पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सोमवारदेखि लागू हुने गरी अमेरिकाले इरानविरुद्ध कठोर र दयारहित आर्थिक युद्धका रूपमा प्रतिबन्धलाई झनै कसेको छ । ट्रम्प प्रशासनले इरानको तेल निर्यातमा शून्यमा झार्नु आफ्नो लक्ष्य रहेको बताएको छ तर केही देशहरूका लागि छुटको व्यवस्था पनि गरेको छ ।
यो कदमले इरानलाई टाट पल्टाउन सक्छ र सरकारले दिने सार्वजनिक सेवालाई ध्वस्त पार्न सक्छ जसले गर्दा जनताले विद्रोह गर्ने सम्भावना रहन्छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन यो तर्कका बारेमा स्पष्ट छन् ः उनी अमेरिकासँग मैत्री सम्बन्ध राख्ने नयाँ सरकार इरानमा चाहन्छन् । अघिल्लो वर्ष इरानमा भएको एक सम्मेलनमा विपक्षी समूह
मुजाहेदिन–ए–खल्कसमक्ष उनले यो योजना सुनाएका हुन् तर उनले यसबाट पछि हट्दै सत्ता परिवर्तन अमेरिकी नीति नभएको बताए ।
अमेरिकाले इरानविरुद्ध आर्थिक युद्ध शुरू गर्न खोजेको मात्र नभई उक्त मुलुकविरुद्ध सैन्य र रणनीतिक गठबन्धन बनाउन खोजेको हो । गत साता बहराइनमा भएको मनामा संवादको सबभन्दा महत्त्वपूर्ण एजेन्डा यही नै थियो ।
त्यहाँ अमेरिकाका रक्षासचिव जेम्स म्याट्टिसले इरानमाथि आक्रमण गरे ।
म्याट्टिस सुन्नी अरब मुलुकहरूको एक क्षेत्रीय सञ्जाल बनाउन इच्छुक छन् र त्यो मध्यपूर्व रणनीतिक साझेदारीका रूपमा विकसित हुने सम्भावना छ । त्यसमा बेन्जामिन नेतान्याहुको इजरायल पनि पर्नेछ । अनि त्यसको प्राथमिक समर्थकहरू अमेरिका, फ्रान्स र बेलायत हुनेछन् ।
तर यो दुई धारको सैन्य–आर्थिक रणनीति असफल हुनेछ र अमेरिकाले लज्जास्पद स्थितिको सामना गर्नुपर्नेछ । मध्यम अवधिमा यो प्रत्युत्पादक हुनेछ र अमेरिका तथा उसका साझेदारहरूले आफ्नो प्रभाव गुमाउनेछन् भने इरानको आत्मविश्वास र शक्ति बढ्नेछ । अत्यन्तै खराब परिस्थिति बनेमा यसले गर्दा युद्ध हुनेछ र त्यसको परिणामको अनुमानै गर्न सकिनेछैन ।
ट्रम्पको प्रतिबन्ध नीतिमा अनेकौं विरोधाभास छन् । यसले कामै गर्न सक्नेछैन किनकि अमेरिकाले इरानलाई चाहेजस्तो गरी एक्ल्याउन सक्नेछैन ।
द न्युयोर्क टाइम्समा गार्डिनर ह्यारिसले उत्कृष्ट लेख लेख्दै यो समस्यालाई प्रस्ट रूपमा व्याख्या गरेका छन् । लेखअनुसार, इरानी तेलका सबभन्दा ठूला खरिददार चीन र भारतले उससँग ठूलै मात्रामा तेल किनिरहनेछन् । टर्की ररुसले पनि त्यही गर्ने सम्भावना छ र यो कुनै आश्चर्यको कुरा हैन ।
अझ उल्लेख्य त फ्रान्स र जर्मनी अनि बेलायतले अमेरिकी इच्छालाई चुनौती दिँदै इरानसँग व्यापार गर्ने सोच प्रकट गरिसकेका छन् । उनीहरू ‘विशेष उद्देश्यसहितको साधन’ सिर्जना गर्न खोजिरहेका छन् जसले उनीहरूलाई
इरानसँग अमेरिकी डलरभन्दा स्वतन्त्र रहेर व्यापार गरिराख्न सजिलो पार्छ ।
इरानी तेलको सबभन्दा ठूलो क्रेता चीनको मुद्दा झनै महत्त्वपूर्ण छ । दुई ठूला चिनियाँ तेल कम्पनीहरूले इरानबाट खरिद बन्द गरेको भएपनि चीनले ठूलो मात्रामा तेल किनिरहने निश्चित छ ।
ट्रम्पले अघि बढेर चीनलाई प्रतिबन्धमार्फत वा अन्य माध्यमले दण्डित गर्ने विकल्प पनि छान्न सक्छन् तर उनी पनि फेरि अर्को देशसँग आर्थिक युद्ध शुरू गर्ने मन बनाउँदैनन् ।
यही कुरा नरेन्द्र मोदीको भारतका हकमा पनि लागू हुन्छ । इरानसँग तेल किनिरहेर भारतले अमेरिकालाई चिढ्याएको छ । ट्रम्प भारतलाई साँच्चिकै शत्रु बनाउन चाहलान् त ?
