×

NMB BANK
NIC ASIA

विपक्षी टीमबाट भाल्भेर्देलाई सन्देश– मेस्सीलाई नचिढ्याउनुमै तपाईंको भलाई होला !

असोज ३१, २०७५

NTC
Sarbottam
Photo : TEAMtalk
Premier Steels
Marvel

काठमाडौं – सेभियाका स्पोर्टिङ निर्देशक योआक्विन कापारोसले लियोनेल मेस्सीलाई चिढ्याउनु काललाई निम्त्याउनु जस्तो भएको चेतावनी दिएका छन् । 

Muktinath Bank

बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्देलाई सीजनको शुरूआत सुस्त भएकोमा आलोचना गरिएको छ । बार्सा शीर्ष स्थानमा रहेको सेभियाभन्दा एक अंक पछाडि परेको छ र उसको अर्को खेल सेभियासँग क्याम्प नूमा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस सीजनमा सबभन्दा ठूलो कुराकानीको विषय एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरी खेल्ने क्रममा भाल्भेर्देले मेस्सीलाई बेन्चमा राख्ने निर्णय लिएका थिए । 


Advertisment
Nabil box
Kumari

उक्त निर्णयको कडा आलोचना भएको थियो किनकि मेस्सीले बेन्चबाट आएर टीमका लागि बराबरीको गोल गर्न असिस्ट गरेका थिए । 

Vianet communication
Laxmi Bank

बार्साले आफ्नो उच्च मापदण्डअनुरूपको खेल देखाउन नसकेपछि भाल्भेर्देमाथि ठूलो दबाब छ । त्यसैले भाल्भेर्देले मेस्सीलाई चिढ्याउनु बुद्धिमानी निर्णय नभएको कापारोसको विश्वास छ ।

‘मेस्सीलाई चिढ्याउन हुँदैन,’ कापारोसले रेडियो मार्कालाई बताए, ‘मेस्सी सिंहजस्ता हुन् । सिंहलाई पहिला सुम्सुम्याउनुपर्छ अनि मात्र उसको मुखमा तपाईं हात हाल्न सक्नुहुन्छ र उसले टोक्दैन । तर तपाईंले उसको पञ्जालाई छुनुभयो भने सिंहले तपाईंको टाउको छिनाइदिन्छ ।’

बार्सिलोनामा मेस्सीको प्रभावका बारेमा विगतमा पनि धेरै कुरा लेखिसकिएको छ । पुराना प्रशिक्षक लुइस अनरिकेसँग उनको मनमुटाव प्रसिद्ध भएको थियो । 

अनि पाँचपटक बलोन दोर जितिसकेका मेस्सीले अर्जेन्टिनी टोलीमा पनि यस्तै प्रभाव राख्ने गरेको हल्ला चल्छ । मेस्सीले कुन खेलाडीसँग राम्रो खेल खेल्न सकिन्छ उसलाई राख्ने अनि ठूला खेलाडीलाई टीमबाट हटाउने गर्छन् भनिन्छ । 

मेस्सी आफैंले चाहिँ यी दाबीहरूलाई खारेज गर्ने गरेका छन् तर उनी आफ्नो क्लब र देशका लागि प्रभावशाली खेलाडी भएको प्रस्ट छ । 

मेस्सीलाई सेभियाका खेलाडीहरूले रोक्ने विश्वास कापारोसले लिएका छन् र ला लिगा उपाधिमा आफ्नो आँखा रहेको पनि बताएका छन् ।

गोल डट्कमबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x