×

NMB BANK
NIC ASIA

राजधानीमा आज तीन वटै सुरक्षा निकायको नि:शुल्क बस सेवा

कात्तिक २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–दशैंको बेलामा उपत्यकामा कम सवारी साधन चल्ने अवस्थालाई मध्यनजर गर्दै आज विजया दशमीको दिन तीन ओटै सुरक्षा निकाय  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले राजधानीका विभिन्न रुटमा बस सञ्चालन गरेका छन् । 
नेपाली सेनाले विजयादशमीका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले आज काठमाडौँ उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाएको छ । 

Muktinath Bank

सेनाको बसको  पहिलो मार्ग भद्रकाली– माइतीघर– बानेश्वर– कोटेश्वर– एकान्तकुना– बल्खु– कीर्तिपुर– कलङ्की– कालीमाटी– त्रिपुरेश्वर– रत्नपार्क तथा दोस्रो मार्ग भद्रकाली– जमल– लैनचौर– नारायणगोपाल चोक– बूढानीलकण्ठ– बालाजु चोक– सोह्रखुट्टे– कान्तिपथ– माइतीघर रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेस्रो मार्ग भद्रकाली– माइतीघर– त्रिपुरेश्वर– कालीमाटी– कलङ्की– थानकोट– स्वयम्भू– छाउनी (अस्पताल)– ताहाचल– टेकु– थापाथली तथा चौथो मार्ग भद्रकाली– माइतीघर– बानेश्वर– तीनकुने– गौशाला– चाबहिल– जोरपाटी– नारायणगोपाल चोक– लाजिम्पाट –कान्तिपथ हँुदै भद्रकाली पुग्ने रहेको छ । 


Advertisment
Nabil box
Kumari

पाँचाँै मार्ग भद्रकाली– थापाथली– कुपण्डोल– जावलाखेल– सातदोबाटो– चापागाउँ– सातदोबाटो– तीनकुने– बानेश्वर– शहीदढोका हुनेछ भने छैटौँ मार्ग भद्रकाली– दरबारमार्ग–कमलपोखरी– गौशाला– चाबहिल– बौद्ध– साँखु– चाबहिल– गौशाला– तीनकुने हँुदै भद्रकाली रहेको छ । 

Vianet communication
Laxmi Bank

सातौँ मार्ग भद्रकाली– माइतीघर– नयाँ बानेश्वर– पुरानो बानेश्वर– गौशाला– सिनामङ्गल– कोटेश्वर– सूर्यविनायक– ठिमी– कोटेश्वर– माइतीघर– भद्रकाली छ भने आठौँ मार्ग भद्रकाली– माइतीघर– कोटेश्वर– सातदोबाटो– कलङ्की– बालाजु– चाबहिल– गौशाला–तीनकुने हँुदै भद्रकालीसम्म कायम गरिएको छ । 

यसैगरी नेपाल प्रहरीले नागरिकको सहजताका लागि आज पनि बस सञ्चालन गर्यो । प्रहरीले असोज ३१  गतेदेखि नै बस चलाउन थालेको हो ।
प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर ती रुटमा बस सञ्चालित भएको छ । 
यस्तै शसस्त्र प्रहरीले पनि बस सञ्चालन गरेको छ । दशैं बिदाभर निशुल्क बस चलाउने निर्णय गरेको सशस्त्र प्रहरीले आज पनि सेवा दिएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x