×

NMB BANK
NIC ASIA

पोखरा अब खेल पर्यटनको ‘केन्द्र’मा विकास हुँदै

कात्तिक ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि ‘केन्द्र’ बनाउने उद्देश्यसहित अर्को सातादेखि ‘पोखरा प्रिमियर लिग’ शुरु हुँदैछ । 

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिनुभयो ।“नेपालकै पर्यटकीय नगर पोखरामा पोखरा प्रिमियर लिग कात्तिक ९ देखि २० गतेसम्म आयोजना गर्दैछौँ । हामी यसको अन्तिम तयारीमा छौँ । प्रतियोगिता नजिक आइसकेकाले स्वाभाविक रुपमा व्यस्त नै छौँ”, उहाँले भन्नुभयो । 

“मुम्बईबाट क्युरेटर मगाएर चार स्थानमा पिच गरिसकेका छौँ । कीर्तिपुरबाट ग्राउण्ड स्टाफ लगेर आउटफिल्डको काम पनि अन्तिम चरणमा पु¥याएका छौँ । दर्शकका लागि अस्थायी प्यारापिट निर्माण पनि अन्तिम अवस्थामा पु¥याएका छौँ । प्लेयर बक्स, मिडिया बक्स, भिआइपी बक्सलगायत निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ”, निर्देशक लामाले भन्नुभयो । 

पोखरा रङ्गशालाबाट माच्छापुच्छ«े र अन्नपूर्ण शृङ्खला स्पष्ट देखिन्छ । पोखरा प्रिमियर लिगमा अन्तर्राष्ट्रिय खेलाडीको पनि उपस्थिति हुने भएकाले विश्वमै पोखरा बारे राम्रो सन्देश जन्छ । यसले गर्दा सरकारको नेपाल भ्रमण वर्षको अभियानमा पनि सहयोग पुग्ने आयोजकको विश्वास छ । क्रिकेट लिगले खेलाडीको व्यावसायिकतासँगै पोखराको पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पुग्ने आशा गरिएको छ । 

पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले समेत मान्यता दिएको छ । पिपिएलले नेपालको क्रिकेट विकासमा सहयोग तथा नयाँ खेलाडीको प्रतिभा पहिचानमा समेत मद्दत पुग्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरेको निर्देशक लामाको भनाइ छ ।यसअघि प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की खेलाडीको टुङ्गो लागिसकेको छ ।प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्स छन् । 

चितवन राइनोजको टोली स्वामित्व युवा व्यवसायी राहुल महरासहितको टोलीले गरेको छ । मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन् । त्यसैगरी विराटनगर टाइटन्स् टोली स्वामित्वमा पूर्व क्रिकेटर तथा व्यवसायी पारस लुनियासहितको टोली र मार्की प्लेयरमा सन्दीप लामिछाने छन् । 

बुटवल ब्लास्टर्सको टोली स्वामित्वमा रामबहादुर विष्टसहितको व्यावसायिक युवा टोलीे छ भने मार्की प्लेयरमा सोमपाल कामी छन् । पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेली सहितको टोली रहेको छ भने मार्की प्लेयर शरद भेषवाकर छन् ।एक्पर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छन् । हुलास काठमाडौँ रोयल्सको टोली स्वामित्वमा राज्यलक्ष्मी गोल्छा र मार्की प्लेयरमा ज्ञानेन्द्र मल्ल छन् । 

प्रतियोगितको विजेताले रु २५ लाख पुरस्कार पाउनेछ भने प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक–एक थान मोटरसाइकल पाउनेछन् । प्रतियोगिताको बैंकिङ पार्टनर नविल बैंक रहेको छ भने हस्पिटालिटी पार्टनरमा ओयो र मेडिकल पार्टनरमा ग्राण्डी अस्पताल रहेका छन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x