×

NMB BANK
NIC ASIA

गैंडा संरक्षणका लागि फुटबल

कात्तिक ५, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

नवलपरासी- एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । 

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, कोल्हुवामा हुने प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडाँै, पाल्पा, मकवानपुरसहित ए डिभिजनका र विभागीय टिमसहित १२ टिमको सहभागिता रहने छ । 
हरेक वर्ष एक सिङ्गे गैंडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज, नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिद्वारा आयोजनामा हुने सो प्रतियोगिता विगत १५ वर्षदेखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको आयोजक नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिनुभयो । 

प्रतियोगितामा प्रथम हुनेले रु चार लाख ९९ हजार ५५५ का साथ आन्तरिक पर्यटन विकास गर्न होमस्टे भ्रमणका लागि रु ५१ हजार र द्धितीय हुनेले रु दुई लाख ५० हजार ५५५ पुरस्कार राशि पाउने छन् । 

यसैगरी उत्कृष्ट खेलाडीलाई रु पाँच हजार, प्रतियोगिता भरको उत्कृष्ट खेलाडीलाई रु १० हजार, सर्वाधिक गोलकर्तालाई रु १० हजारसहित प्रमाणपत्र शिल्ड प्रदान गरिने छ भने टिम एलायन्सबापत प्रतिखेल रु तीन हजारका दरले उपलब्ध गराइने छ । 

गैँडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाको सहभागिता बढाउने, खेलकूद र पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्नेलगायतका उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिन लागिएको हो । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x