×

NMB BANK
NIC ASIA

होन्डुरस, ग्वाटेमालाबाट आप्रवासीको लश्कर : हुलका हुल मानिस किन पस्न खोज्दैछन् अमेरिका ?

कात्तिक १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

हजारौं आप्रवासीहरू सेन्ट्रल अमेरिकाबाट अमेरिका–मेक्सिको सीमातर्फ बढिरहेका छन् ।

उनीहरू आआफ्ना देश होन्डुरस, ग्वाटेमाला र एल साल्भाडोरमा दमन, गरीबी र हिंसाबाट बच्नका लागि भागिरहेको बताउँछन् । 

आप्रवासीहरूको यात्रामा पानीको अभाव र आपराधिक समूहको आक्रमण लगायत अनेकौं खतराहरू छन् तर धेरै आप्रवासीहरूले हुल बाँधेर हिँड्दा सुरक्षित अनुभव गरेको बताएका छन् । 

अक्टोबर १२ मा होन्डुरसको अपराधका लागि कुख्यात शहर सान पेद्रो सुलामा १६० जनाको एक समूह एउटा बस स्टेसनमा भेला भयो अनि खतरनाक यात्रामा निस्कियो । 

उनीहरूले एक महिनादेखि यात्राको योजना बनाइरहेका थिए । देशमा व्याप्त बेरोजगारी र हिंसाको जोखिमबाट उनीहरू भाग्न खोजिरहेका थिए । 

पहिलेपहिलेका आप्रवासी हुलहरूमा केही सय मानिस हुने गर्थे तर एक पूर्वराजनीतिकर्मीले यो योजनाका बारेमा फेसबूकमा पोस्ट गरेपछि यसको समाचार तीव्र गतिमा फैलियो र मानिसको संख्या बढ्न थाल्यो । 

अक्टोबर १३ मा यो समूह एकाबिहानै हिँड्दा एक हजारभन्दा बढी होन्डुरसवासीहरू भीडमा मिसिइसकेका थिए । 

त्यसपछि उनीहरू छिमेकको मुलुक ग्वाटेमाला अनि त्यहाँ हुँदै मेक्सिको आइसकेका छन् । उनीहरूलाई बाटैमा हजारौं अन्यले साथ दिइरहेका छन् । 

अधिकांश आप्रवासीहरू अमेरिका वा मेक्सिकोमा नयाँ जीवन र थप राम्रा अवसरको खोजीमा हिँडेको बताउँछन् । 

अन्य चाहिँ आफ्नो मुलुकमा भइरहेको हिंसाबाट बच्न भागेको भन्छन् र शरणार्थी बन्नका लागि निवेदन दिने सोचमा छन् । 

होन्डुरसको जनसंख्या लगभग ९० लाख छ । त्यहाँ पहिलेदेखि नै आपराधिक समूहको हिंसा, लागूऔषधका कारण हुने झैझगडा र भ्रष्टाचार जस्ता समस्या छन् । त्यस क्षेत्रमै संसारको सबभन्दा बढी हत्या दर रहेको छ । 

‘अमेरिका पुग्ने हाम्रो सपना छ । हामीहरू आफ्ना सन्तानलाई थप राम्रो भविष्य दिन चाहन्छौं र यहाँ होन्डुरसमा हामीले कामै पाउन सकेनौं,’ दुई सन्तानकी आमाले स्थानीय पत्रिका एल हेराल्डोलाई बताइन् । 

सेन्ट्रल अमेरिकावासीहरूले आआफ्नो देश छोडेर अमेरिका आउने गरेको भएपनि यो लर्कोको व्यवस्थित रूप चाहिँ तुलनात्मक रूपमा नयाँ नै हो । 

आप्रवासीहरूलाई प्रायः मानवतस्कर तथा लागूऔषध कारोबार गर्ने आपराधिक समूहहरूले अपहरण गर्ने गरेका छन् र आफ्ना लागि काम गर्न बाध्य पार्ने गरेका छन् । यति ठूलो समूहलाई चाहिँ तारो बनाउन अलि गाह्रो हुनाले
आप्रवासीहरू भीडमा सुरक्षा खोजिरहेका छन् ।  

भीडमा कति मानिस छन् भनी प्रस्ट भन्न त सकिँदैन तर लर्कोको संख्या उत्तरतर्फ बढ्दै गर्दा तीव्र गतिमा बढिरहेको छ ।

संयुक्त राष्ट्रसंघका एक प्रवक्ताले सात हजारभन्दा बढी मानिस अक्टोबर २२ सम्ममा यो समूहमा जोडिएको अनुमान आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (आईओएम) ले गरेको बताए । 

तर केही आप्रवासीलाई देशतिरै फर्काइएको वा मेक्सिकोमा शरण दिइएकोले त्यो संख्या घटेको छ । 

अक्टोबर ३० मा अमेरिकाका एक सीमा अधिकारीले लश्कर दक्षिणी मेक्सिकोतर्फ बढिरहेको र त्यसमा लगभग ३५ सय मानिस भएको बताउँछन् । 

अर्का अधिकारीले तीन हजारजनाको अर्को समूहमा प्रमुख रूपमा होन्डुरसका आप्रवासीहरू ग्वाटेमाला–मेक्सिको सीमामा रहेको बताए । 

