असोज ३, २०८०
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
बुटवल- बुटवलमा सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटीनको उज्यालो’ को परिचर्चा तथा समालोचना गरिएको छ । बुटवल साहित्यकला तथा संस्कृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरूले लालटीनको उज्यालोले नेताकी श्रीमती हुँदैमा महिलाहरू सुखी र खुशी हुन्छन् भन्ने भ्रम पाल्न नहुने पुष्टि गरेको बताए । एउटा नेताकी आदर्श श्रीमतीले भोगेको जीवनकहानी लेखिएको यो आत्मकथाले नयाँ पुस्तालाई नेपाली समाजको संस्कार र सभ्यताको विकासक्रम सिकाएको बताए ।
कार्यक्रममा साहित्यकार तथा समालोचक ऋषिराम भुसालले समाज परिवर्तनका लागि पार्टीको झण्डा बोकेर हिँडेकी एउटी नेतृले छोरी जन्मेपछि आफ्ना सबै चाहना र लक्ष्यहरू त्यागेर पारिवारिक जिम्मेवारी सम्हाल्दै गर्दा आएका विचार र भावनाहरू यस आत्मकथामा उल्लेख भएको बताउनुभयो । उहाँले निकै शिष्ट र मर्यादित भाषामा लेखिएको आत्मकथा पुराना पुस्तामा रहेको संस्कार, सभ्यता र कुरीतिहरू अध्ययन गर्न चाहने नयाँ पुस्ताका लागि रुचिकर हुने बताउनुभयो ।
कार्यक्रममा लेखक सरस्वती ज्ञवालीले पारिवारिक जिम्मेवारी पूरा गर्न आफ्ना लक्ष्य र उद्देश्यहरू त्यागेर गुमनाम जिन्दगी बिताएको तथा त्यही गुमनाम र अन्धकार जिन्दगीबाट बाहिर निस्किन ‘लालटीनको उज्यालो’ ल्याएको बताउनुभयो । लेखक ज्ञवाली नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकी श्रीमतीसमेत हुनुहुन्छ ।
सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लालटीनको उज्यालोले महिलालाई अँध्यारो जिन्दगीबाट बाहिर निस्कन प्रेरणा दिने बताउनुभयो ।
कार्यक्रममा साहित्यकारहरू गिरी श्रीस, दीपक ज्ञवाली, दलबहादुर गुरुङ, मिनाक्षी न्यौपानेलगायतले लालटीनको उज्यालोले नेपाली समाजमा महिलाले भोगिरहेका अन्धकार जीवनका भोगाइहरू बाहिर ल्याएको चर्चा गर्नुभयो ।
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...