स्टिफन हकिङको ह्वीलचेयर सम्बन्धी अनौठो तथ्य सार्वजनिक

कात्तिक १, २०७५

काठमाडौं — दिवंगत प्रसिद्ध वैज्ञानिक स्टिफन हकिङका बारेमा तपाईंले धेरै कुरा पढ्नुभएको होला । तर उनको व्यक्तित्वका केही तथ्यले उनको मनमौजी पक्षलाई उजागर गर्छन् । 

अपांगताका साथ जिन्दगी बिताएका हकिङ जीवनको हरेक क्षणको आनन्द उठाउँथे । उनी आफ्नो ह्वीलचेयरलाई कार गुडाएको झैं गरी दौडाउँथे । 

सन् १९६० को दशकमा आफ्नो रोगका बारेमा थाहा पाएपछि हकिङले ह्वीलचेयरको सहारा लिनुपरेको थियो । पछि गएर उनको ह्वीलचेयरमा अनेकौं प्रविधि जोडिँदै गए । 

अमेरिकाको कनेक्टिकट स्टेट विश्वविद्यालयमा अन्तरिक्षविज्ञानकी प्राध्यापक क्रिस्टिन एम लार्सनले हकिङको बायोग्राफी लेखेकी छन् । उनले हकिङले बेपत्तासँग ह्वीलचेयर दौडाएको देखेको बताएकी छन् ।  

त्यो ह्वीलचेयर मोटरबाट चल्थ्यो । अनि हकिङ त्यसलाई तीव्र गतिमा दौडाउँथे । एउटा समारोहमा त उनले ह्वीलचेयर दौडाउने सुरमा प्रिन्स चार्ल्सको गोडोको बूढी औंला नै किचिदिएका थिए । 

एजेन्सी
 


ADVERTISEMENT

कात्तिक १, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस