कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जनकपुरधाम– हिन्दूहरुको महान पर्व बडादशैंको अवसरमा जनकपुरधामलाई बेहुली झैं सिंगारिएको छ । खास गरेर जनकपुरधामका प्रमुख शक्तिपीठ र मन्दिरहरूलाई सजाइएको छ ।
जनकपुरधाममा सहरको पुनर्निर्माण भइरहेको छ । सहरका मुख्य सडकदेखि सहायक सडक विस्तार भइरहँदा सडकको दायाँवायाँ रहेका घरहरु भत्काइएको र केही बनिरहेको छ ।
जसका कारण गत वर्र्षहरूको तुलनामा यस वर्षको दुर्गा पूजामा रौनकता भने कम देखिएको छ । तर, पनि जनकपुरका युबा क्लबहरूको आयोजनामा हुने गरेको दुर्गा पूजालाई आकर्षक र भव्य बनाउन हरसम्भव प्रयास गरेको पाइन्छ ।
जनकपुरमा दशैंको मुख्य विशेषताको रुपमा माटोको प्रतिमासहितको मूर्ति बनाएर पूजा गरिन्छ । त्यस्तै भारतको कोलकाताको जस्तै पण्डाल बनाउने गरिन्छ जुन आकर्षक र मनमोहक बनाउने गरिन्छ ।
जनकपुरको राजदेवी मन्दिर, बौद्धीमाई मन्दिर, अमरखना भगवती, पिडरियामाई, फुलेश्वरीमाई लगायतका दर्जनौ शक्तिपीठहरु बेहुलि झैं सिंगारिएका छन् । आ आफनो टोल र क्षेत्रमा रहेका शक्तिपीठहरुलाई बेहुली झैं सिंगार्न केही वर्षयता युवा कल्बहरुबीच होडनै चलेको छ ।
आसुरी शक्तिमाथि दैवीशक्तिले विजय प्राप्त गरेको खुसियालीमा जनकपुरका नगरदेखि गाउँसम्म दुर्गा, काली, सरस्वती, लक्ष्मी, गणेश, रेमन्त लगायतका देवीदेवताहरुको प्रतिमा बनाएर विशेष रुपमा पूजापाठ गरिन्छ । त्यस अबसरमा पूजापाठका अतिरिक्त युबा क्लबहरूले नाटक, धार्मिक जागरण, सांस्कृतिक कार्यक्रम, प्रहसनदेखि लोकनृत्य तथा लोकनाच मार्फत दशैंलाई थप आकर्षक बनाउँछन् ।
दशैंलाई रोचक बनाउन दर्जनौ युवा कल्बहरु एक महिना अगाडि देखिनै तयारीमा जुट्ने गरेका छन् ।
मठमन्दिरहरुलाई झिलिमिलि पार्न पण्डाल, बिजुलीबत्ति , बाजागाजा र मनोरञ्जनका साधनहरुमा जनकपुर र ग्रामिण क्षेत्रमा २ करोड भन्दा बढी रुपैयाँ खर्च हुने गरेको अनुमान छ ।
महिला प्रवेश निषेध भएको जनकपुरस्थित राजदेवी मन्दिर बडा दशैको अवसरमा दुल्ही झैं श्रृङ्गारिएको छ । स्थानिय महावीर युवा कमिटि र राम युबा कमिटि ले मन्दिरलाई दुलही झैं सिंगारेको हो ।
शक्तिपीठ सजाउन लाखौं खर्च
जनकपुरको प्रमुख शक्तिपीठ अन्तर्गत पर्ने बौद्धीमाई र अन्नपुर्णा माईको मन्दिरमा दशैको अवसरमा गरिने पुजा तथा सजाउन राम युवा कमिटिले लाखौ खर्च गर्दे आएको छ ।
२०४७ सालमा क्लब स्थापना संगै संस्थपक अध्यक्ष रामबाबु प्रसाद साहले शुरुबात गरेको उक्त दुबै शक्तिपीठको पुजा हालसम्म निरन्तरता पाउँदै आएको छ । यी दुबै शक्तिपीठमा नवमीका दिन बलि दिने परम्परा रहेको क्लबका अध्यक्ष उपेन्द्र ठाकुरले बताए । द्वितियादेखि षष्ठीसम्म भारतबाट आएका कलाकारलहरुले भजन तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्छन् ।
विद्यापति चौकमा ३६ औं दुर्गा पुजा
सर्वप्रथम दुर्गा भवानीको मुर्ती स्थापना गरी जनकपुरमा पुजा हुने स्थान बिद्यापति चौक रहेको बुद्धिजिबिहरु बताउँछन् । मुर्ली चोक र क्याम्पस चोककोबीचमा २०३९ सालमा पहिलो पटक मुर्ती ल्याएर पुजा गरिएको थियो । पुजा गरिनु अघि जनकपुरमा दुर्गाको मुर्ती राखेर पुजा गर्न सकिन्छ की सकिदैन भन्ने बिषयमा लामो छलफल भएको विद्यापति राधाकृष्ण युवा कमिटिका पुर्ब अध्यक्ष चन्द्रमोहन चौधरीले बताए ।
