×

NMB BANK
NIC ASIA

प्यास मेटाउन २ दशकदेखि खोलाको पानीको भर

कात्तिक २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भीमदत्तनगर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटाका पदमसिंह धामी विगत २ दशकअघिदेखि घरभन्दा १ किलोमिटर पैदलयात्रा गरेर घरमा खानेपानी ल्याउने गर्छन् ।

Sagarmatha Cement
Muktinath Bank

विक्रम सम्वत् २०५८ मा यहाँ बसोबास गर्दै आएका धामीले लामो समय बित्दा आफूले अझै पनि सहजरुपमा गाउँमा पानी नपाएको गुनासो गरे । ‘यतिका वर्षसम्म हामीले खोलाको दूषित पानीले प्यास मेटाउँदै छौं भन्दा सहजै पत्याउनु हुन्न होला,’ धामीले भने, ‘खोला सुक्दा पानीको समस्या हुन्छ । दैनिक घरमा एक जनाको समय पानी ढुवानीमै खर्च हुन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अब त सिंहदरबार नै गाउँमा आएको छ भन्थे,’ धामीले भने, ‘यहाँ त सामान्य मौलिक अधिकारको पनि उपभोग गर्न पाएका छैनौं ।’ पूर्वपश्चिम राजमार्गदेखि करीब आठ किलोमिटर उत्तरमा रहेको उक्त गाउँमा पानी मात्रै होइन, त्यहाँ शिक्षा, स्वास्थ्य, सडक, बिजुलीको सुविधा पनि छैन ।


Advertisment
Nabil box
Kumari

‘निर्वाचनका बेला विभिन्न दलका नेताको देशलाई नै समृद्ध बनाउने नारा र आश्वसान धेरै सुन्यौं,’ धामीले भने, ‘तर हामीलाई हिँड्ने गोरेटो बाटोसम्म सरकारले बनाइदिएको छैन । शहरको विकास देखेर समृद्धिको गफ दिएर केही हँुदैन ।’

Vianet communication
Laxmi Bank

४ सयभन्दा बढी परिवार आश्रित पिल्लरीफाँटामा सरकारी उपस्थितिका नाममा एउटा प्राथमिक विद्यालय मात्रै छ । गाउँमा पानीको समस्या भएपछि संयुक्त दर्शन नेपाल नामक संस्थाले बोरिङ र सानो ट्याङ्की बनाउन सहयोग गरेको थियो । 

संस्थाको १७ लाख रुपैयाँ सहयोग र स्थानीयवासीको ५ लाख रुपैयाँ श्रमदानमा खानेपानीको ट्यांकी निर्माण भएको छ । धामीले भने, ‘स्थानीय तहमा जनप्रतिनिधि आएको १ वर्षभन्दा बढी समय भइसक्दासमेत गाउँमा केही सहयोग भएको छैन ।’ 

‘पानी तान्नसमेत जेनेरेटर चलाएको प्रतियुनिट ३० रुपैयाँ तिर्नुपर्ने भएकाले यसका लागि सोलार जडान गर्न वडा कार्यालयसंग गुहार मागेका छौं,’ बैजनाथ खानेपानी उपभोक्ता समितिका सचिव मोहनप्रसाद भट्टले भने, ‘त्यै खोलाको पिउँदा विभिन्न प्रकारका रोग समेत लाग्ने गरेको छ ।’ बोरिङबाट पानी तान्ने व्यवस्था भए पनि प्राविधिक कारणले विभिन्न समस्या आउने गरेको र बस्तीको १ सय ५० परिवारलाई मात्र पानी पुर्याउन सकिएको उनको भनाइ थियो । 

निर्वाचनका बेला गाउँमा पुगेर नेताले खानेपानी, सिचाँइ, बिजुली बत्ती पुर्‍याउनले प्रतिबद्धता व्यक्त गरे पनि केही नपाएको स्थानीयवासीको गुनासो छ । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले जिल्ला खानेपानी कार्यालयबाट पिल्लरीफाँटामा खानेपानीका लागि सर्वेक्षण भइरहेको बताए ।

‘पिल्लरीफाँटामा खानेपानी पुर्याउने योजना बने पनि कार्यान्वयन हुन सकेको छैन,’ उनले भने, ‘नगरपालिकाले केही मात्रामा भएपनि सहयोग गरेको छ ।’ चालू आवभित्रै पिल्लरीफाँटामा बत्ती पुर्याउने लक्ष्य नगरपालिकाले लिए पनि वन कार्यालयबाट प्रक्रिया मिलाउन अवरोध भइरहेको उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x