कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
काठमाडौँ– आज दशैंको आठौं दिन अर्थात महाअष्टमी पर्व । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।
आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ ।
आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धार्मिक विश्वास छ ।
आजैका दिन राति पशुबलिको विधि र पूजाआजासहित कालरात्रि मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।
आजका दिन काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लागेको छ ।
यसैगरी उपत्यका बाहिरका नुवाकोटका देवीघाट र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्छ ।
आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गरिन्छ ।
पशुबलि नचढाउनेले भने आज पूजाकोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् । आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।
सुनसान बन्यो राजधानी
दशैं मनाउन घर÷गाउँ जानेको संख्या बढेसँगै राजधानी काठमाडौं सुनसान देखिएको छ ।
मंगलबार फूलपातीको दिन सरकारी र निजी क्षेत्रका अधिकांश कार्यालय, उद्योग, व्यवसाय बन्द भएसँगै दशैं मनाउँन घर जानेको संख्या बढेको छ । करिब २५ लाख हाराहारीमा उपत्यकाबाट सर्वसाधारण दशैं मनाउँन बाहिरिएका छन् भने केही दशैं विदामा घुमघामका लागि विभिन्न पर्यटकीय स्थल र विदेश गएसँगै कोलाहाल र भीडभाडयुक्त काठमाडौं खुल्ला र शान्त देखिएको हो ।
सधैजसो जाम हुने राजधानीका मुख्य चोक र सडकहरुमा सवारीको न्यूनमात्र उपस्थिति रहेको छ । भाडाका सावरीहरु अत्यन्त्य कम मात्र गुडेका छन् ।
पूर्वराजाको चिन्ता
पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामना दिएका छन् । शाहले मंगलबार एक शुभकामना सन्देश जारी गर्दै देश भित्र र देश बाहिर रहे–बसेका सबै नेपालीहरुमा शान्ति, सूख र सम्वृद्धिको कामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा शाहले राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरुका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्था आइपुगेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘हरेक उपलव्धिहरु परिवर्तन हुन् तर हरेक परिवर्तनहरु उपलव्धिमुलक बन्न सक्दारहेनछन् भन्ने पुष्टि विद्यमान अवस्थाले देखाइरहेको छ । आज नेपालीबीचको सामाजिक सद्भाव मेटिदैछ भने तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको छ । अव समीक्षा र आत्मूल्यांकनको घडी आएको छ ।
उलले अब आफैलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने प्रण गर्न आह्वान समेत शुभकामना सन्देशमार्फत गरेका छन् ।
फूलपाती भित्र्याइयो
दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मंगलबार घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइयो ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, मान वृक्ष र अन्य नयाँ पालुवासमेत भित्र्याइयो ।
फूलपाती भित्र्याएपछि उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रह्मायणी, धानको बाला लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार्तिकी, अशोकको फूलमा शोकरहिता, मान वृक्षमा चामुण्डा देवीको विशेष पूजा गरिन्छ ।
माध्यामिक तहमा प्राविधिक विषय
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी शैक्षिकसत्रदेखि माध्यमिक तहबाट प्राविधिक विषयलाई अनिवार्य रुपमा पाठ्यक्रममा समावेश गरिने बताएका छन् ।
महोत्तरीको बर्दिवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब यो लक्ष्य प्राप्त गर्न माध्यमिक तहदेखि नै आयुर्वेद, योग, कृषि, पशुविज्ञान र वनसम्बन्धी पाठ्यक्रम बन्ने जानकारी दिए ।
बजार अनुगमन जारी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वका अवसरमा पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ ।
विभागले फूलपातीका दिन काठमाडौँ उपत्यकामा दुई टोली परिचालन गरेर अनुगमनलाई निरन्तरता दिएको महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
विभागबाट शाखा अधिकृतको नेतृत्वमा खटिएको सो टोलीले नयाँ सडक क्षेत्रका होटल, रेष्टुराँ र कलङ्कीस्थित खसी बजारको अनुगमन गर्दा नयाँ सडकको एक जुस पसलले सडेगलेका फलफूलको जुस बनाएर बिक्री वितरण गरेको पाएको थियो । उक्त पसलका सञ्चालकलाई दशैँ बिदा सकिएलगत्तै आवश्यक कागजातसहित विभागमा स्पष्टीकरण पेश गर्ने निर्देशन दिइएको महानिर्देशक गौचनले जानकारी दिए ।
दुर्घटनाका समाचार
रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ सल्लेमा गाडी मंगलबार दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
मृत्युहुनेमा सल्लेका नौ वर्षीय प्रयास बिसी रहेको छ । सल्लेबाट धुनका लागि मूलखोला आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको गाडी नियन्त्रण गुमाएर सडकभन्दा झण्डै १५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाईते भएका बिसीकोे उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् ।
यसैगरी काठमाडौँदेखि गाल्वातर्फ जाँदै गरेको बा ३ख ४६७५ नं को बस खाँडादेवी–३ भीरपानीको सार्की पँधेरामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
यस्तै चितवनको भरतपुर आँपटारी देवघाट सडकखण्डमा भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन् ।
देवघाटबाट पोखरा बसपार्कतर्फ आउँदै गरेको ना७ख १५५४ नम्बरको सिटी बस तीव्र गतिका कारण अनियन्त्रित भई नालामा पल्टिएर दुर्घटनामा भएको थियो ।
यसैबीच उदयपुरको त्रियुगा नगरपालिका–७ कौवाईमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ ।
राति ९ बजेपछि मदिरा बिक्री बन्द
जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति प्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ । विजयादशमीलाई लक्षित गरी प्रशासनले सूचना जारी गरेको हो । प्रशासकीय अधिकृत रामचन्द्र ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा चाडपर्वलाई अनुशासित तरिकाले मनाउनका लागि आग्रह गरिएको छ ।
शिक्षाविद् दाहालको निधन
शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ ।
एक कार्यक्रमका लागि अमेरिका गएका दाहालको सोमबार राति होटलको कोठामा सुतिरहेको अवस्थामा शव फेला परिवारले जनाएको छ ।
प्याराग्लाइडिङ विश्कप
स्याङ्जामा प्याराग्लाइडिङ विश्कप प्रतियोगिता हुने भएको छ । भीरकोट नगरपालिका–५ स्थित स्वरेक मैदानमा नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेञ्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा हुने प्रतियोगिता आगामी कात्तिक १५ देखि १८ गतेसम्म सञ्चालन गरिनेछ ।
नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङ सङ्घका महासचिव एवं कार्यक्रम संयोजक शैलेन्द्र रावतले नेपालको इतिहासमै पहिलो पटक विश्वकप आयोजना हुने बताउँदै यो राज्य र खेलाडीका लागि गर्वको कुरा भएको बताए ।
प्रतियोगितामा नेपालसहित जापान, क्यानडा, दक्षिण कोरिया, मलेसिया, सिङ्गापुर, भारत, पाकिस्तानलगायत करीब ३० भन्दा बढी देशका महिला र पुरुष खेलाडीले भाग लिने बताइएको छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...