×

NMB BANK
NIC ASIA

दार्चुलाकाे बिजुली : उत्पादन नेपालमा, स्वीच भारतमा

कात्तिक ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दार्चुला-दार्चुलाबाटै झण्डै सयौँ मेगावाट पुग्ने गरी साना ठूला जलविद्युत् उत्पादन भए पनि जिल्ला अझै भारतीय विद्युत्को भरमा छ । सदरमुकाम खलङ्गा मात्र हैन ग्रामीण भेगमा पनि अहिले भारतबाट आयात गरिएको विद्युत्ले उज्यालो दिएको छ । भारतमा बत्ति जाने बित्तिकै जिल्लाको अधिकांश भूभागका नागरिकले अन्धकारमा बस्नु परेको छ । 

जिल्लाको चमेलिया नदीबाट ३० मेगावाट, अपर नौगाडबाट साढे आठ मेगावाट, २५० किलोवाट डुङुरीलगायत सयौँ किलोवाटका ग्रामीण लघुजल विद्युत् जिल्लामा उत्पादन भएका छन् तर अहिले पनि भारतको तीन ठाउँबाट ८०० किलोवाट विद्युत् दार्चुलाको लागि ल्याइएको छ । 

जिल्ला सदरमुकामसहित आसपासका क्षेत्रको लागि भन्दै लेकमको लालीबाट १०० किलोवाट, व्यासको हुतीबाट १०० किलोवाट र मालिकार्जुन गाउँपालिकाको सीमा क्षेत्र जौलजीवी भएर ६०० किलोवाट जलविद्युत् ल्याइएको छ । 

हाल नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले डुङुरीमा उत्पादित विद्युत् मात्रै सदरमुकाम खलङ्गा आसपासमा उपलब्ध गराएको छ । त्योबाहेक थप विद्युत् भारतबाटै आयात गरेर वितरण गर्नुपरेको वितरण केन्द्र दार्चुलाका प्रमुख दयाराम शाहले बताउनुभयो । 

जिल्लाबाट उत्पादित विद्युत्ले सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा विद्युत् भार कटौतीमुक्त गरिरहेको बेला जिल्लामा भने अझै भारतको विद्युत् भार कटौती व्यहोर्नुपरेको स्थानीय सिकेन्द्रसिह कुँवरले बताउनुभयो । 

शैल्यशिखर नगरपालिका र महाकाली नगरपालिका सीमा क्षेत्र बरमुडे क्षेत्रमा सामुदायिक वन क्षेत्रको कारण प्रसारण लाइन ल्याउने क्रममा अवरोध भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । झण्डै पौने एक किलोमिटर क्षेत्रमा सामुदायिक वन पर्छ । अन्य क्षेत्रमा विद्युत्को प्रसारण लाइन जोडिएको छ । यस्तै थालिगाडस्थित ३३ केभीको शव स्टेशन निर्माण अधुरै छ । 

बरमुडे क्षेत्रको सामुदायिक वनको विवाद सकिए तत्काललाई प्रसारण लाइनमार्फत ११ किलोवाट विद्युत् सदरमुकाम खलङ्गा ल्याउन सकिने शाहको भनाइ छ । सामुदायिक वनभित्र कति रुख क्षति हुने बारे यकिन विवरण आइनसकेको वन डिभिजन कार्यालयका निमित्त प्रमुख अमरसिंह धामीले बताउनुभयो । इलाका वनलाई निरीक्षण र रुख क्षतिबारे जानकारी माग गरिएको छ उहाँले भन्नुभयो ।

Muktinath Bank

जिल्लामा विद्युत् भारतीय क्षेत्रबाट ल्याउनुपर्दा महँगो पर्नुको साथै वार्षिक करोडौँ रुपैयाँ भारतमा जाने गरेको छ । सामुदायिक वनको समस्या स्थानीय तहमार्फत समाधान गर्नुपर्ने प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना बताउनुहुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x