कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
- गणेशकञ्चन भारती
भौतिक विकासका हिसाबले असाध्यै पछाडि परेको कर्णाली प्रदेश देशको कान्छो प्रदेश हो । देशमा ६ वटा प्रदेश निर्माण भइसकेपछि कर्णालीबासीको निरन्तरको आन्दोलन र झण्डै ४ जनाको बलिदानीबाट प्राप्त प्रदेशमा सम्भावना जति धेरै छन्, उति नै धेरै चुनौती पनि छन् ।
प्रदेश विकासको मेरुदण्ड मानिएको सडक सञ्जालले अहिले पनि कर्णालीका हुम्ला र डोल्पा सदरमुकामलाई छुन सकेको छैन । हवाई यातायात विकल्पका रुपमा रहेपनि प्रभावकारी र नियमित उडान हुन सक्दैनन् । अन्य जिल्लाका ग्रामीण ईलाका अहिले पनि सडकको पहुँचबाट टाढै छन् ।
प्रदेशको भूगोल ठूलो भएपनि विकासका नकारात्मक सूचकांक डरलाग्दा छन् । ती सूचकांकलाई सुधार गरेर कर्णालीको विकास गर्नुपर्ने चुनौती अहिलेको नेतृत्वलाई छ । त्यसका लागि नेतृत्वमा एकता सहितको संकल्प र भूगोल सापेक्ष, वैज्ञानिक तथा व्यावहारिक नीति हुन जरुरी छ ।
तराईसँग नजोडिएको यो प्रदेशको खाद्य उपलब्धता चुनौतीपूर्ण छ । अहिले पनि झण्डै ८० प्रतिशत पहाडी र हिमाली जग्गाको भूउपयोग नीति बन्न सकेको छैन । कर्णाली प्रदेशमा सबैभन्दा बढी धान–गहुँ नै आयात गर्नुपर्ने बाध्यता छ । तरकारी, फलफूलबाहेक अधिकांश खाद्य सामग्री ५ नम्बर प्रदेश र भारतकै भर पर्नुपर्ने अवस्था छ ।
कुनै एउटा पनि भन्सार नाका नभएको कर्णालीका लागि त्यसको विकल्प खोज्नु पनि जरुरी छ । त्यसका लागि दक्षिणी भारतसँग सिधा सम्पर्क असम्भव छ । हालको ५ नम्बर प्रदेशमा रहेका बर्दिया र बाँकेलाई कर्णाली प्रदेशमा जोडिन त्यति सहज छैन । कर्णाली प्रदेशका लागि दीर्घकालीन हिसाबले लाभ लिन सक्ने र दक्षिणी भारतको विकल्पका रुपमा उत्तरी छिमेकी चीनसँग जोडिनु नै उत्तम हुन सक्छ ।
संघीय सरकारलाई आग्रह गर्दै कर्णाली सरकारलाई चीनसम्म सिधा सम्पर्क गर्न दबाब र आवश्यकता दुवै परेको छ । हुम्लाको हिल्सा नाका अहिले पनि प्रत्यक्ष रुपमा कर्णालीसँग जोडिएको छ । खासगरी भारत लगायतका देशबाट आउने हिन्दू धार्मिक पर्यटकका लागि मानसरोवर चर्चित गन्तव्य हो । त्यहाँ पुग्ने एक मात्र सहज र छोटो नाका हुम्लाको हिल्सा नाका हो । त्यो अहिले पनि कुनै न कुनै हिसाबले सक्रिय छ । तर, अब संघीय सरकारलाई आग्रह गरेर प्रदेशमा रहेको हिल्सा नाकालाई कुनै पनि हिसाबले खोल्ने गरी प्रदेश सरकारले तदारुकता देखाउनुपर्छ ।
उत्तरसँग जोडिएका मुगुको नाम्चे नाग्ला, हुम्लाको हिल्सा, लिमी लाप्चा, चाखोला र टाखे नाका हुन् । तर, सबैभन्दा छिटो र सजिलै खोल्न सकिने भनेको हिल्सा नाका हो ।
प्रदेश सरकारको सानो प्रयास र आग्रहमा संघीय सरकारले सुन्नेवाला छैन । कर्णाली सरकारको औपचारिक निर्णयदेखि निरन्तरको दबाब संघीय सरकारलाई जरुरी हुन्छ । कुटनीतिक हिसाबले संवाद चल्यो र पहल भयो भने चीन आफैंले तिब्बतबाट हिल्सा नाका मात्रै होइन, हुम्ला सदरमुकाम सिमिकोटसम्म जोड्ने सडक निर्माण गरिदिन सक्छ । त्यसका लागि पनि उच्च सरकारी कुटनीतिक प्रयास जरुरी छ ।
कर्णाली प्रदेश मात्र यस्तो प्रदेश हो, जसको भूगोल चीनसँग मात्रै जोडिएको छ । हिमाली क्षेत्रका कैयौ नागरिक अहिले पनि चीनसँग सीमानाका विभिन्न गतिविधिमा संलग्न छन् । भाषा, सभ्यता र संस्कृति समेत चीनको तिब्बतसम्म मिल्छ । तिब्बतसँग जोडिएका मुगु र हुम्लाका केही गाउँ त यस्ता छन् कि पैसा चिनियाँ नै चल्छ, सामान चिनियाँ भित्रिन्छ र भाषा समेत चिनियाँ बोलिन्छ । हिमालका लामा जाति र समुदाय चीनसँग व्यापार गर्छन् । हिल्सा हुँदै मानसरोवर जाने बाटोभरी र मानसरोवरमै कैयौ हुम्लीहरू आफ्नो व्यापार व्यवसाय गर्छन् । यी सबै उदाहरणले पनि चीनसँग कर्णाली प्रदेशको नाता सम्बन्ध प्रगाढ छ, बनाइनुपर्छ र अझ हुन जरुरी छ ।
