चैत १९, २०७५
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं — टर्कीमा मारिएका साउदी पत्रकार जमाल खशोग्गीका बारेमा टर्कीको पत्रिका येनी सफाकले बुधवार सनसनीखेज समाचार दिएको छ ।
समाचारअनुसार, खशोग्गीलाई साउदी वाणिज्य दूतावासमा हत्याअघि यातना दिइएको थियो । अखबारले यस विषयको अडियो रेकडिङ आफूले सुनेको दाबी गरेको छ ।
सरकारसमर्थक पत्रिका येनी सफाकले खशोग्गीका कथित हत्याराहरूले सोधपुछका बेलामा उनका औंलाहरू काटेर यातना दिएको भनी लेखेको छ ।
खशोग्गी अक्टोबर २ तारिखमा दूतावास पसेदेखि गायब छन् । उनको हत्याका लागि साउदी अरबबाट १५ विशेषज्ञ टोली आएको बताइएको छ । साउदी शासनका कट्टर आलोचक खशोग्गीको हत्या आफूले नगरेको साउदीको भनाइ छ ।
टर्कीका सञ्चारमाध्यमहरूले दूतावासमै खशोग्गीको हत्या गरेर लाशको टुक्राटुक्रा पारिएको दाबी गरेका छन् । तर पहिलोपटक कुनै टर्किश पत्रिकाले अडियो टेप सुनेको दाबी गरेको हो ।
येनी सफाकले सुनेको टेपमा साउदी वाणिज्यदूत मोहम्मद अल ओतैबीले यसो भनिएको दाबी छ : ‘यो काम बाहिर गएर गर । तिमीहरूले मलाई समस्यामा पार्ने भयौ ।’
अनि टेपमा अर्को व्यक्तिले ओतैबीलाई भनेको सुनिन्छ : ‘तिमी बाँच्न चाहन्छौ भने साउदी अरब आउँदा चुइँक्क नबोल्नू ।’
यो टेप कसरी पाएको भनेर चाहिँ अखबारले खुलासा गरेको छैन ।
एजेन्सी
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...