×

NMB BANK
NIC ASIA

भूत मेलामा एक दर्जन दर्शनार्थीको सुन लुटियो

कात्तिक १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

गौशाला-भूत मेलाका लागि प्रख्यात महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा एक दर्जन दर्शनार्थीको सुन लुटिएको छ । 

Muktinath Bank

जिल्लाको औरही नगरपालिका–७ मा पर्ने सोनामाई मन्दिरमा दर्शन गर्ने क्रममा आज मात्रै सातजना महिलाको सुन लुटिएको स्थानीयवासी सुरेश ठाकुरले बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज सोनामाई मन्दिरमा दर्शन गर्ने क्रममा औरही–७ कै शिवशङ्कर ठाकुरकी पत्नी उमादेवी ठाकुरको दुई तोलाको सुनको सिक्री लुटिएको छ भने सोही वडाका वडाध्यक्ष गणेश यादवकी बहिनीको पनि मङ्गलसुत्र लुटिएको छ । त्यस्तै आजै अन्य पाँचको गरी जम्मा सातजनाको सुनको सिक्री र मङ्गलसुत्र लुटिएको जनाइएको छ । 


Advertisment
Nabil box
Kumari

त्यसैगरी सोनामाई मन्दिरमा बुधबार पनि दर्शन गर्ने क्रममा पाँचजनाको सुनका गरगहना लुटिएको स्थानीयवासी सुरेश ठाकुरले बताउनुभयो । उहाँले नेपालीसहित केही भारतीय दर्शनार्थीको पनि सुनका गरगहना लुटिएको बताउनुभयो । महिलाको मात्रै गलामा रहेका सुनका सिक्री र मङ्गलसुत्र लुटिएको छ भने यसै क्रममा मङ्गलसुत्र लुटिएको एक भारतीय महिला मन्दिर परिसरमै निकै रोइरहेको भेटिएको छ । 

Vianet communication
Laxmi Bank

देवी मन्दिरमा दर्शनका क्रममा दुई दिनमा एक दर्जन व्यक्तिको सुन लुटिएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीसँग सोध्दा उहाँले आफूलाई यस सम्बन्धमा कसैले केही जानकारी नगराएको बताउनुभयो । 

मन्दिरमा आज भीडभाडका बीच सातजनाको सुन लुटिएपछि ठूलो हल्लाखल्ला भएपछि सुन लुट्नेमध्येका एकजनालाई स्थानीयवासीले पक्राउ गरेका छन् भने उनको नाम गोप्य राखिनाका साथै प्रहरीको जिम्मा पनि नलगाएको स्थानीयवासी ठाकुरले आरोप लगाउनुभयो । 

दुई दिनमा एक दर्जन व्यक्तिको सुन लुटिएको सोनामाई मन्दिरमा प्रहरीको उपस्थित रहँदा पनि प्रहरीले केही गर्न नसकेको सर्वसाधारण र मेला भर्न आएका नेपाली तथा भारतीय दर्शनार्थीले गुनासो गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x