×

NMB BANK
NIC ASIA

थारु समुदायको फरक खालको टीका

कात्तिक २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

– राजेन्द्रप्रसाद पनेरु 

Muktinath Bank

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर सिंहपुरका जोगराज चौधरीमा मुग्रहवा नृत्यसहित देशबन्धीया गुरुवाको घरमै नृत्य टोलीसहित पुगेर टीका थाप्दा बेग्लै खुशी देखिन्थ्यो । 
पच्चीस किलोमिटरको बस यात्रा तय गर्दै उहाँले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका गुरुवा फूलराम चौधरीको घरमा पुगेर टीका थाप्नुभएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टीका थापेपछि नृत्य टोलीको नृत्य गुरुवालगायतले रमाएर हेनुभयो । गुरुवाको हातको टीका थाप्न टाढाबाट सो समुदायका मानिसहरु आएका थिए । 


Advertisment
Nabil box
Kumari

‘‘मुग्रहवा नृत्य लोपोन्मुख अवस्थामा पुगेकाले सबैलाई देखाएर मनोरञ्जन गर्न आएको छु ।’’ उहाँले भन्नुभयो, “थारु समुदायमा देशबन्धीया गुरुवाको स्थान सबैभन्दा उच्च हुने हुँदा टीका थाप्न आएका हौँ ।” 

Vianet communication
Laxmi Bank

थारु समुदायको बडादशैँको टीका थाप्न जाँदा नृत्यसहित पहुरा (कोसेली) लिएर जानुपर्ने चलन छ । उनीहरु पहुराका रुपमा टीका, जमरा, बेवरी, चामल र मदिरा लिएर जान्छन् । 

गुरुवासँगै गाँउका मान्यजन, वडाध्यक्ष, वडा सदस्य, बडघर, केसौका र चौकिदारको घरमा कोसेलीसहित पुगेर टीका थाप्नुपर्ने चलन छ । शुक्लाफाँटा नगरपालिका–३ का पुरन चौधरीले वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीको घरमा सखिया नृत्य टोलीसहित पुगेर टीका थापेको बताउनुभयो । 

पालो पर्खदै पहुरा लिएर थारु समुदायका बालबालिका, बुढापाका, महिला र तन्नेरी टीका थाप्न मान्यजन कहाँ जाने गर्छन् । 

टीका थाप्न गाँउगाँउबाट सखिया, छोक्रा, लठुवा, र छोक्रा नाचसँगै पहुरारुपसहित मान्यजन कहाँ चलन रहेको स्थानीयबासी परदेशी चौधरीले बताउनुभयो । 

गाँउका मान्यजनका रुपमा समाजले सामाजिक र सांस्कृतिक कार्य गर्न चुनेका बडघर, गुरुवा र केशौकाबाट पहिलो टीका थापेर आशिर्वाद लिनुपर्ने परम्परागत चलन रहेको उहाँले बताउनुभयो । 

बडघर पछि गुरुवा, केसौका र अन्य मान्यजनबाट पालोपालो सामूहिक रुपमै थारु समुदायले टीका थाप्ने गरेका छन् । 

टीका थाप्नेका लागि टीका लगाउने बडघरमा चामलको पिठोबाट बनेको ढिक्री, दालभात, माछा मासु र तरकारी खुवाउने व्यवस्था मिलाएको बडघर जोनापुरका बडघर रामप्रसाद चौधरीले बताउनुभयो । 

टीका थाप्न परिवारसहित बडघरमा पुगेका विश्राम चौधरीले छोक्रा नाचसहित टीका लगाउन आएको बताउनुभयो । आज दिनभर बडघरमा सखिया नाचको रौनक हुने भएकाले झनै उमङ्ग थपिएको उहाँले बताउनुभयो । टीका पछिको दोस्रो दिन घर घरमा गएर अन्तिम पटक सखिया नाच नाचेर नृत्य टोलीलाई खेरा (भोज) खुवाएर दशैँ अन्त्य हुनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x