK
NIC ASIA

आगामी १ वर्षभित्र पानीजहाजको सपना पूरा हुने मन्त्री महासेठको घोषणा

असोज ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनुषा – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताएका छन् ।

Muktinath Bank

जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा मंगलवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘मधेशको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री महासेठले ४ वर्षभित्र मधेशका सम्पूर्ण गल्ली गल्लीका सडकलाई मुख्य सडकसम्म जोड्ने र गाउँ गाउँलाई सदरमुकामसँग जोड्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी डिसेम्बरदेखि जयनगरदेखि जनकपुरसम्म रेल सेवा नियमित रुपमा सञ्चालन हुने र आगामी ४ वर्षभित्र पूर्वपश्चिम रेल सञ्चालन हुने बताए ।


Advertisment
Nabil box
Kumari

हुलाकी सडक निमार्णको कार्य पनि अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज चलाउने जनतासँग गरेको प्रतिबद्धता पनि आगामी १ वर्षभित्र पूरा हुने धारणा व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

मधेशको अधिकारका लागि राजपा प्रतिबद्ध : भण्डारी 

राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले मधेश र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

राजपा नेपालले मंगलवार जनकपुरमा आयोजना गरेको शुभकामना कार्यक्रममा उनले भने, ‘मधेशको हकअधिकार प्रवद्र्धनका लागि अहिले संविधान संशोधनका लागि दबाब दिनुपर्ने आवश्यकता छ ।’ 

नेता भण्डारीले मधेशी जनताको चाहना बमोजिम संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै यसको लागि सरकार आनाकानी गरिरहेको गुनासो गरे । २ नम्बर प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश रायले मधेशको स्वाभिमान, सम्मान र अधिकारका लागि सबै एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा राजपाका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रियसभाका सदस्य वृषेशचन्द्र लाल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रीता झा, हंसपुर नगरपालिकाका उपप्रमुख रेणु झा लगायतले मधेशलाई अधिकार सम्पन्न बनाउन राजनीतिक नेतृत्वले गम्भीर हुनुपर्नेमा जोड दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x