×

NMB BANK
NIC ASIA

सामुदायिक वनको आम्दानी सामाजिक कार्यमा

कात्तिक ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ ।     सामुदायिक वनले काठ, दाउरा, ढुङ्गा, ग्राभेल, बाँस बिक्री गरेर आउने रकम खर्चेर सामाजिक क्षेत्रमा लगानी गर्न थालेको हो । 

Muktinath Bank

सामुदायिक वनले आम्दानीको रकम सडकमा ग्राभेल राख्न, मन्दिर निर्माण गर्न, विद्यालयको भौतिक पूर्वाधार विकास गर्न र विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि खर्च गरेको छ । सडकमा ग्राभेल राख्नका लागि रु दुई लाख ५० हजार, भल्का मन्दिरमा पक्की घर निर्माणका लागि रु एक लाख ५० हजार, अन्य मन्दिर मर्मत गर्न रु ४० हजार, धर्म जनता माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि रु दुई लाख ५० हजार रकम खर्चिएको सामुदायिक वनका अध्यक्ष पुष्करबहादुर सिंहले बताउनुभयो । “विद्यालयमा कम्प्युटर खरीद गर्न, विद्यार्थी पोशाक, झोला र फर्निचरका लागिसमेत आवश्यक रकम उपलब्ध गराएका छौँ” उहाँले भन्नुभयो ।
 
सामुदायिक वनको कमाइबाटै स्थानीय उपभोक्तालाई जङ्गली जनावरले बालीनालीमा गर्ने क्षति कम गर्नका लागि दुई दशमलव पाँच किलोमिटर क्षेत्रफलमा रु २४ लाख खर्च गरेर आधुनिक जालीयुक्त तारबार गरिएको उहाँले बताउनुभयो । जङ्गली जनावरबाट घरपालुवा जनावरमा रोग सर्ने र खेतबारीमा जङ्गली जनावर छिरेर व्यापक नोक्सानी गर्ने गरेका थिए सामुदायिक वनका कोषाध्यक्ष प्रेमबहादुर धानुकले भन्नुभयो, “तारबारपछि त्यो सबै रोकिएको छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामुदायिक वनले बास बिक्री गरेर रु चार लाख, सामुदायिक वनको बाँझो जग्गामा लगाइको फलफूल ठेक्कामा दिएर रु एक लाख ६५ हजार रकम आम्दानी गर्दै आएको छ । यसका अतिरिक्त वनले काठ, दाउरा, ढुङ्गालगायतबाट रु ४२ लाख बढी आम्दानी गर्दै आएको छ । आव ०७४÷७५ मा सामुदायिक वनले रु ४८ लाख आम्दानी गरेको थियो भने आव ०७३÷७४ मा सामुदायिक वनले रु ४५ लाख आम्दानी गरेको थियो । 


Advertisment
Nabil box
Kumari

सामुदायिक वनको आम्दानी बढाउनका लागि यस वर्षदेखि एक बिगाहा पाँच कट्टा जग्गामा अदुवा र बेसार खेती गरिएको छ । शौचालय जडित गोबर ग्यास प्लान्ट निर्माणका लागि सामुदायिक वनले उपभोक्तालाई रु आठ लाख ४२ हजार रकम अनुदानस्वरुप उपलब्ध गराएको छ । चार सय २१ जनालाई रु दुई हजारका दरले अनुदान रकम उपलब्ध गराएको छ । सामुदायिक वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि रु दुई लाखको लागतमा वनभोज स्थल निर्माण गर्ने योजना अघि सारिएको छ । 

Vianet communication
Laxmi Bank

सामुदायिक वनमा आबद्ध उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि आयआर्जनका कार्य गर्नका लागि अनुदान रकम दिने व्यवस्थासमेत गरिएको छ । जसबाट चार दर्जन बढी उपभोक्ता लाभान्वित भएका छन् । हाल सामुदायिक वनको कोषमा रु १४ लाख रकम बचत रहेको छ । तराईदेखि चुरेको फेदीसम्म ४१७ हेक्टरमा फैलिएको सामुदायिक वनमा विभिन्न प्रकारका जडीबुटी पाइनुका साथै जङ्गली जनावर र चराचुरुङ्गीका लागि प्रख्यात रहेको छ । चितल, बँदेल, निलगाई, पाटेबाघ, चितुवा, वन कुुखुरा, बाँदर, स्याल, गोही, सुन गोहरा, खरायो, धनेश, मजुरलगायत सामुदायिक वनमा सहजै देख्न सकिन्छ । विसं २०५४ मा स्थापना भएको सामुदायिक वनमा ९०० बढी उपभोक्ता आश्रित रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x