×

NMB BANK
NIC ASIA

पूर्वराज्यमन्त्रीको शिक्षा मोह : विद्यालयको अध्यक्ष भएर शैक्षिकस्तर सुधार्दै

कात्तिक ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बाँके –तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य रहेका दलबहादुर सुनार विक्रम सम्वत् २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा जितेर सभासद् बने ।

Muktinath Bank

दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएपछि सिँचाइ राज्यमन्त्री बनेका सुनार त्यसपछि शिक्षा सेवामा लागे । सुनार हाल बाँकेको बैजनाथ गाउँपालिका–५ स्थित प्रभात माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पद होइन, समाजसेवा सम्झिए,’ उनले भने, ‘समाजसेवामा रम्न मन लाग्यो, मैले शैक्षिक क्षेत्रलाई समृद्ध बनाउने अठोट गरे र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भए ।’ २०२५ सालमा स्थापना भएको उक्त विद्यालयलाई देशकै नमूना विद्यालय बनाउने उनको अठोट छ ।


Advertisment
Nabil box
Kumari

उनी भन्छन्, ‘सांसद भएको व्यक्ति विद्यालयको अध्यक्ष ! तपाईको राजनीतिक यात्रा अब सकियो जस्ता प्रतिक्रियाहरू आइरहे । तर, मैले यसलाई स्वभाविकरुपमै लिए । मैले यो विद्यालयलाई शैक्षिक अध्ययन केन्द्रका रुपमा स्थापना गरी देशकै नमूना विद्यालय बनाउन चाहन्छु ।’ 

Vianet communication
Laxmi Bank

उनले २० बर्षअघि पनि सोही विद्यालयको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । सो समयमा विद्यालयमा १० जोड २ कक्षा सञ्चालन शुरू गर्न उनी सफल भएका थिए । ‘समाजलाई शिक्षाले नै बदल्न सक्ने बोध गरेर म अध्यक्ष बनेको छु,’ उनले भने, ‘मन्त्री र सांसद हुँदा जे भूमिका र जिम्मेवारी थियो, त्यही जिम्मेवारी मैले यहाँ महसुस गरेको छु ।’ 

उनी अध्यक्ष भएपछि अहिले विद्यालयको मुहार फेरिँदैछ । विद्यालयमा खेल मैदान र पर्खाल निर्माण भएको छ । आगामी शैक्षिक सत्रदेखि नर्सरी कक्षा सञ्चालनको तयारी भइरहेको छ । ‘निजी होइन, सरकारी विद्यालयमा छोराछोरी पढाउनुपर्छ, हामीसँग तालिम प्राप्त शिक्षकहरू हुनुहुन्छ, अनि हामीले लगानी गरेका सामुदायिक विद्यालयलाई हामीले खण्डहर बनाउने ?’ उनले भने, ‘पर्याप्त भौतिक पूर्वाधारहरू हुँदाहुँदै पनि निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्, अब हामी निजी विद्यालयका विद्यार्थीभन्दा हामी अब्बल बनाउँछौं ।’ 

आगामी शैक्षिक सत्रदेखि अंग्रेजी कक्षा सञ्चालनको तयारी गरिरहेको प्रभात माध्यमिक विद्यालयले विद्यार्थीलाई पोशाक, पाठ्यपुस्तक, झोला र खाजाको निशुल्क व्यवस्था गर्ने तयारी गरेको छ । उनले सो विद्यालयलाई क्याम्पसका रुपमा विकास गरी स्नातकोत्तरसम्म अध्ययनका लागि तयारी गरिरहेको बताए । ‘आमरुपमा हाम्रो समाज योजना अभाव र कार्यान्वयन प्रक्रियामा फितलो छ, हामी योजना बनाउँदैनौं, यसबाट हाम्रा कामहरुले गति लिन सक्दैनन्,’ उनले भने, ‘योजना बनाउँदा स्रोत जुट्छ, हामी योजना निर्माणसँगै स्रोत खोजी गरिरहेका छौं ।’ 

‘नयाँ शैक्षिक सत्रदेखि विद्युतीय हाजिरीको सुरुवात हुँदैछ,’ उनी भन्छन्, ‘शिक्षकले विद्यालयमा आउँदा र जाँदा हाजिरी गर्नुपर्नेछ, समयमा विद्यालय नआउने शिक्षक र विद्यार्थीलाई हामी गयल गर्छौ र शिक्षकको तलब काट्छौं ।’

उनले विद्यालयमा चाहिने सबै आवश्यकता पूरा गर्ने र आफ्ना बच्चालाई विद्यालयमा भर्ना गरी नियमित पठाइदिन अभिभावकसँग आग्रह गरे । ‘जनताका छोरीछोरीले उच्च शिक्षासम्म निःशुल्क पढ्न पाऊन्, विद्यालयको पढाइ कस्तो भइरहेको छ भनेर उनी आफैं कक्षामा निरीक्षण र अनुगमन गर्दै विद्यार्थीसँग अन्तक्र्रिया गर्छन् । पढाइ भए नभएको सोधीखोजी गर्दै शिक्षकको कार्यशैलीका बारेमा जानकारी लिन्छन् ।

बस किन्न रकम संकलन गरिँदै 

तल्लो कक्षाका विद्यार्थीलाई विद्यालयमा आवतजावतमा सहज बनाउन विद्यालयले बस सञ्चालन गर्ने भएको छ । बस खरिद गर्नका लागि विद्यालयलाई अभिभावकसँग आर्थिक सहयोग गरिरहेका छन् ।

हालसम्म २८ लाख ८७ हजार रुपैयाँ संकलन भइसकेको अध्यक्ष सुनारले जानकारी दिए । सामुदायिक विद्यालयलले पनि निजी विद्यालयजस्तै सेवासुविधा दिई विद्यार्थीलाई आकर्षण गर्न बस किन्ने योजना बनाएको उनले बताए ।

२०२५ सालमा स्थापना भएको यो विद्यालयमा अहिले पनि १ हजार १ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले १० जोड २ सञ्चालन गरिरहेको छ । विद्यालयमा विद्यार्थीको चाप बढाउनका लागि शैक्षिक गुणस्तर बढाउनुका साथै भौतिक सुविधा पनि दिँदै जाने योजना छ । 

चालू शैक्षिक सत्रबाट विद्यालयले कक्षा ५ सम्मका विद्यार्थीका लागि बस सञ्चालन गर्ने योजना बनाएर अघि बढेको विद्यालयका प्रधानाध्यापक नगेन्द्रराज सुवेदीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x