Muktinath Bank

उनीहरूको यात्रा कष्टकर छ र लर्कोमा जोडिन चाहने व्यक्तिहरूका लागि अनेकौं चुनौती रहेका छन् । 

त्यहाँ गर्मी मौसम भएकाले घामले डढ्ने र शरीरमा पानीको अभाव हुने जोखिम छ र केही आप्रवासीहरूले आफूलाई छाता र कार्डबोर्डका टुक्राले जोगाउन खोजेका छन् । 

लगातार ६ दिन हिँड्दा यात्राकै क्रममा धेरै मानिस बेहोश भएका छन् । 

आप्रवासीहरू सडकमा वा अस्थायी शिविरमा सुतिरहेका छन् र स्वच्छ पानी तथा सरसफाइको अभाव झेलिरहेका छन् । 

खानेकुराको पनि अभाव छ र स्थानीयहरूले आप्रवासीका भीडलाई आफूले सकेजति खानेकुरा दिएका छन् । 

ग्वाटेमाला र मेक्सिकोको सीमामा आप्रवासीहरूले लामो प्रतीक्षा गर्नुपरेको छ किनकि अधिकारीहरूले उनीहरूको कागजात जाँचबुझ गरिरहेका छन् । यसक्रममा भनाभन हुँदा प्रहरीसँग संघर्ष पनि भएका छन् । 

केही आप्रवासीहरूले ढुंगा हानेपछि प्रहरीले अश्रूग्यास प्रहार गरेको थियो जसले गर्दा अनेकौं मानिस घाइते भए ।

ती आप्रवासीहरू अमेरिका आइपुगेपछि उनीहरूले आफ्नो देशमा हिंसाको शिकार हुनुपरेको भनी शरणार्थी निवेदन दिएमा त्यसमाथि विचार गर्नैपर्ने कानूनी बाध्यता हुन्छ । 

शरण खोज्नेहरू दमनको गम्भीर डरबाट भागेको हुनैपर्छ । अन्तर्राष्ट्रिय कानूनअनुसार, त्यस्ता व्यक्तिलाई शरणार्थी भनिन्छ । 

शरण माग्ने व्यक्ति अमेरिकामा अवैध रूपमा पसेमा समेत उसको निवेदनमा सुनुवाइ गर्नैपर्ने हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर थप राम्रो जीवनस्तर खोजिरहेका व्यक्ति चरम गरीबीबाट भागिरहेका भएपनि शरणार्थी मानिँदैनन् र शरणार्थीले पाउने जस्तो सुरक्षा पाउँदैनन् । 

अमेरिकाका महान्यायाधिवक्ता जेफ सेसन्सले ‘विश्वसनीय डर’ सम्बन्धी शरणार्थी नियमलाई विगतमा दुरुपयोग गरिएको बताए र घरेलु हिंसा तथा आपराधिक समूहको हिंसाका पीडितलाई यसका लागि योग्य नठह¥याइने भनी जुन
महिनामा घोषणा गरेका थिए । 

यो ‘फर्काउने नीति’ विरुद्ध सदर्न पुभर्टी ल सेन्टर नामक संस्थाले मुद्दा हालेको छ र उसले शरण प्रक्रियामा पहुँचमाथि आप्रवासी अधिकारीहरूले अवैध रूपमा ढिलाइ गरेको आरोप लगाएको छ । 

आप्रवासीहरूको पहिलेको सानो लर्कोविपरीत यो लश्करले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको ध्यान आकर्षित गरेको छ । 

उनले सेन्ट्रल अमेरिकाका अनेकौं देशको आलोचना गर्दै आफ्ना जनतालाई उक्त क्षेत्र छोड्न अनुमति दिएर अमेरिकामा ‘अवैध’ रूपमा आउन दिएको बताए । 

ट्रम्पले ती देशलाई दिइने वैदेशिक सहायता पनि कटाउने धम्की दिएका छन् तर कुन रकम कटाउने हो भनी उनले तोकेनन् र कसरी कटाउँछन् भन्ने पनि प्रस्ट छैन । 


Advertisment
Nabil box
Kumari

ट्रम्प राष्ट्रपतिको उम्मेदवार हुँदा चुनावी अभियानका क्रममा अवैध आप्रवासलाई नियन्त्रण गर्ने प्रतिज्ञा गरेका थिए । 

उनको रिपब्लिकन पार्टीले नोभेम्बर ६ मा मध्यावधि चुनावको सामना गरिरहेको छ र प्रतिनिधिसभामा डेमोक्रेटहरूले रिपब्लिकनलाई हटाउन सक्छन् । 

ट्रम्पले आप्रवासीहरूको ‘आक्रमण’को सामना गर्नका लागि अमेरिकी सेना तयार रहेको बताए अनि सोमवार अमेरिकाले मेक्सिको सीमामा ५२ सय सैनिकहरू पठाइने घोषणा पनि ग¥यो । 

त्यसो त राष्ट्रपतिले अमेरिकामा शरण खोज्ने आप्रवासीहरूलाई राख्नका लागि ‘शिविर शहरहरू’बनाइने फक्स न्युजलाई बताए । 

बीबीसीमा प्रकाशित रिपोर्टको भावानुवाद

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x