×

NMB BANK
NIC ASIA

साउदी युवराजका अंगरक्षकले जमाल खशोग्गीको शरीरको टुक्रा देश लगेको टर्कीको विश्वास

कात्तिक ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — टर्कीका अधिकारीहरूले जमाल खशोग्गीको शरीरको एक टुक्रा साउदी अरबका युवराज मोहम्मद बिन सलमानका एक अंगरक्षकले लगेको विश्वास गरेको सूत्रहरूले मिड ईस्ट आई समाचार वेबसाइटलाई बताएका छन् । 
माहेर अब्दुलअजिज मुतरिब नामक ती अंगरक्षक जासूसी अधिकारी पनि हुन् र उनले नै खशोग्गीको शरीरको एक टुक्रा ठूलो झोलामा हालेर लगेको सूत्रहरूको भनाइ छ । 

मुतरिब प्रायः साउदी राजकुमारका साथ देखिन्छन् । उनले खशोग्गीको हत्या भएको दिन अक्टोबर २ मा निजी विमान चढेर स्थानीय समयअनुसार बेलुका ६ः२० मा टर्की त्यागेका थिए । 

अतातुर्क विमानस्थलको विशिष्ट कक्षबाट गएकाले उनका झोलाहरूको जाँच गरिएन । अलार्म बज्नुअघि नै विमान उडिसकेको थियो । अर्को विमानमा तलदेखि माथिसम्म खोजिएको भएपनि केही फेला नपरेको अधिकारीहरू बताउँछन् ।

मुतरिबसँग कूटनीतिक राहदानी थियो र उनी हतारमा देखिन्थे, उनीहरू भन्छन् । 

टर्कीका राष्ट्रपति रेसेप तैयिप अर्दोआनले आइतवार खशोग्गीको हत्याका सम्बन्धमा नग्न सत्य उजागर गर्ने प्रतिज्ञा गरेका छन् । उनले यस विषयमा मंगलवार नयाँ बयान जारी गर्ने पनि बताए । 

अर्दोआनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई आइतवार फोनमा कुरा गरेर खशोग्गीको मुद्दाका सबै पक्षलाई प्रस्ट पार्नका लागि सहमति जनाएको टर्कीका राष्ट्रपतीय एक सूत्रले जनाएको छ । 

साउदी अरबले शुक्रवार बल्ल आएर आफ्ना अधिकारीहरूले खशोग्गीको हत्या गरेको कुरा स्वीकार गरेको छ तर उनको लाश कहाँ छ भनी बताएको छैन ।

Muktinath Bank


 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x