×

NMB BANK
NIC ASIA

सञ्चालनमा आयो सुशील कोइराला क्यान्सर अस्पताल, यस्ता छन उपचार सुविधा

कात्तिक ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बाँके- बाँकेको खजुरा गाउँपालिका–७ मा सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले पश्चिम नेपालका क्यान्सरका बिरामीहरुलाई उपचार सेवा र सुविधा दिइरहेको छ । 

भरतपुर क्यान्सर अस्पतालपछि सुविधा सम्पन्न अस्पतालका रुपमा स्थापना भएको अस्पतालले आफ्नो सेवा शुरु गरेसँगै पश्चिम नेपालका क्यान्सरका बिरामीहरुलाई चितवन र काठमाडौँ पुग्नुपर्ने बाध्यता हटेको छ । 

अस्पतालमा साबिकका मध्य तथा सुदूरपश्चिमका जिल्लाका बिरामीहरुको चाप बढेको छ । काठमाडौँमा ठूला अस्पताल सरहको प्रविधि र जनशक्तिसहित सञ्चालनमा आएको छ । पायक पर्ने ठाउँमा अस्पताल सञ्चालनमा आएपछि बिरामीहरुलाई सहज भएको छ । बैजनाथ गाउँपालिका–४, की रोइनीदेवी वली भन्नुहुन्छ, “क्यान्सरको शङ्का लागेपछि म भरतपुर अस्पतालमा पुगेर अप्रेशन गरेँ, यहाँ अस्पताल सञ्चालनमा आएपछि बाँकी उपचार यतै गरिरहेकी छु ।” 

श्रीमतीको स्तनमा समस्या देखिएपछि क्यान्सर हुनसक्ने आशङ्कामा अस्पताल पुग्नुभएका कोहलपुर नगरपालिका–२ का धर्मराज श्रेष्ठले नजिकै अस्पताल हुँदा उपचारमा सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चितवन, काठमाडौँ जाँदा धेरै खर्च लाग्ने भएकाले हामीलाई यहाँ अस्पताल सञ्चालन हुँदा निकै सहज भएको छ । खर्च जोगिएको छ । घरबाटै अस्पतालसम्म आउन जान सहज भएको छ ।” 

अस्पताललाई पूर्णरुपमा सञ्चालनमा ल्याउन रु ८५ करोड अनुमान गरिएकामा हाल रु ४० करोडको लागतमा पूर्वाधार बनिसकेका छन् । गत असार ११ गतेदेखि अत्याधुनिक प्रविधिसहित सञ्चालनमा आएको क्यान्सर अस्पतालमा साबिकका मध्य तथा सुदूरपश्चिमका २२ जिल्लाका बिरामीहरु आउने गर्छन् । अस्पतालबाट हालसम्म एक हजारभन्दा बढीले सेवा लिइसकेको अस्पतालले जनाएको छ । अहिले पनि दैनिक ३० देखि ४० जनासम्म बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालका कार्यकारी निर्देशक डा विश्वराम पौडेलले बताउनुभयो । 

अस्पतालले अहिले ओपिडीका साथै सिटी स्क्यान, रेडियोलोजी, किमोथेरापी, फार्मेसी, प्याथोलोजी लगायतका सेवा सञ्चालन गरिसकेको छ । बिरामीको चापअनुसार चाँडै अत्याधुनिक शल्यक्रिया वार्ड रेडियशन र डाइगोनोसिस सेवा विस्तारसँगै विशेषज्ञ चिकित्सक ल्याउने तयारी गरिरहेको छ ।  रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x