परिक्रमा क्षेत्र भित्र बलि दिन नमिल्ने तर मुर्ती राखी पुजा गर्न सकिन्छ भन्ने कुरा साधुहरुले छलफलबाट निष्कर्ष निकाले पछि २०४० साल पछि स्थानियहरुले विद्यापति चौक मै पुजालाई निरन्तरता दिएको चौधरीले बताए ।
शुरुमा स्थानिय चिकित्सक डा.लक्ष्मीनारायण झाले विद्यापति युवा कमिटि मार्फत सर्वसाधारणको सहयोगमा पुजाको जिम्मेबारी सम्हाले पनि एक वर्ष पछि पुनः जन सहभागितामा पुजा हुन थालेको थियो । बिक्रम सम्बत २०६० साल देखि विद्यापति राधाकृष्ण युवा कमिटिले पुजाको नेतृत्व गर्दै आएको स्थानिय प्रमोदानन्द झाले बताए ।
अन्य स्थानहरुमा मुर्तीको पुजा सप्तमी देखि शुरु हुन्छ तर यहाँ घटस्थापना देखी नै बिधि बिधान अनुसार मन्त्रोच्चारण संगै लाखराम पूजा सहितको पूजा हुने गरेकोपूजा समितिका अध्यक्ष चन्द्रमोहन चौधरीले बताए ।
रामानन्द युवा क्लबको १८ औं पटक दुर्गा पुजा
खेल बिकास का लागि २०३६ सालमा स्थापना भएको बडी विल्डीङ्ग एण्ड वेट लिफ्टिफ्ङ्ग क्लब पछि कला संस्कृती बिकास संगै २०४२ सालमा नाम परिवर्तन गरी ख्याति कमाएका रामानन्द युवा क्लबले १८ वर्षको पुरानो परम्परालाई निरन्तरदा दिंदै यस वर्ष पनि बडा दशै मनाउदै छन् ।
स्थानिय बजरंग चौकका युवाहरुले ३ वर्ष दुर्गा पुजा गरेर छोडे पछि २०५४ सालबाट रामानन्द युवा क्लबले रामानन्द चौकामा दुर्गा पुजा थालेको क्लबका संस्थापक अध्यक्ष अमर चन्द्र अनिले बताए ।
श्रद्धाको भावनाले दुर्गा पुजा मनाइन शुरुभएको उनले बताए । घटस्थापना देखि रामानन्द चौकमा शुरु हुने दुर्गा पुजाको मुख्य आकर्षण सांस्कृतिक कार्यक्रम संगै प्रत्येक बर्ष निर्माण हुने पण्डाल संगै भगवतीको मूर्ति समेत आकर्षक रहने गरेको क्लबका अध्यक्ष मनमोहन साहले बताए ।
प्रत्येक बर्ष करीब १० लाख रुपियाँ सम्म पूजामा खर्च हुने गरेको छ ।
दुर्गा चौकमा १४ औं दुर्गा पुजा
सुरुमा रामजानकी क्लबले दुर्गा चोकमा प्रतिमाको मूर्ति बनाएर दुर्गाको पूजा गर्दै आए पनि अब स्थानीय बिनोद कुमार साहले पूजा गर्दै आएका छन् । सडक बिस्तार भए पछि स्थानको अभाव भएका कारण यस बर्ष्बिगतको जस्तो भव्य पण्डाल निर्माण गर्न नसकी पनि आकर्षक मूर्ति बनाएर पूजा गरिएको बिनोद कुमार साहले बताए ।
स्थानीय व्यपारी अजय साह धार्मिक श्रद्धाले पण्डाल तथा मुर्ती खर्च शुरु देखि सहयोग गदै आएको भए पनि स्थानीय बासीको सहयोग समेत लिएर खर्च संकलन गर्ने गरिएको साहले बताए ।
२०५८ साल देखि तत्कालिन अध्यक्ष बिनोदकुमार साहले शुरु गरेको पुजाको मुख्य बिशेषता प्रत्येक वर्ष मुर्तीको बनावट फरक र आकर्षण रहने गरेको छ । डेढ महिना अघिबाट तयारी शुरु भएको पुजामा करिब ७ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ ।
मध्य तराइको जनकपुरधाममा दशैको प्रभाव पर्नु स्वभाविकै हो किनकी जनकको कर्मभुमि , माता जानकीको जन्म भुमि र, गार्र्गी , मैतृ जस्ता महर्षीहरुको तपोभुमि भएकोले दशैं , तिहार, छठ जनकपुरमा भव्य रुपमा मनाउने गरिन्छ ।
अहिले जनकपुरका सबै शक्तिपीठहरूमा दिनहुँ हजारौं श्रद्धालु भक्तजनहरूको घुइचो लाग्ने गरेको छ । जनकपुरधामको दुर्गा पूजा हेर्न देश भित्र तथा बाहिर रहेका मानिसहरूको समेत आगमनले जनकपुरधाममा अहिले मानिसहरूको भीडभाड बढ्नुका साथै चहलपहल समेत बढेको छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...