×

NMB BANK
NIC ASIA

एसपी विष्ट र निरीक्षक भट्टलाई बर्खास्त गर्न सिफारिस, राजदूत नियुक्तिका लागि रोष्टर तयार हुँदै

कात्तिक ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबारको सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेसँगै हाललाई उपनिर्वाचनको बहस अन्त्य भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट निर्वाचित सांसद मानन्धरले पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा ल्याउन आवश्यकपरेमा आफू राजीनामा दिन तयार रहेको भन्दै त्यसका लागि अनुमति पाउन पार्टी नेतृत्वलाई पत्र दिएका थिए ।

Muktinath Bank

मानन्धरले दिएको पत्रबारे बैठकले हाल राजीनामा दिनु नपर्ने औपचारिक निर्णय गरेको छ । पार्टीको यो निर्णयसँगै नेता गौतमलाई सांसद बनाउने पहल र चर्चा हालका लागि अन्त्य भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मानन्धरले संसद् सदस्यबाट राजीनामा दिने अनुमतिपत्र दिएको विषयमा हाल कुनै निर्णय गर्नु नपर्ने निर्णय गरेको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सचिवालय बैठक सोमबार दिउँसो पुनःबस्नेछ । बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, यही कात्तिक १२–१३ गते हुने स्थायी समिति बैठकको कार्यसूची तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफलको कार्यसूची छ ।


Advertisment
Nabil box
Kumari


सरकारी कर्मचारीको काइदाः दशैं बिदामा काज मिलाएर दोहोरो फाइदा
सरकारले दशैं पर्वका लागि फूलपातिदेखि एकादशीसम्म ४ दिनको बिदा तोकेको छ । कार्यालयहरू विजया दशैंको तेस्रो दिन कात्तिक ४ गते खुल्ने छन् । फूलपातिका दिन बिदा बसेका कर्मचारीको कार्यालयमा हाजिरी हुन नहुनुपर्ने हो । तर, सिंहदरवारभित्र काम गर्ने कर्मचारी भने दशैंको बिदामा दोब्बर तलब पाउने गरी काज मिलाएर हिँडेका हुन्छन् ।

Vianet communication
Laxmi Bank

यसरी दशैं बिदामा काज मिलाउने कर्मचारीहरू अधिकृतभन्दा तल्लो तहका हुन्छन् । हाकिम रिझाउन सक्ने नासु, खरिदार, कार्यालय सहायक तहका कर्मचारीले दशैंको बेला काज मिलाएर बिदा बस्ने गर्छन् । सरकारी कर्मचारीका लागि दशैंको अतिरिक्त बिदा नै छुट्याइएको हुन्छ । अर्थात् दशैं बिदामा उनीहरूको तलब काटिँदैन । तर, उनीहरू बिदामा काज मिलाएर बिदा सञ्चित गर्नुका साथै काज बापतको थप सुविधासमेत लिने गर्छन् ।

‘हाकिमलाई आफ्नो पक्षमा पार्न सकियो भने काज मिलाउन सजिलो हुन्छ,’ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत एक कर्मचारीले लोकान्तरसँग भने, ‘हाकिमसँग राम्रो सम्बन्ध नभएकाहरुले भने काज पाउँदैनन् ।’ हाकिमले अह्राएको अतिरिक्त काम गरिदिने कार्यालय सहायक र खरिदार तहका कर्मचारीले दशैंमा बढी काज पाउने गरेको ती कर्मचारीको भनाइ छ ।

एसपी विष्ट र निरीक्षक भट्टलाई बर्खास्तीको सिफारिस
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएका एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्तीको सिफारिसमा परेका छन् । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई बर्खास्त गर्न सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयले दुवैलाई बर्खास्त गर्न असोज २९ गते गृह मन्त्रालयलाई पत्राचार गरेको हो । प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार गृह मन्त्रालयकै उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन, प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्नेतको प्रारम्भिक अनुसन्धान र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको स्थलगत अनुगमनका क्रममा उनीहरूको कार्यशैलीमा देखिएको त्रुटिपूर्ण प्रमाणका आधारमा बर्खास्तीको सिफारिस गरिएको हो । बर्खास्तीमा परे दुवै प्रहरी अधिकृतको पेन्सन समेत गुम्नेछ ।

निर्मलाका बाबुआमा काठमाडौं आएर प्रधानमन्त्री, गृहमन्त्रीलाई भेटेर एसपी विष्टको लापरवाहीबारे विस्तार गरेका थिए । समितिको प्रतिवेदनले पनि घटनास्थलमा सुरक्षित हुनुपर्ने प्रमाण नष्ट हुन नदिन प्रहरीले गरेको कामकारबाही ‘गम्भीर लापरवाही र त्रुटिपूर्ण’ भनेको थियो । एसपी विष्ट घटनाबारे जानकार हुँदाहुँदै पनि तत्काल घटनास्थल नपुगेर सामान्य रूपमा लिएको प्रतिवेदनमा उल्लेख छ । विष्टले घटना अनुसन्धानमै रहेका बेला मिडियामा आफ्नो सफाइ दिएका थिए । 

घटनास्थल र जिल्ला प्रहरी कार्यालय नजिकै रहेपनि विष्ट तत्काल नजानु र जान लागेका प्रहरीलाई समेत रोक्नुले उनीमाथि गम्भीर शंका उत्पन्न भएको कुरा प्रतिवेदनमा औंल्याइएको थियो । गम्भीर घटनामा प्रहरीले पीडितलाई सहयोग गर्नुपर्नेमा उल्टै निरुत्साहित हुने कुरा बोलेको देखियो, ‘डीआईजी क्षेत्रीले भने, ‘हामीले कारबाही स्वरूप दुवैलाई बर्खास्तीको सिफारिस गरेका हौं।’

