×

NMB BANK
NIC ASIA

नेकपाका नेताले आफूलाई मालिक र प्रदेश सरकारलाई दास ठानेका छन् – विमलेन्द्र निधि [अन्तर्वार्ता]

कात्तिक ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि मधेशबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिकामा रहेका नेता हुन् । नेपाली कांग्रेस सरकारमा रहँदा उनले गृह, भौतिक पूर्वाधार लगायतका मन्त्रालय सम्हालिसकेका नेता निधि पार्टी भित्र प्रभावशाली मानिन्छन् । सरकारले प्रभावकारी काम गर्न नसकिरहेको भन्दै आलोचना भइरहेको सन्दर्भमा नेता निधिसँग लोकान्तर प्रतिनिधिअजय अनुरागीले समसामयीक राजनीतिक विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादीत अंश

Muktinath Bank

देशको पछिल्लो राजनीतिक अवस्थालाई कसरी लिनु भएको छ ?
देशको राजनीतिक अवस्था अहिले धेरै खराब छ । संविधान त जारी भयो । धेरै अपेक्षाका साथ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लागू भयो । देशमा संघीय, प्रादेशिक र स्थानीय तह गरी तीनै तहको चुनाव भयो । तर त्यति मात्र काफी थिएन । सबैलाई थाहा छ देशमा अहिले सात वटा प्रदेश छ । तर, कुनै पनि प्रदेशमा प्रहरी संगठन, नीजामति प्रशासन, निजामति कर्मचारी छैन । सिडियो र प्रहरी मुख्यमन्त्रीको मातहतमा आउँन सकेको छैन । प्रदेश सरकारले सार्वजनिक विदा घोषणा गर्छ तर ती कार्यालयहरुमा लागू हुँदैन । शिक्षा कार्यालय, स्वास्थ्य कार्यालय, मालपोत कार्यालय, मजदुर किसान संग प्रत्यक्ष सम्पर्क राख्ने कार्यालयहरु प्रदेश मातहत अझै पनि आएको छैन । संघीय कानून बनेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले २ नम्बर प्रदेशकै कुरा गर्ने हो भने प्रदेश सरकारले प्रदेश प्रहरी ऐन पारित गर्यो । तर, केन्द्रिय सरकार र सत्ता पक्ष कम्युनिष्ट पार्टीका केन्द्रिय नेताले मुख्यमन्त्रीलाई उल्टै धम्की दिइरहेका छन् । खबरदार दुर्घटना हुन्छ भन्दै धम्की दिईरहेका छन् । यो त अत्यन्तै अनर्गल र आपत्तिजनक कुरा हो । संघीय प्रणालीमा प्रान्तीय सरकार, मुख्यमन्त्री संघीय सरकारको दास र नोकर हुँदैन भन्ने कुरा त बुझ्नु पर्यो । नेकपाका नेताले यसरी व्यवहार गरिरहेको छ कि ऊ मालिक हो र प्रदेश सरकार दास हो । यस्तो भयो भने संघीय प्रणालीको त कुनै अर्थ नै भएन ।


Advertisment
Nabil box
Kumari

जनताको मत कम्युनिष्ट पार्टीले प्राप्त गर्यो । देशमा संघीय शासनको ड्राईवर कम्युनिष्ट पार्टी बनेको छ जसले संघीयतालाई पत्याउँदैन । कम्युनिष्ट पार्टी संघीयता विरोधी पार्टी हो । त्यसैले अहिले संघीय शासन प्रणाली नै खतरामा परेको छ । आजको मितिमा देशको राजनीतिक शासन प्रणाली खतरामा छ । जनता गम्भीर र सचेत हुनुपर्छ ।

Vianet communication
Laxmi Bank
 हामी जनतालाई सचेत गराउँदै प्रमाणित गर्न चाहन्छौं कि आठ महिनामा सरकारले केही पनि गरेको छैन

तपार्इं पूर्व गृहमन्त्री पनि हो । निर्मला पन्तको बलात्कार गरेर हत्या गरिएको अपराधि समेत पक्राउ गर्न सकिएको छैन । गृहमन्त्री रामबहादुर थापा बादलको कार्यकाललाई कसरी हेर्नु भएको छ ?

