फागुन ८, २०८०
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
काठमाडौं –
नमुछे आमा दहीमा टीका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर
यो गीत नसुन्ने श्रोता, दर्शक शायदै होलान् । दशैं आउनेबित्तिकै धेरैले सम्झिने, रेडियो, टेलिभिजनमा बज्ने अनि सुन्ने कालजयी गीत हो यो । यो गीतको सफलता न सर्जकलाई अनुमान थियो न त गायकलाई नै । यो सदाबहार गीत रचनाको पछाडि आफ्नै कथा छ ।
यस गीतका रचनाकार वरिष्ठ गायक तथा सर्जक नारायण रायमाझीका दाइ स्वर्गीय लक्ष्मण रायमाझी हुन् । उनी भारतीय सेनामा काम गर्थे । नारायण रायमाझीका अनुसार दाइले नै यो गीत लेखेर रेकर्ड गर्न आफूलाई पठाएका थिए ।
उनी सन् १९९९ मा भारत पाकिस्तानबीच भएको ‘कार्गिल युद्ध’ लडेका थिए । सोही समयमा उनले यो गीत रचना गरेको भाइ नारायण बताउँछन् ।
झण्डै २ दशक अगाडि दाइले शब्द लेखेर पठाएको गीत नारायणले एकसरो लोकभाकामा आफ्नै आवाजमा रेकर्ड गराए ।
शुरूमा गीतले त्यति चर्चा पाएन् । पछि २०५७ सालमा दृष्टिविहीन गायक कृष्णभक्त राईले आधुनिक शैलीमा गाएपछि गीतको चर्चा एकाएक चुलियो । नारायणले कल्पना पनि गरेका थिएनन् कि गीतले यति धेरै चर्चा पाउँछ । रेडियो, टेलिभिजनमा यति धेरै स्थान पाउँछ ।
उनी भन्छन्– ʻशुरूमा मैले गाउँमा त्यति नचलेको गीत पछि यति धेरै चल्यो कि जुन मेरो कल्पनाभन्दा धेरै बाहिरको कुरा थियो ।ʼ
अहिले दशैंका कालजयी गीतमध्ये यो गीत सबैभन्दा मार्मिक मानिन्छ । परदेशमा रहेका नेपाली फौजीले लडाइँको अन्तिम अवस्थामा आफ्नो घर सम्झिएको अवस्थाको गीत हो यो ।
गीतमा आफू अब घर नफर्कने बताउँदै वर्षदिनको दशैंमा आमालाई जमरा नछर्न र दहीमा टीका नमुछ्न मार्मिक आग्रह गरिएको छ ।
नारायणले झण्डै २ दशकअगाडि ʻकार्गिलʼ भन्ने एल्बम नै निकालेका थिए । जुन गीतमा परदेशीका भावना बोल्ने आफ्ना दाइकै रचनाहरू समावेश गरेका छन् ।
कृष्णभत्तले गाएपछि नमुछे आमा दहीमा टिकालाई प्रशान्त तामाङले चलचित्रका लागि पनि गाएका छन् ।
आफ्नो संगीत र दाइको रचना रहेको गीत दशैंको समयमा जताततै बजेको सुन्दाको आनन्द उनी शब्दमा वर्णन गर्न सक्दैनन् । भन्छन्– ʻदशैंको यथार्थता बोलेको भएरै यति लोकप्रिय बन्यो । म यस गीतलाई मेरो जीवनकै अत्यन्त महत्त्वपूर्ण र आफूलाई बचाइराखेको गीत भन्छु ।ʼ
अहिले पनि दशैंको विषयलाई लिएर थुप्रै गीत रचना भएका छन्, रेकर्ड भएका छन्, बजारमा आएका छन् । तर, पुरानो गीतजति बजेका छैनन् ।
समय, दशैंको यथार्थता भएरै होला नमुछे आमा’ गीत आज पनि दशैंको पर्याय बनिराखेको छ ।
गीतको लोकप्रियताकै कारण नारायण यसलाई पुनः रेकर्ड गर्ने तयारीमा लागेका छन् ।
भन्छन्, ʻट्र्याक बनिसकेको छ, अब अर्को दशैंसम्ममा बजारमा ल्याउँछौं ।
हेर्नुहोस्, गीत :
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...