×

NMB BANK
NIC ASIA

रेल र पानीजहाजका कुरा सरकारको भुलभुलैया : कांग्रेस नेता पौडेल

कात्तिक ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जापान – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडलले विवेकशून्य वर्तमान सरकारमा जवाफदेहीताको चरम अभाव रहेको आरोप लगाएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

नेता पौडेलले सरकारका पछिल्ला काम कारवाहीका कारण आमजनतामा चरम निराशा छाएको समेत दाबी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जापानको राजधानी टोकियोमा जनसम्पर्क समिति जापानले गरेको अन्तक्र्रियामा पौडेलले वाइडबडी विमान खरिद प्रकरण तथा बुढीगण्डकी परियोजना बिना टेण्डर चीनको गेजुवा कम्पनीलाई दिने सरकारी निर्णयप्रति कडा आपत्ति जनाए । ‘यस्ता विवादास्पद विषयमा जनस्तरबाट पटक–पटक आइरहेका टिकाटिप्पणीलाई सही सम्बोधन नगरी सरकारले जवाफहीन संस्कृतिलाई प्रश्रय दिएको छ,’ पौडेलले भने ।


Advertisment
Nabil box
Kumari

बढ्दो भ्रष्टाचार, चरम महंगी, कमजोर सुरक्षा व्यवस्था, फितलो प्रशासनका कारण जनता वाक्क–दिक्क भइसक्दा समेत दुईतिहाई बहुमत रहेको वर्तमान सरकारले केही गर्न नसक्नु ठूलो लज्जाको विषय रहेको पौडेलले बताए ।

Vianet communication
Laxmi Bank

जनतालाई भुलभुलैयामा पार्न वर्तमान सरकारले चीनबाट रेल ल्याउने, पानीजहाज कुदाउने, हावाबाट बिजुली निकाल्नेजस्ता कोरा नाराहरू दिइहेपनि अहिलेसम्म ती विषयमा कुनै ठोस योजना ल्याउन नसकेको उनले बताए ।

बेग्लै प्रसङ्गमा पौडेलले नेपालको सन्दर्भमा लोकतन्त्र र नेपाली कांग्रेस एकअर्काका पर्याय रहेको भन्दै कांग्रेसले मात्र देशको विकास गर्न सक्ने दाबी गरे । व्यक्तिवादी प्रवृत्ति हावी हुँदा विगतमा कांग्रेसबाट पनि गल्ती भएको स्वीकार गर्दै उनले पार्टी शुद्धीकरणको विकल्प नहरेको तर्क गरे । नेपालको राजनीति सैद्धान्तिक पक्षबाट स्खलित भइरहनु ठूलो चिन्ताको विषय भएकाले योग्य मतदाताले योग्य नेतृत्व चुन्नुको विकल्प नभएको उनले बताए ।

राजनीतिलाई व्यवस्थासँग मात्र तुलना गर्ने सोच नै गलत रहेको भन्दै उनले राजनीतिलाई अब आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक लगायतका पक्षबाट समेत हेरिनुपर्ने धारणा राखे । उनले प्रवासमा रहेका नेपालीलाई घरजग्गा खरिदमा नभई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गरे । ‘विदेशमा बसेका नेपालीले पैसा मात्र कमाएका छैनन्, प्रविधि र सीप पनि सिकेका छन्, अब त्यस्तो प्रविधि र सीपको प्रयोग स्वदेशमै हुनुपर्छ र विदेशीका युवालाई स्वदेश फर्काउनुपर्छ,’ पौडेलले भने ।

४० वर्षमुनिका व्यक्तिको योगदानका कारण नै चीन र भारतले हरेक क्षेत्रमा अभूतपूर्व विकास गरेको दृष्टान्त दिँदै उनले नेपालका त्यस्ता बहुसंख्यक युवा भने विदेशी भूमिमै परिश्रम गर्न बाध्य भएपछि कसरी मुलुक समृद्ध हुन्छ भनी प्रश्न गरे ।

विद्यार्थी राजनीतिमार्फत् पहिचान बनाई राष्ट्रिय राजनीतिमा सक्रिय पौडेलको स्वागतका लागि गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष भवन भट्ट स्वयम् विमानस्थल पुगेका थिए । प्रवासी नेपालीमाझ लोकप्रिय पौडेल नेविसंघका पूर्वअध्यक्ष हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x