गृहमन्त्री मात्रै होईन सम्पूर्ण सरकारकै कामकाज राम्रो हुन सकेको छैन । देशमा शान्ति व्यवस्थाको राम्रो अवस्था छैन । अपराध भइरहेको छ, अपराधीहरु पक्राउ पर्न सकिरहेको छैन ।  बलात्कार र हत्या यस्तो अपराध भयो जो कि हरेक दिन भइरहेको छ । खाली त्यसैको समाचार आइरहेको छ । अहिले जानकारीमा आएको छ कि पन्त घटनामा एसपीलाई बर्खास्त गरेको छ । त्यो पनि भविष्यमा अयोग्य नठहरिने गरी । बर्खास्त गर्नु एउटा कुरा तर अपराधी को हो, एसपी नै हो वा अरु कोही हो भन्ने कुराको स्पष्ट किटानी त अहिलेसम्म हुन सकेको छैन । त्यो सरकारकै कमी कमजोरी हो ।

नेपाली कांग्रेस अहिले संघीय संसदमा र देशैभरी प्रतिपक्षमा छ । तर, कांग्रेसले  सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसक्दा पनि यो अवस्था आईरहेको भनेर विश्लेषण भईरहेको छ नि ?

प्रतिपक्षले कुरा उठाउने नै हो ।  हामीले जनताका कुरा सधै उठाउँदै आइरहेका छौं । हामीले कुर्सी त तोड्ने होइन । विगतमा सदनमा कम्युनिस्ट पार्टी प्रतिपक्षमा भएको बेला कम्युनिष्ट पार्टीका सांसदले सदनमा कुर्सी तोड्थ्यो । कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु काठमाडौंका सडकहरुमा रहेका रेलिङ भत्काउँथे । हामी त्यस्तो गर्दैनौं । हामी लोकतान्त्रिक पार्टी हौं । हामी हिंसा, तोडफोड आदिको बाटो अपनाउँदैनौं । जनताले पाँच वर्षका लागि कम्युनिस्ट सरकारलाई जनादेश दियो । त्यसको हामी सम्मान गर्दछौं । यसको मतलव यो होइन कि हामी कमजोर छौं । अब हामी जनतालाई सचेत गराउँदै प्रमाणित गर्न चाहन्छौं कि आठ महिनामा सरकारले केही पनि गरेको छैन ।

संघीयताका लागि चाहिने कानून समेत बनाउन सकेको छैन । जनताको दैनिक जीवनसँग सम्बन्धित सामग्रीहरु सहज रुपले पुर्याउनुपर्ने दायित्व समेत पुरा गर्न सकेको छैन । महँगी बढेको छ । सरकारले खाली उखान टुक्का पढेर जनतालाई भ्रमित गर्ने काम गरेको छ । पहिले पाइप लाइनमा ग्यास घर घरमा पुर्याउने भनियो, तर अब भनिरहनु भएको छ कि जनताको भान्सामा विजुलीको लाइन पुर्याइदिन्छु । त्यसैले अहिले हामीले जनतालाई यी सबै कुराहरु भनिरहेका छौं । जनता जब तयार हुुन्छ त्यसपछि हामीले आन्दोलन पनि गर्न सक्छौं । 

सरकार विरुद्ध आन्दोलन गर्ने तयारी छ, भन्नु भएको हो ?

अहिले हामी सरकारको गलत क्रियाकलाप बारे जनतालाई बताइरहेका छौं । यस्तो कुनै दिन नै छैन कि कम से कम आज सरकारले राम्रो काम गर्यो । प्रत्येक दिन विहान जब एफएम, रेडियो, पत्रपत्रिका, टिभीबाट समाचार सुन्दा, पढ्दा सरकारले कुनै एउटा राम्रो काम गर्यो भनेर पढ्न पाएको छैन ।

वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा फड्को मारेको बताउँदै आएको छ नि ?

कुनै खास फड्को मारेको छैन । भारत र चीनसँग गरिएका विगतकै सम्झौताहरुको उचित कार्यान्वयनसम्म हुन सकेको छैन । र, गलत गलत विषयको चक्करमा फसेको छ ।

२ नम्बर प्रदेशमा प्रदेश सरकारको गतिविधिलाई कसरी हेर्नु भएको छ ?

