×

NMB BANK
NIC ASIA

पछिल्लो पुस्तामा बडादशैंको मौलिकता हराउँदै

कात्तिक २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – नेपालीको महान् चाड बडादशैंको खुशी र उमंग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हँुदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्त्वपूर्ण पर्व बडादशैंमा अर्काको देखासिकीमा लाग्ने, आवश्यकताभन्दा बाहिरको फजुल खर्च गर्ने र तडकभडक गर्नेजस्ता प्रवृत्ति बढ्दै जाँदा यसको मौलिकपन हराउँदै गएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशैंमा देवीदेवताको नाममा घर घरमा खसीबोका, कुखुरा, हाँस परेवाजस्ता पशुपक्षीको बलि दिने चलन भने पहिलेको तुलनामा निकै कमी आएको छ । यद्यपि सुदूरपश्चिम प्रदेशको तराइका जिल्लाको तुलनामा पहाडी जिल्लाका कतिपय शक्तिपीठमा राँगा, खसीबोकाको बलि दिने चलन भने कायमै छ । 


Advertisment
Nabil box
Kumari

देवीदेवताका नाममा पशुपक्षीको बलि दिनु अनुचित हो भन्ने भनाइ पशु अधिकारकर्मीको छ । तर बलि दिएर शक्तिको आराधना गर्ने परम्परामा कमी आउँदा रमाइलो नहुने, एक ठाउँ भेला हुने अवसर प्राप्त नभई सन्तुष्टि प्राप्तसमेत नहुने बलि पक्षधरको भनाइ छ । 

Vianet communication
Laxmi Bank

बलि दिने प्रचलनमा कमी आउँदा शक्तिको उपासना र आध्यात्मिक भावनामा कमी आउन थालेको स्थानीयवासी लेखराज ओझा बताउँछन् । मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले परम्परादेखि बलि दिँदै आएको धार्मिकस्थलमा कसैले पनि पशु वा पक्षीलाई बलि दिन नहुने व्यवस्था गरेको छ । 

कतिपय ठाउँका मान्छे बसाइँ सर्दै आफ्नो पुख्र्यौली थलो छोडेर अर्को ठाउँमा बस्न थालेपछि दशैंजस्ता चाडपर्वको बेला गाउँमा निर्वाह गर्नुपर्ने आ–आफ्नो सामाजिक भूमिका एवम् दायित्व निर्वाह गर्ने व्यक्तिको समेत अभाव खड्किन थालेको देखिन्छ । जसका कारण सुदूरपश्चिम प्रदेशका कतिपय ठाउँमा दशैंको समयमा मठमन्दिरमा लाग्ने ठूला मेला जात्रा हिजोआज कि लाग्न छाडेका छन् । लागेका मेला जात्रामा पनि सर्वसाधारणको उपस्थिति कमी हुँदै जाँदा पहिलेको जस्तो हुने रौनकतामा कमी हुँदै गएको छ । 

अहिले मानिसहरू आफ्नो मौलिक जात्रा मेलाभन्दा पनि सिनेमा, शहर बजारमा लाग्ने रमाइलो मेला, महोत्सव लगायतमा बढी केन्द्रित देखिन थालेका छन् । बडादशैं केवल खानपिन गर्नेमा मात्र केन्द्रित हुन थालेपछि यसको आध्यात्मिक पाटोलाई बिर्सिनेहरू बढ्न थालेका छन् । 

कतिपय ठाउँमा सर्वसाधारण समूहमा जम्मा भई जाँडरक्सी खाने, जुवातास खेल्नेजस्ता क्रियाकलापमा मात्रै केन्द्रित हुने गरेका कारण समाजमा नैतिकता र सदाचारको कमी आउनाका साथै रक्सी सेवनकै कारण बेलाबखत दुर्घटना र अपराधका घटना पनि हुने गरेका छन् । 

चाडपर्वको समयमा घरपरिवार तथा छरछिमेक एक ठाउँमा जम्मा भएर परम्परागत मौलिक खानाका परिकार निसौसे बाबर, गतानी डुब्का पकाउने प्रचलनलाई रेस्टुरेन्ट र होटलमा पाक्ने विदेशी खानाका परिकारले विस्थापित गर्न थालेको स्थानीय टीआर बिनाडी बताउँछन् ।

चाडबाडको समयमा नेपाली मौलिक पहिरनमा सजिनेहरू अहिले आएर आयातीत पहिरनमा रमाइरहेका देखिन्छन् । यस्ता समस्या विषेशगरी युवापिँढीमा बढी देखिन थालेको छ । उनीहरू नेपाली विशुद्ध पहिरन दौरा सुरुवाल, ढाका टोपी, गुन्यू चोलोभन्दा आयातित लुगा लगाउन आकर्षित हुने गरेका देखिन्छन् । 

आफ्ना विशेष लोक भाका र गीत बिर्सिएर विदेशी संगीतमा रुचि राख्नेहरुको संख्या पनि ह्वात्तै बढ्न थालेपछि दशैंजस्ता चाडपर्वमा सुनिने मौलिक बाजा गीतसंगीतको प्रयोगमा पनि कमी आउँदै गएको देखिन्छ । 
अहिले देखावटी रुपमा दशैं मनाउने प्रवृत्ति बढेको स्थानीयवासी पुष्पराज पाण्डेय बताउँछन् । ‘पहिले एकापसमा आदर, सद्भाव, भक्तिभावका साथ दशैं मनाउने गरिन्थ्यो,’ पाण्डेयले भने, ‘अहिले देखावटी र देखासिकी बढ्न थालेको देखिन्छ ।’

सुदूरपश्चिम प्रदेशमा वर्षौं अघिसम्म टीकाको दिनमात्र मान्यजनका हातबाट टीका थाप्ने चलन रहेकामा अहिले दशैंको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने गरिन्छ । अति व्यस्तताकाकारण टीकाको दिन टीका थाप्न नसक्नेहरूले पछिल्ला चार दिनसम्म पनि आफन्तकहाँ गएर टीका थापेर आशीर्वाद लिन सक्ने भएकाले दशैंको दिनदेखि पूर्णिमासम्म टीक थाप्ने चलनलाई सकारात्मक पक्ष मानिएको स्थानीयवासीको भनाइ छ । 

सूचना प्रविधिको विकाससँगै दशैंमा शुभकामना आदानप्रदान गर्न फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल एउटा गतिलो माध्यम बनेको छ । समय परिवर्तनसँगै चिठी वा शुभकामना कार्ड छपाएर शुभकामना दिने चलनलाई प्रविधिको विकासले भने विस्थापित गरिदिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x