×

NMB BANK
NIC ASIA

दशैंका बेला बैतडीका महिलालाई खर काट्ने चटारो

कात्तिक २, २०७५

NTC
Sarbottam
वडादशैँको बेलामा बारीमा कोदो पाकेपछि हुम्ला सिमकोटका महिला कोदो टिप्न व्यस्त ।
Premier Steels
Marvel

बैतडी – नेपालीहरूको महान् चाड मानिने बडादशैंको चहलपहल जताततै छाइरहेका बेला बैतडीका स्थानीय महिला भने हिउँदका लागि खर काट्ने काममा व्यस्त भएका छन् ।

Muktinath Bank

पछि गहुँ छर्नका लागि खेत तयार पार्ने बेला आउने भएकाले दशैंको महत्त्वभन्दा पनि उनीहरुले घाँस भित्र्याउने कामलाई निरन्तरता दिएका हुन् । स्थानीय महिलाले छिमेकीसँग पालोपैंचो गरी खर घाँस काट्ने गर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिउँदे मौसममा गाईभैंसीलाई खुवाउन घाँसको अभाव हुने भएकाले मकैबाली भित्र्याएर खर घाँस भित्र्याउनमा लागेको हरिना साउदको भनाइ छ । यो मौसममा धेरै कामको चटारो हुने भएकाले कामको सिलसिलामा भारत गएका धेरैजसो युवा पनि घर फर्कने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

बैतडीका महिला दशैंको रमझममा रमाउनुभन्दा खर काट्नमै व्यस्त रहेका पाइन्छन् । मंसिर पहिलो सातातिर वनमा रहेको हरियो घाँसलाई काटेर खर बनाउने कार्य सम्पन्न गर्ने गरिन्छ । 

Vianet communication
Laxmi Bank

खर काट्ने बेला कतिपय ठाउँमा भिर भएकाले महिलाले जोखिम मोलेरसमेत खर काट्ने गरेका छन् । हरियो घाँसको लोभमा उनीहरु भिरमा चढेर खर काट्ने भएकाले प्रत्येक वर्ष अप्रिय घटनासमेत हुने गरेका छन् । 

स्थानीय उत्पादनको व्यापार बढ्यो 

बैतडीका विभिन्न स्थानमा दशैंको अवसरमा लागेको मेलामा स्थानीय उत्पादनको व्यापार बढेको पाइएको छ । स्थानीयस्तरमा उत्पादन हुने फलफूलमा ओखर, केरा, अम्बा, दारिमलगायतका फलफूलको व्यापार बढेको स्थानीय व्यापारीले बताएका छन् । यसका साथै निगालोबाट बनेका डोका, नाङ्लालगायतका सामग्रीको व्यापार बढेको व्यापारी दिनेश विष्टले बताए ।

निङ्गलाशैनी मन्दिरको मेलामा बैतडी तथा दार्चुलाका स्थानीय बासिन्दाले स्थानीयस्तरमा उत्पादित सामानको बिक्री गर्ने गर्छन् । मेलाका अवसरमा स्थानीयस्तरमा उत्पादित सामग्रीको व्यापारले उनीहरुको आर्थिक अवस्थामा समेत परिवर्तन आउने विश्वास गरिएको छ । स्थानीय उत्पादनले यस्तै मेलाका बेला बजार पाउने गरेको किसानले बताएका छन् । 

यस्तै पाटनमा रहेको उदयदेव मन्दिर, तल्लादेहीमा रहेको डिलाशैनी मन्दिरलगायत स्थानमा सञ्चालन भएका मेलामा पनि स्थानीय उत्पादनले बजार पाएको स्थानीय व्यापारीले बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x