प्रदेश सरकारले प्रहरी सम्बन्धि ऐन ल्याएको छ, विधेयक पारित गरेको छ त्यो हिम्मतको लागि त म प्रशंसा नै गर्छु । तर, प्रदेश सरकारमा रहेको मुख्य मन्त्रीको पार्टी फोरम र अर्को पार्टी राजपा ओली सरकारको समर्थनमा छ । अहिले ती पार्टीहरु पनि खास गरेर मधेसवादी पार्टीहरु विगतमा क्रान्तिकारी कुरा गर्ने तर अहिले कम्युनिस्ट पार्टीको पिछलग्गु भएको छ । त्यो कुरा प्रमाणित पनि भइसक्यो ।

प्रदेश सरकारले प्रदेशको नामाकरण, स्थायी राजधानी र कामकाजी भाषा सन्दर्भमा विधेयक प्रदेशसभामा नलगिरहेको अवस्थामा तपाई के भन्न चाहनुहुन्छ ?

प्रदेश सरकारले तत्कालै यो कुरा गर्नुपर्ने हो । हाम्रो पार्टी नेपाली कांग्रेसको प्रदेशको संसदीय दलका नेता रामसरोज यादवजीले पटक पटक सदनमा यो कुरा उठाइसक्नु भएको छ । हाम्रो पार्टीको लाईन प्रष्ट छ । प्रदेशको नाम मिथिला प्रदेश हुनुपर्छ । वा मिथिला भोजपुरा पनि राख्न सकिन्छ । दोस्रो कुरा अस्थायी राजधानी त मैले सरकारमा रहेको बेला जनकपुरलाई बनाइदिए । स्थायी राजधानीको रुपमा जनकपुरै हुनुपर्छ । जनकपुर चुरोट कारखानालाई कुनै व्यापारीको हातमा बेच्न प्रयास भएको थियो । तपाईलाई थाहा छ कि म गृहमन्त्री भएको बेला मैले चुरोट कारखानाको सम्पति राजधानीको लागि हस्तान्तरण गराएको थिएँ । त्यसैले प्रदेश सरकारले तत्काल यो कुरा टुङ्ग्याउनु पथर््यो । यो नगर्नु भनेको आलोचनाको विषय हो ।

साथसाथै म तपाईलाई यो पनि भन्न चाहन्छु कि कसैले यो प्रदेशको नाम मिथिला वा मिथिला भोजपुरा प्रदेश र राजधानी जनकपुर हुने कुरा कसैले पनि रोक्न सक्दैन । राजधानी जनकपुर बाहेक अन्यत्र लैजाने ताकत पनि कसैको छैन ।

आउँदो चुनावसम्म उहाँहरुले आफ्नो पार्टीको नाम कम्युनिस्ट नै राख्नु भयो भने पराजित हुन्छ ।

तर, प्रदेश सरकारमा रहेका सत्ता पक्ष यो प्रदेशको नामाकरण मधेस प्रदेश गर्न चाहन्छ । तपाई मिथिला वा मिथिला भोजपुरा प्रदेश भनिरहनु भएको छ । कसरी सम्भव हुन्छ ?

मधेस त भूगोल हो । झापा देखि कञ्चनपुरसम्म मधेसै मधेस हो । माथि कसैले भन्यो पहाडै राख्ने त्यो त हुँदैन । त्यो गलत कुरा हो । मधेस मात्र आठ वटा जिल्ला होइन । झापा पनि मधेसै हो । विराटनगर पनि मधेसै हो । नवलपरासी पनि मधेसै हो । कञ्चनपुर कैलाली पनि मधेसै हो । त्यसैले प्रदेश सरकारको भनाई गलत हो । अपरिपक्व हो ।


फरक प्रसंगमा कुरा गरौं, तपाई उपसभापति भएर पहिलो पटक गृहजिल्ला आउँदा आफ्नो पैतृक गाउँ हुँदै विपी कोइरालाको थातथलो दुम्जा पुग्नु भएको थियो । अब कांग्रेसमा गुट उपगुट नरहने सन्देश दिन खोज्नु भएको थियो । तर, कांग्रेस भित्र त अझै गुट उपगुट चलिरहेका छन् होइन ?