यो सबैको अर्थ के लाग्छ भने ट्रम्प प्रशासनले निकै ठूलो भूल गरेको छ । ट्रम्पले इरानविरुद्ध आर्थिक युद्ध शुरू गर्दा अन्तर्राष्ट्रिय समुदायलाई पनि आफ्नो एजेन्डामा ल्याउन सकिन्छ भनी ठानेका छन् । तर उनले यसो गर्न सक्दैनन् र यसले अमेरिकाका लागि खतरा उत्पन्न गर्छ । ट्रम्पले निकै ठूलो दाउ खेलिरहेका छन् र उनी हारेमा अमेरिकाको ठूलो मात्राको विश्वव्यापी शक्ति पतन हुनेछ ।
यो किन भनेको भने विगत केही दशकयता अमेरिकी राष्ट्रपतिहरूले अमेरिकी डलरको रिजर्भ मुद्राको हैसियतलाई हतियार बनाएर देशका शत्रुहरूलाई एक्ल्याएका छन् र अमेरिकाको इच्छा थोपर्न सफल भएका छन् । यही
माध्यमले अमेरिका आफ्ना शत्रुमा आतंक फैलाउन र साझेदारहरूलाई पुरस्कृत गर्न सफल भएको छ ।
सैन्य शक्ति भन्दा पनि यो आर्थिक बल अमेरिकाका लागि बढी प्रभावकारी माध्यम बनेको छ । ट्रम्प इरानविरुद्धको आर्थिक युद्धमा पराजित भएमा, अनि उनी पराजित हुने सम्भावना नै बढी छ, त्यसले डलर अब परराष्ट्रनीतिको हतियारका रूपमा प्रयोग नहुने संकेत संसारलाई दिनेछ ।
साठी वर्षअघि बेलायतले सुएजमा भोगेको लज्जाले ऊ मध्यपूर्वमा शक्ति प्रदर्शन गर्न असमर्थ रहेको भनी देखाएको थियो । ट्रम्प इरान मामिलामा असफल भएमा उक्त क्षेत्रका चान्सरीहरूमाझ अमेरिका त कागजी बाघ मात्र रहेछ भन्ने सन्देश जानेछ ।
त्यसैले हामीहरू अमेरिकाको विश्वव्यापी हेजेमोनीको अन्त्य भएको र प्रतिस्पर्धी आर्थिक क्षेत्रहरूको उदय भएको देख्नेछौं । अमेरिकी आर्थिक दबाबबाट स्वतन्त्र रहेर काम गर्न उनीहरूको शक्ति र पहुँच रहेको त्यसबाट देखिनेछ ।
एउटा त्यस्तो शक्तिकेन्द्र शांघाई हुनेछ । यसको गठन प्रक्रिया शुरू भइसकेको छ । पाकिस्तानमा गत साता मैले भ्रमण गर्दा अग्रणी विद्वानहरू प्रमुख आर्थिक राष्ट्रको समूह जी७ अब दुई टुक्रामा विभाजित हुने कुरा गरिरहेका थिए ।
अहिलेसम्म अमेरिकाको कब्जा रहेको यो समूहको पहिलो केन्द्र युरोजोनवरिपरि बनाइनेछ र दोस्रो चाहिँ अमेरिका, दक्षिण अमेरिका अनि अमेरिकाको अधीनमा रहेका केही क्षेत्र र शायद बेलायतमा केन्द्रित रहनेछ ।
यो नयाँ विश्वमा अमेरिका वैश्विक स्थिरताको एक शक्तिका रूपमा हेरिनेछैन । मध्यपूर्वमा यो कुरा अहिले नै स्पष्ट भइसकेको छ । त्यहाँ अमेरिकाले इरानमाथि अतिक्रमण गरेर अनि इरानसँगको आणविक सम्झौता भंग गरेर
अव्यवस्था ल्याइसकेको छ ।
अमेरिकाको साझेदार साउदी अरबमाथि वर्षौंदेखि जिहादी गतिविधिहरूको स्रोत बनेको आरोप लाग्ने गरेको छ । ती जिहादी आन्दोलनले संसारभरि उत्पात मच्चाएका छन् । साउदी अरब र उसका खाडी साझेदारहरूले अमेरिका
तथा बेलायतको समर्थन पाएर यमनमा मानवीय संकट निम्त्याएका हुन् । अनि जमाल खशोग्गीको भयानक हत्याभन्दा अगाडिको घटना हो यो ।
इरान आफैंसँग पनि विभिन्न समस्या छ । उसले पनि विदेशमा आफ्ना आलोचकको हत्या गराएको अनि देशभित्र दमन गरेको पाइन्छ । तर हालैका वर्षमा अव्यवस्थाको शिकार भएको मध्यपूर्व क्षेत्रमा तीन हजार वर्ष पुरानो इरानस्थिरताको स्रोत जस्तो देखिन्छ । अनि ट्रम्पको अमेरिका चाहिँ अविश्वसनीय र क्रमशः एक्लिने स्थितिमा पुगेको अव्यवस्थाको स्रोत जस्तो देखिन्छ ।
हामीहरूले गहन परिणामसहितको शक्ति परिवर्तन देख्ने सम्भावना छ । यो मध्यपूर्वमा शुरू भएपनि तीव्र गतिमा संसारभरि फैलिनेछ ।
मिडलईस्टआईमा प्रकाशित पिटर ओबोर्नको विश्लेषणको भावानुवाद
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...