कर्णालीको जलस्रोत र जडीबुटीमा लगानी गर्न पनि चिनियाँले चासो बढाइरहेको देखिन्छ । केही दिनअघि मात्रै सुर्खेतमा रहेको ढुंगा खानीको उत्खनन् र सिमेन्ट उत्पादनका लागि थ्री गर्जेज कम्पनीले सम्भाव्यता अध्ययन गरेर गएको छ । योसँगै जमुनाह हिल्सा मानसरोवरसम्मको पर्यटन रुट र त्यो रुटसँग जोडिएका अन्य पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्न तथा चीनसँगको सहकार्यमा पर्यटन प्याकेज सञ्चालन गराउन सकियो भने चीन र नेपाल दुवैले लाभ लिन सकिने अवस्था छ । पर्यटक त्यहाँसम्म पुग्ने छोटो बाटो भनेको हिल्सा नाका हो ।
सुर्खेत एयरपोर्टबाट हुम्लाको सिमिकोट र हिल्सा हुँदै मानसरोवरसम्म पुग्ने पर्यटकले बाटोभरी खर्च गर्ने पैसालाई हिसाब गर्ने हो भने वर्षमै कर्णालीका नागरिकले करोडौं–करोड लाभ लिन सक्छन् र रोजगारी सिर्जना हुन सक्छ । गन्तव्यसम्म पुग्न सुरक्षित र आरामदायी रुट र पर्यटक सन्तुष्ट बनाउन सकिने आकर्षक योजना ल्याउन सकियो भने यसले दुवै देशलाई फाइदा हुने निश्चित छ । त्यसका लागि मानसरोवरसम्म कम्तिमा २ लेन सडक निर्माण र बाटोमा आरामदायी हिसाबले खाना बस्न मिल्ने ठूला होटलमा लगानी जरुरी छ ।
संघीय सरकारको अनुमतिमा चीनको तिब्बत र कर्णाली प्रदेश सरकार मिलेर यो काम गर्न सक्छन् वा यी दुवै सरकारको आग्रहमा दुवै देशका निजी लगानीकर्ता पनि भित्र्याउन सकिन्छ । केही महिना अगाडि चीनको सिचुवान प्रान्तमा भएको एक कार्यक्रममा त्यहाँका बुद्धिजीवी र सरकारी अधिकारीले पनि नेपालले चाहेर लगानीका लागि औपचारिक आग्रह गरे चीन सरकारले लगानी गर्न सक्ने सम्भावना रहेको प्रतिक्रिया दिएका थिए । सिचुवान प्रान्त अन्तर्गत छेन्दुका ‘थिंक ट्यांक’ सदस्यले चीनसँग सिमाना जोडिएका क्षेत्रको विकासमा अझ धेरै उत्साहित भएर चीन सहयोग गर्न सक्ने संकेत गरेका थिए ।
सानो कुरामा पनि भारतको चासो हुने र विकासका नाममा बर्सेनि अस्वाभाविक हस्तक्षेपबाट नेपाल बच्नुपर्ने चिनियाँ बुद्धिजीवीको भनाई छ । चिनियाँहरू अब नेपालमा कम्यूनिस्ट सरकारले विकासलाई तीब्रता दिने कुरामा विश्वास गर्छन्, नेपालले खुलेरै कुरा गर्ने हो भने चीनले जस्तोसुकै सहयोग पनि नेपाललाई गर्न सक्छ । नेपालको कम्यूनिस्ट सरकारालाई सघाउन चीन आतुर छ । चीनसँग जोडिएका प्रदेशको छुट्टै योजना बनाएर काम गर्न चीन सकारात्मक देखिन्छ ।
भारतजस्तो अस्वाभाविक हस्तक्षेप र स्वार्थ नराख्ने छिमेकी चीनले नेपाल र चीनसँग जोडिएका क्षेत्रको विकासमा सदासयता देखाएको देखिन्छ । केही हप्ताअघि चीन भ्रमण गरेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले चिनियाँ सद्भावको स्वागत गर्ने प्रतिबद्धतासहित स्वदेश फर्केको बताएका छन् ।
चीनबाट फर्किसकेपछि सुर्खेत एयरपोर्टमा पत्रकार सम्मेलनका क्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जमुनाह–हिल्सा सडकको प्रारम्भिक सर्भे तयार गर्ने सन्दर्भमा चिनियाँ अधिकारीसँग समझदारी भएको बताए । उनले कर्णाली एयरलाइन्सका लागि समेत चिनियाँले लगानी गर्न सक्ने संकेत गरे । प्रदेशका लागि यो ठूलो लगानी त हुँदै हो, महत्त्वपूर्ण क्षेत्रमा हुन लागेको लगानी पनि हो ।
समझदारीले चीन र कर्णाली प्रदेश सरकारबीच सम्बन्ध स्थापित हुने संकेत गर्न सक्छ । चिनियाँ पक्ष सकारात्मक भयो भने लगानी भित्रिने छ र कर्णालीले ठूलै लाभ लिने निश्चित छ ।
(लेखक नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष हुन् ।)
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...