×

NMB BANK
NIC ASIA

नेकपाद्वारा रामवीर मानन्धरको राजीनामा पत्र अस्वीकृत, राजधानीमा चहलपहल बढ्न थाल्यो

कात्तिक ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरको राजीनामा पत्र अस्वीकृत भएको छ। 

Sagarmatha Cement
Muktinath Bank

 प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपाको सचिवालय बैठकले मानन्धरले दिएको राजीनामा पत्र अस्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाको निर्णयसँगै हाललाई उपनिर्वाचनको बहस अन्त्य भएको छ । 


Advertisment
Nabil box
Kumari

यसअघि सांसद मानन्धरले पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा ल्याउन आवश्यकपरेमा आफू राजीनामा दिन तयार रहेको भन्दै पार्टी नेतृत्वलाई पत्र दिएका थिए । 

Vianet communication
Laxmi Bank

गत असोज २२ को सचिवालय बैठकमा मानन्धरको उक्त पत्रबारे अनौपचारिक छलफल भएको थियो । 

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत पूर्वपरामर्श नगरी मानन्धरले एकाएक राजीनामा लागि अनुमति मागेपछि शीर्ष नेताबीच आपसी शङ्का पैदा भएपछि मध्यमार्गी नेताहरुले अनौपचारिक संवाद गरी यो निर्णयमा पार्टी पुगेको हो । 

मानन्धरले राजीनामा दिने विषयले पार्टीभित्र र बाहिर व्यापक टीकाटिप्पणी हुनाका साथै निर्वाचित भएको एक वर्षमै सांसदलाई राजीनामा गराई बाहिरको नेतालाई उपनिर्वाचनको उम्मेदवार बनाएमा पार्टी पराजित हुन सक्ने खतरा आँैल्याइएको थियो । 

यस्तो प्रवृत्तिले निर्वाचनका लागि राज्यको अतिरिक्त खर्च हुने बहससमेत उत्पन्न भएको थियो । पार्टी नेतृत्वले पार्टीका उम्मेदवारले हार्ने गरी उपनिर्वाचन नगर्ने जनाएसँगै नेता गौतमले मानन्धरले आफूप्रति देखाएको सद्भावका लागि धन्यवाद दिँदै आफू उपनिर्वाचन लड्न अनिच्छुक रहेको सार्वजनिक प्रतिक्रिया दिएका थिए ।

 

दशैँपछि राजधानीमा चहलपहल 

दशैँपछि राजधानीमा यातायात र मानिसको चहलपहल क्रमशः बढ्न थालेको छ । 

दशैँको फूलपातीदेखि सुनसानप्रायः बनेको काठमाडौँ उपत्यकाबाट चाड मनाउन गएका मानिस फर्कन थालेका छन् । शनिबार एकैदिन १२ हजार ७८९ सवारीबाट एक लाख सात हजार ३४८ यात्रु उपत्यका भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता दामोदर सिलवालले जानकारी दिए । आइतबार शनिबारको तुलनामा थप मानिस राजधान िभित्रिएको बताइएको छ । 

यसैबीच आइतबारदेखि सरकारी कार्यालयसमेत सञ्चालनमा आएको छ ।  

मानिसको चहलपहल बढेसँगै नवदुर्गाको प्रसादका रुपमा टीका जमरा थाप्न हिँड्नेको लाम पनि सडकमा देख्न सकिन्छ । यही कात्तिक २ गते विजयादशमीका दिनदेखि शुरु भएको टीका, प्रसाद र जमरा ग्रहण आश्विन शुक्ल पूर्णिमाका दिन ६ कात्तिक गतेसम्म लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यसदिन अखिल बलि पूर्ति अर्थात् सबै बलि दिने काम सम्पन्न गरेपछि जमरा सेलाइन्छ ।

 राजधानीमा नक्कली नोटको बिगबिगी

नक्कली नेपाली नोट छाप्ने गिरोहका ५ जनालाई प्रहरीले नक्कली नोट छाप्ने मेसिन,  नक्कली नोट र सोको लागि प्रयोग हुने विभिन्न सामाग्री सहित कीर्तिपुर नगरपालिका(४ स्थित मच्छेगाउँबाट पक्राउ गरेको छ । 

 पक्राउ पर्नेहरुमा काठमाडौं कीर्तिपुर नगरपालिका ४ मच्छेगाउँ डेरा गरी बस्ने पर्सा पर्सागढी नगरपालिका ३ का २७ वर्षीय ईन्द्रवहादुर श्रेष्ठ, सोही ठाउँ डेरा गरी बस्ने गोरखा शहिद लखन गाउँपालिका ८ का २५ वर्षीय नारायण श्रेष्ठ, काठमाडौं मुलपानी बस्ने मकवानपुर हर्नामाडी ९ का २५ वर्षीय साहिल थापामगर, काठमाडौं वौद्ध जोरपाटी बस्ने पर्सा विरुवागुठी ३ का २८ वर्षीय राज श्रेष्ठ र काठमाडौं कुमारीगाल बस्ने कागेश्वरी मनहरा ११ का २९ वर्षीय विकास दोचे रहेका छन् । 

नेपाली नक्कली नोटहरु छापी बजारमा वितरण तथा प्रयोग भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुबाट नक्कली नोट ३ लाख ७० हजार रुपैयाँ, पैसा छाप्ने मेसिन १ थान, सोको मसी २ वट्टा, पैसा छाप्न प्रयोग हुने पेपर २ वण्डल, मोबाइल ४ थान, लालिगुँरास अंकित रबर छाप, नक्कली पैसा बनाउने प्रयोग भएका सक्कली १ हजारका नोट ३ थान र १ सयका नोट ३ थान, पैसा वण्डल वनाउन प्रयोग गरिने गोर्खा फाईनान्सको ट्याग १२ थान र एनआईसी वैंकको नक्कली चेक समेत प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कृष्णनगरमा कफ्र्यु  

दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ निषेधाज्ञा(कफ्र्यु) लगाएको छ । 

युवाबीच झडप भएपछि साँझ ५ बजेदेखि निषेधाज्ञा लागेको हो । अहिले सो क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ । 

प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले जिल्लाको शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन ऐन २०२८  दफा ६ (क) अनुसार आइतबार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल–भारत दशगजा क्षेत्रमा निषेधाज्ञा लगाएको प्रजिअ अर्जुनप्रसाद पोखरेलले बताए । 

न्याम्सको अध्यक्षमा डा बराल 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा अध्ययनरत आवासीय चिकित्सकको संस्था रेजिडेण्ट एशोसिएसन अफ न्याम्सको निर्वाचनले डा शरदचन्द्र बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

समितिको वरिष्ठ उपाध्यक्षमा डा रवि आचार्य, डा उसान्त आचार्य, महासचिवमा डा मोहननाथ, सचिवमा डा गौरव कर्ण, सहचिवमा डा सागर अधिकारी तथा कोषाध्यक्षमा डा कृष्णराज अधिकारी रहेका छन् ।

यसैगरी सदस्यमा डा अहमद जुसान, डा अमित पोखरेल, डा अस्कल देवकोटा, डा गणेश चालिसे, डा सोमनाथ भण्डारी, डा मिलन सिलवाल, डा ईश्वरी खनाल, डा जनार्दन गौतम, डा जयराज जोशी, डा निवास शर्मा, डा पृथा भट्ट, डा राजन महत, डा सञ्जु सापकोटा, डा सौहार्द लोहनी, डा श्रवण थापा र डा शिरिसचन्द्र रेग्मी रहेका छन् ।

रेल जनकपुर आइपुग्यो

भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आइतबार जनकपुर आइपुगेको छ ।

रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताए

प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको ¥याकमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका हुन् । 

सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रस्ताव

मुलुकभरका ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका निकायमा नयाँ संरचनाका साथै दरबन्दीको मस्यौदा तयार पारेको छ । 

संघीयता कार्यान्वयन भएपछि मन्त्रालयले स्थानीय तह, प्रदेश र संघको नयाँ संरचना तथा त्यसलाई आवश्यक पर्ने जनशक्तिको खाका तयार पारेको हो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल संयोजक रहेको संघीय व्यवस्थापन समितिले तयार पारेको मस्यौदामा स्वास्थ्य सेवाको पहुँचलाई अझ सर्वसुलभ बनाउन प्रदेश अन्तर्गतका सबै जिल्लामा रहने गरी प्रदेश जनस्वास्थ्य शाखा कार्यालयको प्रस्ताव गरिएको हो । 

सातवटै प्रदेशमा स्वास्थ्य प्रवद्र्धन तथा तालीम केन्द्र, स्वास्थ्य सामग्री तथा औषधि व्यवस्थापन केन्द्र र जनस्वास्थ्य प्रयोगशाला रहने व्यवस्था गरिएको छ । 

विष्टलाई निष्काशनको सिफारिश

निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए । 

दुई छोराको हत्यापछि आत्महत्या 

बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आइतबार बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम र तीन वर्षीय विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ । 

दशैँमा सवारी दुर्घटनामा १० को मृत्यु 

दशैंको समयमा जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २४ गते घटस्थापनादेखि कात्तिक ३ गते शनिवारसम्म भएका ती दुर्घटनामा १० जनाको मृत्यु हुनाका साथै ५६ जना घाइते भएका छन् ।

श्रीमतीको हत्या 

घरायसी झगडा हुँदा एक व्यक्तिले आइतबार राती आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

मदिरा सेवन गरेका मुसिकोट नगरपालिका–७, इन्द्रेगौंडाका ३५ वर्षीय पङ्कज कुमालले सामान्य विवादमै ३० वर्षीया श्रीमती लाली कुमाललाई दाउराले हानी हत्या गरेका हुन् । 

 मृगशिरा उल्का वर्षा 

हेलीको पुच्छ«ेताराका कारण हुने मृगशिरा उल्का वर्षा गएराति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखियो ।

उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर अर्थात् मृगशिरा उल्कावर्षा नाम दिइएको हो । 

दुर्घटनामा ८ को मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४ ५४ नंको बस अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खस्दा बसमा सवार पाँच जनाको घटनास्थलमा नै र अर्का एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा आइतबार नै जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । 

गल्याङ नगरपालिका–७ सिरौँसाबाट गल्याङ बजारतर्फ आउँदै गरेको लु१ज ३३८० नंको जिप कच्ची ओरालो बाटोमा ‘ब्रेक फेल’ भई पल्टिँदा गल्याङ–७ बस्ने ३२ वर्षीय रामप्रसाद भण्डारीको मृत्यु भएको हो ।

यस्तै महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा टाटासुमोको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–८ बस्ने भैरवबहादुर हेम्जन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

शनिबार धनुषाबाट सर्लाही जाँदै गरेको ना.१ज.२९०२ नम्बरको टाटासुमो बर्दिबास नगरपालिका–१ स्थित सडकमा सोही दिशामा जाँदै गरेका पैदल यात्रु हेम्जनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

एएफसी यु–१९ महिला टोलीको बिदाइ 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले थाइल्याण्डमा हुने एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ । 

यही कात्तिक ७ देखि ११ गतेसम्म थाइल्यान्डको चोनबुरी रङ्गशालामा हुने उक्त छनोट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर लगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् । 

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x