×

NMB BANK
NIC ASIA

मीटू : ‘अनु मलिकले काम दिन्छु, मलाई किस देऊ भने’

कात्तिक १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — संगीतकार अनु मलिकमाथि गायिका श्वेता पण्डितले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । अनुले कामको बदलामा किसको माग गरेको उनको भनाइ छ । 

श्वेताले सामाजिक सञ्जालमा पोस्ट गर्दै सन् २००१ मा आफू जम्मा १५ वर्षकी हुँदा स्तब्ध बनाउने अनुभव गर्नुपरेको बताइन् । 

उनले लेखिन्, ‘म युवतीहरूलाई अनु मलिकबाट बच्ने सल्लाह दिन्छु । अनुजी, तपाईंको समय अब पूरा भएको छ ।’

सन् २००० मा आफूलाई मोहब्बतें फिल्ममा लीड सिंगरका रूपमा लउन्च गरिएको श्वेता बताउँछिन् । त्यतिखेर उनी सबभन्दा कान्छी गायिका थिइन् । उनका गीतहरू हिट भएपछि बलिउडबाट अनेकौं अफर आउन थाले । 

एक दिन अनु मलिकका व्यवस्थापक मुस्तफाले उनलाई कल गरे र गानाको अफर दिए । उनले श्वेतालाई एम्पायर स्टुडियोमा आउन लगाए । 

उनी त्यहाँ आमासँग पुगिन् । त्यतिखेर अनु आवारा पागल दीवाना फिल्मको गीत रेकर्ड गरिरहेका थिए । 

अनुले श्वेतालाई गाउन लगाए र उनको स्वरबाट प्रभावित भए । त्यसपछि उनले ‘म तिमीलाई सुनिधि चौहान र शानसँग मिलेर यो गीत गाउन दिन्छु तर त्यसअघि मलाई किस गर’ भने । अनि उनी मुस्काए । त्यो तर्साउने किसिमको
मुस्कान थियो । उनको कुरा सुनेर म डराएँ । मेरो अनुहार पहेंलो भयो । 

आफू त्यतिखेर जम्मा १५ वर्षकी भएको र स्कूलमा पढ्ने गरेको श्वेता बताउँछिन् । त्यो बेलामा यो घटनाको असर उनमा कस्तो परेको होला ? अझ अनु मलिक त उनको परिवारलाई पहिलेदेखि नै चिन्थे । तैपनि अनुले यस्तो घिनलाग्दो
हर्कत गरे ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x