सैद्धान्तिक र बौद्धिक कुरा के हो भने गुट र उपगुट एकै पटक अन्त्य हुँदैन । मेरो भनाइ के हो भने गुट उपगुटको व्यवस्थापन हुनुपर्दछ । गुट छ भनेपनि एउटा मर्यादा र सीमामा रहनुपर्छ । जसले पार्टी, देश र जनताको फाइदा हुन सकोस् । गुटलाई रोक्न सकिन्न । तर, मेरो के धारणा छ भने नेपाली कांग्रेसको विधान संशोधनको गृहकार्य हामीले गरिरहेका छौं । विधान संशोधन गरेर महासमितिको बैठक गरेर गुटको व्यवस्थापन गर्न सकिन्छ ।

नेकपाको भविष्य कस्तो देख्नुहुन्छ, यो सरकारको आयु....

नेपालमा कम्युनिस्ट विचारधारा समाप्त भइसक्यो । कम्युनिस्ट नामको पार्टी छ । मेरो धारणा बुझ्नु हुन्छ भने कम्युनिस्ट नामको पार्टी अब यो देशमा लामो समयसम्म रहन सक्दैन । आउँदो चुनावसम्म उहाँहरुले आफ्नो पार्टीको नाम कम्युनिस्ट नै राख्नु भयो भने पराजित हुन्छ ।

कांग्रेले वर्तमान सरकारलाई घेराबन्दी गर्दै सरकारको नेतृत्व परिवर्तनको प्रयास गरेको आरोप लागेको छ नी ?

अहिले हामी त्यस्तो कुनै सोंच बनाएको छैनौं । मात्र जनताको जीवनसँग सम्बन्धित सवाल र सरोकार प्रति सक्रिय भइरहेका छौं । र, पार्टीको पुर्नसंरचना गर्नको लागि संघीयसंरचना अनुसार जानका लागि महासमितिको बैठक र महाधिवेशनको तयारीमा जुटेका छौं । यो काम आफैमा पनि देशको  राजनीतिक प्रणालीलाई ट्रयाकमा ल्याउनको लागि सहयोगी हुनेछ । अहिले हाम्रो प्राथमिकता त्यसैमा केन्द्रित भएको छ ।

संघीय सरकारमा धनुषा जिल्लाको दुई जना मन्त्री हुनुहुन्छ । राजेन्द्र महतो यस क्षेत्रबाट तपाईलाई पराजित गरेर निर्वाचित भए । विकास निर्माणको काम यस जिल्लामा यो सरकारले कति गर्न सफल भएको छ ?

विकास निर्माणको सवालमा मैले जेजति काम गरें, त्यस भन्दा एक सिन्का पनि काम अगाडी वढेको छैन । राजधानी जनकपुरमै हुनुपर्छ भन्ने कुरा मैले नै गरें । जनकपुरमा, धनुषामा, महोत्तरीमा, प्रदेश नं.२ मा जति पनि सडकहरु बनिरहेका छन् त्यो सबै म मन्त्री भएकै कार्यकालको देन हो । अहिले जनकपुर जयनगर रेल्वेको कुरा चलिरहेको छ, त्यो पनि नेपाली कांग्रेसकै देन हो । नेपाली कांग्रेसको समयमा भारतीय प्रधानमन्त्री चन्द्रशेखरजी नेपाल आउँदाकै राजनीतिक निर्णय हो । माओवादी आन्दोलन र मधेस आन्दोलनका कारण रेलको विकास निर्माणको काम ढिलो भएको थियो । राजर्षी जनक विश्वविद्यालय मैले नै ल्याएँ ।

तपाईंले आफ्नो क्षेत्रका जनतालाई के भन्न चाहनु हुन्छ ?

म आफ्नो क्षेत्रका जनतालाई भन्न चाहन्छु कि तपाई निराश नहुनुस् । म तपाईको साथमा छु । राजनीतिक अधिकार र विकास दुवैका लागि म तपाईहरुको साथमै छु । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x