दरबन्दी मस्यौदा तयार
७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी स्वास्थ्य मन्त्रालयले मातहतका निकायमा नयाँ संरचनाका साथै दरबन्दीको मस्यौदा तयार पारेको छ । संघीयता कार्यान्वयन भएपछि मन्त्रालयले स्थानीय तह, प्रदेश र संघको नयाँ संरचना तथा त्यसलाई आवश्यक पर्ने जनशक्तिको खाका तयार पारेको हो । 

प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल संयोजक रहेको संघीय व्यवस्थापन समितिले मस्यौदा तयार पारेको हो । स्वास्थ्य सेवालाई अझ सर्वसुलभ बनाउन प्रदेश अन्तर्गतका सबै जिल्लामा रहने गरी प्रदेश जनस्वास्थ्य शाखा कार्यालयको प्रस्ताव गरिएको हो । सातवटै प्रदेशमा स्वास्थ्य प्रवद्र्धन तथा तालीम केन्द्र, स्वास्थ्य सामग्री तथा औषधि व्यवस्थापन केन्द्र र जनस्वास्थ्य प्रयोगशाला रहने व्यवस्था गरिएको छ ।

१० राजदूत नियुक्ति छिट्टै

सरकारले १० कुटनीतिक नियोगमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ ।  लामो समयदेखि रिक्त ४ र अब खाली हुन लागेका ६ कुटनीतिक नियोगमा एकैसाथ नियुक्ति प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

‘नियुक्तिको लागि उपयुक्त उम्मेदवारको रोस्टर तयार गर्दै छौं, त्यो सकिनासाथ प्रधानमन्त्रीसँग छलफल गरेर क्याबिनेटमा प्रस्ताव लैजान्छौं’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।, कान्तिपुरमा खबर छ । 

कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यू  
दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ निषेधाज्ञा (कफ्र्यू) लगाएको छ । युवाबीच झडप भएपछि साँझ ५ बजेदेखि निषेधाज्ञा लागेको हो । 

प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले जिल्लाको शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन ऐन २०२८  दफा ६ (क) अनुसार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल–भारत दशगजा क्षेत्रमा निषेधाज्ञा लगाएको प्रजिअ अर्जुनप्रसाद पोखरेलले बताए । प्रजिअ पोखरेलका अनुसार सामान्य विषय भए पनि हिंसा भड्किने खतरा आएकाले ‘कफ्र्यु’ जारी गर्नुपरेको हो ।


नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ
नक्कली नेपाली नोट छाप्ने गिरोहका ५ जनालाई प्रहरीले नक्कली नोट छाप्ने मेसिन,  नक्कली नोट र सोको लागि प्रयोग हुने विभिन्न सामाग्री सहित कीर्तिपुर नगरपालिका ४ स्थित मच्छेगाउँबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौं कीर्तिपुर नगरपालिका ४ मच्छेगाउँ डेरा गरी बस्ने पर्सा पर्सागढी नगरपालिका ३ का २७ वर्षीय ईन्द्रवहादुर श्रेष्ठ, सोही ठाउँ डेरा गरी बस्ने गोरखा शहिद लखन गाउँपालिका ८ का २५ वर्षीय नारायण श्रेष्ठ, काठमाडौं मुलपानी बस्ने मकवानपुर हर्नामाडी ९ का २५ वर्षीय साहिल थापामगर, काठमाडौं वौद्ध जोरपाटी बस्ने पर्सा विरुवागुठी ३ का २८ वर्षीय राज श्रेष्ठ र काठमाडौं कुमारीगाल बस्ने कागेश्वरी मनहरा ११ का २९ वर्षीय विकास दोचे रहेका छन् । 
नेपाली नक्कली नोटहरु छापी बजारमा वितरण तथा प्रयोग भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट नक्कली नोट ३ लाख ७० हजार रुपैयाँ, पैसा छाप्ने मेसिन १ थान, सोको मसी २ वट्टा, पैसा छाप्न प्रयोग हुने पेपर २ वण्डल, मोबाइल ४ थान, लालिगुँरास अंकित रबर छाप, नक्कली पैसा बनाउने प्रयोग भएका सक्कली १ हजारका नोट ३ थान र १ सयका नोट ३ थान, पैसा वण्डल वनाउन प्रयोग गरिने गोर्खा फाईनान्सको ट्याग १२ थान र एनआईसी वैंकको नक्कली चेक समेत प्रहरीले बरामद गरेको छ । 


ब्लास्ट लिएर ५३ डब्बासहितको रेल जनकपुर आइपुग्यो
भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक जनकपुर आइपुगेको छ । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताए । 

प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको ¥याकमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका हुन् । भारत सरकारको सहयोगमा निर्माणाधीन अवस्थामा रहेको लिकबाट दोस्रो पटक ५३ र्याकमासहितको रेल्वे जनकपुर आइपुगेको हो । धनुषाको कुर्थासम्म रेल्वे सञ्चालनका लागि तीन हल्ट र पाँच स्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

स्टेशन भवन र आवास निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ । यात्रुवाहक रेल गुडाउन जयनगर (भारत) बर्दिवास ब्रोडगेज (६९ किलोमिटर) सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई आइतबार मालवाहक रेल गुडाएर ‘फाइनल टच’का लागि तयारी शुरु गरिएको प्राविधिक बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x