×

NMB BANK
NIC ASIA

बाढीपीडित बस्तीमा खर्चकै संकट, छैन दशैंको रौनक

कात्तिक १, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सुर्खेत – सुर्खेतका बाढीपीडितका शिविरमा दशैंको कुनै उल्लास छैन । विस्थापित ४ वर्षदेखि त्रिपालको टहरामुनि बस्न बाध्य छन् । 

Sagarmatha Cement
Muktinath Bank

गिरिघाट शिविरका रामबहादुर नेपालीले आफूहरूको पुनःस्थापना नहुँदा चाडपर्वका बेलासमेत बाढीको पीडा भुल्न नसकेको बताए । थुपै्र विस्थापितले जमरा राख्न ठाउँ पाएनन् । ‘जमरा राख्ने ठाउँ छैन, पालमुनि कता सुत्नु, कस्ता भान्सा बनाउनू ?’ उनले भने, ‘जब बाढीले बिल्लीबाठ पार्यो, त्यति बेलैदेखि हामीले चाडपर्व मनाउन पाएका छैनौं ।’ यहाँका बराहताल गाउँपालिका, पञ्चपुरी, वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकामा चार वर्षदेखि बाढीपीडित विस्थापित जीवन बिताउन बाध्य छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विक्रम सम्वत् २०७१ साउन २८ र २९ गते सुर्खेतमा आएको भीषण बाढीले धनजनमा ठूलो क्षति पुर्यायो, ९ सय ७० परिवार विस्थापित हुनाका साथै १ सय १५ जनाको मृत्यु भयो ।


Advertisment
Nabil box
Kumari

वर्षभरी खान पुग्ने खेतबारी बाढीले बगरमा परिणत गराएपछि गिट्टी कुटेर गुजारा चलाउनुपरेको छ । विस्थापित परिवार अहिले पनि पुराना खुइलिएका पालको शरणमा छन् । तीनैमध्येकी हरिहरपुर डोप्काकी नन्दकली विक एक हुन् । उनको आर्थिक स्थिति राम्रै थियो । भेरीको बाढीले परिवारलाई बिल्लीबाठ मात्र बनाएन, वर्षभरी खान पुग्ने खेतबाली बगर बनायो ।

Vianet communication
Laxmi Bank

‘९ मुरी गहुँ बेच्थ्यौं । साठी ७० मुरी बदाम फल्थ्यो, अझै पालबाट मुक्ति पाएका छैनौं,’ नन्दकलीले भने, ‘बस्ने बास खाने अन्न नभए केको चाडपर्व मनाउनू ।’

गिरिघाट शिविरका सबै बराहताल गाउँपालिकामा पर्ने हरिहरपुर गाउँका बासिन्दा हुन् । बाढीले थातथलो बगरमा परिणत गरेपछि त्यहाँका सिस्नेरी, डोप्का, थापाडेराका बासिन्दा वीरेन्द्रनगर उपत्यका नजीकको गिरिघाट जंगलमा आश्रय लिएका हुन् । ४ वर्षसम्म पुनःस्थापना नहुँदा विस्थापित आक्रोशित छन् ।

आफूहरुको समस्या नेताले केवल ‘भाषणको विषय’ मात्रै बनाएको आरोप छ । ‘यतिका वर्षसम्म पुनःस्थापना नहुँदा दुःख लागेको छ,’ रामबहादुर भन्छन्, ‘यस पटकको दशैं पनि छाप्रामै मनाउनुपर्ने भो । पुनःस्थापना एकादेशको कथा पो बन्यो ।’

बाढीपीडित ललितबहादुर शाहीले गाउँपालिकाले दुइटा बजेट ल्याइसक्दा समेत आफूहरुलाई सम्बोधन नगरेको गुनासो गरे । ‘विस्थापितलाई ‘राष्ट्रिय समस्या’ भन्दै स्थानीय जनप्रतिनिधिले कुनै चासो दिँदैनन्,’ उनले भने, ‘हाम्रो पीडा न स्थानीय सरकारले बुझेको न त प्रदेश र केन्द्रले नै ।’ गिरिघाट शिविरका ५४ वर्षीय रामबहादुर सुनार नेताको भाषण झल्झल्ती सम्झिरहेको बताउँछन् । ‘पुनःस्थापना गराउँछौं भनेर भोट मागेको सम्झना अझ ताजै छ,’ उनले गुनासो पोख्दै भने, ‘उतिबेला एक भोटको पनि महत्व थियो, आश्वासन दिनुसम्म दिए, आजभोलि फर्केर हेर्दैनन् ।’

वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र परिसरमै बाढीपीडितको शिविर छ । नजिकै प्रदेश सरकार छ तर पुनःस्थापनाको विषय प्रदेश संसद्मा गफ गर्ने विषयमै सीमित बन्न पुगेको छ । प्रदेशसभा बैठक शुरु भएयता कतिपय सांसदले यही समस्यालाई लिएर पटक पटक सरकारको ध्यानाकर्षण गराइरहेका छन् । पुनःस्थापना कहाँ कसरी गर्ने भन्नेमै प्रदेश सरकार अलमलमा छ । कर्णाली प्रदेश सरकारले चालू बजेटमा बाढीपीडितका लागि अलग्गै बजेट छुट्याएको छैन । 

सुशील कोइराला नेतृत्वको सरकारले सुर्खेतलगायत ५ जिल्लाका बाढीपीडितलाई भूकम्पपीडितसरह राहत दिने घोषणा गर्यो । त्यसपछि बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पनि यही निर्णयमा टेकेर कार्यविधि बनायो । भूकम्पपीडितसरह राहत अनुदान पाउने भएपछि त्यतिबेला विस्थापित उत्साही बने । अन्ततः अधिकांश विस्थापितले त्यही अनुदान लिन पाएनन् । कारण सरकारले जग्गा खरीदका लागि अति न्यून बजेट छुट्याउनु थियो । जग्गा खरीदका लागि पहिलो किस्तावापत ५० हजार रुपैयाँ त बुझें तर त्यतिले वीरेन्द्रनगरमा घडेरी किन्न सम्भव भएन ।

‘लालपूर्जा नहुँदा बाँकी किस्ता रकम लिन सकिएन,’ विस्थापित बलबहादुर नेपाली भन्छन्, ‘भूकम्पपीडितसरह भनिएपनि पहिलो किस्ता रकम निकै कम दियो । ५० हजार रुपैयाँले कहाँ जग्गा आउनू ?’

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले बजेट कम भएकै कारण अधिकांश विस्थापितले आवास निर्माण गर्न नसकेको बताएको छ । सरकारले बाढीपीडितलाई भूकम्पपीडितसरह घर बनाउन ३ लाख रुपैयाँ र जग्गा खरीद गर्न ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । अन्ततः बजेट कम भएकै कारण आवास निर्माण सम्झौता हुन सकेन ।

बाढीपहिराबाट विस्थापन भएको अढाइ वर्षपछि तत्कालीन सरकारले पहिलो किस्ता रकम पठाए पनि खर्च नभएरै फिर्ता हुन पुग्यो । शहरी विकासका अनुसार गत वर्ष पहिलो किस्तावापत आएको १० करोडमध्ये ७ करोड रुपैयाँ फिर्ता भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x