×

NMB BANK
NIC ASIA

महर्षि वेदव्यासको जन्मभूमि व्यास क्षेत्रको गुरुयोजना निर्माण शुरू

कात्तिक ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दमौली – महर्षि वेदव्यासको जन्मभूमिलाई प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउने उद्देश्यसहित व्यास क्षेत्रको गुरुयोजना निर्माण शुरू गरिएको छ । 

Muktinath Bank

व्यास क्षेत्रको विकासका लागि गठित व्यास क्षेत्र विकास कोषले गुरुयोजना निर्माणका लागि काठमाडौंस्थित अर्थक्वेक सेफ्टी सोलुसन्सलाई जिम्मा दिएको छ । सोलुसन्सले गुरुयोजना निर्माणका लागि ५० लाख रुपैयाँमा जिम्मेवारी पाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोलुसन्सले व्यास नगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिर परिसरमा निर्माण हुने १ सय ८ फिटको व्यासको मूर्ति निर्माणसहित अन्य संरचनाको गुरुयोजना बनाइँदै गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवकुमार महर्जनले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

सोलुसन्सलाई गुरुयोजना निर्माणका लागि गत साउनदेखि फागुनसम्म म्याद दिइएको छ । सोअनुसार फिल्ड अन्वेषण, विस्तृत फिल्ड सर्वेक्षण, भूप्राविधिक अध्ययनका काम सम्पन्न भएको महर्जनले बताए । ‘१ हप्ताको समय लगाएर विस्तृत फिल्ड सर्भेक्षण र २ हप्ताको समयमा भूप्राविधिक अध्ययन सकिएको छ,’ उनले भने, ‘मूर्तिको जग र पेडेस्टेलको डिजाइन र अन्य संरचनाको गुरुयोजना निर्माण भइरहेको छ ।’

Vianet communication
Laxmi Bank

गुरुयोजनानुसार व्यास क्षेत्रमा १ सय ८ फिटको व्यासको मूर्तिका अलावा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, चौकीदार घर, कोेसेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन कक्ष, योग कक्ष, समितिको सचिवालय बैठक कक्ष, संग्रहालय, वृत्तचित्र कक्ष , व्यास पुस्तकालय, शौचालय, बगैँचासहितको विश्राम घर, तलाउसहितको मत्स्यगन्धा उद्यान, चमेनागृह, पुजारी घर, साना व्यासका २७ मूर्ति, व्यासका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर ‘वेद’ लेखिएको सानो मूर्ति प्रस्ताव गरिएको महर्जनले जानकारी दिए ।

प्रस्तावित गुरुयोजनाको आकार कलशजस्तो बनाइएको छ । १ सय ८ फिटको अग्लो व्यासको मूर्तिलाई पश्चिम फर्काइएको छ । ‘धार्मिक परम्पराअनुसार पूर्वमा बसेर पश्चिम फर्केर पूजा गर्ने विश्वास छ,’ महर्जनले भने, ‘त्यही भएर हामीले व्यासको मूर्तिलाई पश्चिम फर्काएर राख्ने गरी गुरुयोजनामा प्रस्ताव गरेका छौं ।’ 

कोषले व्यास क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने लक्ष्य राखेको छ । व्यास क्षेत्रलाई व्यास ग्रामका रुपमा अघि बढाउने लक्ष्य रहेको कोषका महासचिव विष्णुभक्त सिग्देलले बताए । व्यासको मूर्तिसहित अन्य सबै संरचनाका लागि करीब ५० करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x