×

NMB BANK
NIC ASIA

मोनोटोनस् दैनिकी !

कात्तिक २४, २०७५

NTC
Sarbottam
कथाकार- मधुवन पौडेल
Premier Steels
Marvel

मधुवन पौडेल

Muktinath Bank

गाडीबाट ढोकासम्म छिर्दा पनि गर्मीले जिउधपक्कै बलेको अनुभव भइरहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोठा पस्नु अघि बाहिर वेटिङ् लाउन्ज मादुइतिर फर्केर बसेका एउटी बच्ची सहितको जोडी मलाई कुरिरहेको देख्छु । 


Advertisment
Nabil box
Kumari

“के काम छ भाइ ?पासपोर्ट र केहीकागजपत्र प्रमाणीकरण गर्ने हो ? कृपया रिसेप्सनतिर जानुस्”।

Vianet communication
Laxmi Bank

हरेक दिन २÷४ जना जानेर नजानेर वा चीसो ठाउँमा पल्टने नियतले मेरो कोठा बाहिर राखेको सोफामा आएर बसेका हुन्छन् । मेरो सेक्रेटरी निकै लापरवाह छ, मैले न भनुञ्जेल ऊ त्यहाँबाट कसैलाई “रिसेप्सनको काउन्टरमा जाउ”पनि भन्ने गर्दैन । वास्तवमा अफिस डिजाइन गर्दा मैले त्यो लाउन्ज भीसा लिन आउने विदेशी र मैलाई भेट्ने गरी आउने आगन्तुकको निमित्त मात्र भनेर नै बनाएको थिएँ । तर २।३ महिनामा नै त्यो ठाउँमा जोसुकै आएर बस्ने गरेकाले मैले आफ्नो प्राइभेसी खलबलिएको अनुभव गरिरहेको छु । 

“सर् ! हामी सर्लाई नै भेट्न कुरेको ?”
मैले पुलुक्क हेरेँ, त्यहाँ कुरिरहेकी महिला मेरो प्रश्नको जवाफदिँदै थिइन् । 
“किन?मलाई भेट्नुपर्ने के काम पर्यो ?”

मलाई आजै सरकारी कार्यालयमा एक उच्च अधिकारीलाई भेट्न जानु पर्ने थियो । त्यहाँ छलफल गर्नुपर्ने कुराको टिपोट अनि चिठी तयार गर्ने र त्यसलाई अनुवाद गराउनुपर्ने हुँदा म नियमित समयभन्दा केही चाँडो अफिस पुगेको थिएँ । मलाई दिक्कपनि लाग्छ– “धेरै जसो यस्ता मानिस मलाई हतार परेको दिनमा नै किन टप्किन्छन् ?” तर एक छिनपछि फेरि सोच्न थाल्छु– “विचरा विचरी कहाँ जाउन् त ?”
“लौ, भित्र आउनुस् त ।”

उनीहरु भित्र पसेर बसुञ्जेल मैले कोट फुकालेर झुण्ड्याउँछु र कम्प्यूटर खोलिसकेको छु । 
“भन्नुस्, के भो ?”

“सर् हामी सम्बन्ध विच्छेद गर्न भनेर आ को ? के गर्नुपर्ने हो थाहा छैन, बाहिर काउण्टरमा बस्ने दाइले यता पठाएकोले आको ।” यसपल्ट लोग्ने मानिस बोल्दै थियो । म झसङ्ग भएर उनीहरु दुवैलाई हेर्छु । अनि अन्दाजी २ वर्षकी काखकी बच्चीलाई नियाल्छु । दुवै जना मलाई क्वार्क्वारती हेरिरहेका थिए ।

“पहिले भन्नुस् ल ! के के भो त्यसै हुन्छ सम्बन्ध विच्छेद ? केटाकेटी खेलेको हो र ?” मलाई रिसले पैताला तातेको जस्तो अनुभव भइरहेको थियो । 
लोग्ने मानिस भन्दै गयो । 

“सर्, मेरो नाम दीपक हो । यहाँ आएको पाँच वर्ष भयो । एउटा ठूलो तारे होटलमा कूकको काम गर्छु । आएको दुइवर्ष पछि दुई महिनाको छुट्टीमा जाँदा उसलाई विहे गरेर यतै काम खोजी ल्याएको थिएँ । आएको एक वर्ष पछि जन्मेकी छोरी त्यही हो– २ वर्ष पुग्न लागी । तर काखकी छोरी भएर पनि ऊ म सँग बस्दिन भन्छे । सबै साथीभाई भन्छन्– ऊ अर्कै एउटा अरवीसँग सल्केकी छे रे । ऊ आफैँ पनि मसँग बस्न चाहन्न । त्यसैले हामी सल्लाह गरेरै आएका !”

म लोग्नेमानिस अर्थात् दीपकको कुरा सुनिसकेपछि महिलातिर हेर्छु । केही भड्किलो पहिरन, गहुंगोरी, अरवी अत्तरको सुवास निकै कडा भएको त मैले पहिले नै अनुभव गरिसकेको थिएँ । लुगा वाहिर स्थानीय स्वास्नी मानिसले झैँ कालो पहिरनले सर्वाङ्ग ढाकेर हिँड्ने भएकाले मैले उसको वास्तविक पहिरनलाई त्यत्ति भड्किलो ठान्नुपर्ने त थिएन, तै पनि स्थानीय परिवेश सम्झँदा एक छोरीको आमा र त्यो पनि काखमै राखेर वस्दा पनि निकै छोटो लाग्ने स्कर्ट लगाएकीले मेरो मनमा कताकता झगडाको विउ ऊ नै हो भन्ने लाग्यो । 

“सर् ! मेरो कुरा पनि सुन्नोस् ! नेपालमा म दिदीको घरमा बसेर पढ्दै थिएँ । मलाई विहे गर्ने विचार पनि थिएन, तै पनि दीपकका तडक्भडक्, मीठा कुरा र अरव जाने लालसाले विहे गर्न राजी भएकी थिएँ । गाउँमा लामो समय बस्न सक्ने स्थिति पनि थिएन, धेरै साथीहरु राजनीति गर्ने सुरले जंगल पसिसकेकाले म सदरमुकाम आएकी थिएँ । तर अहिले पछुताउँदै छु– यहाँ आएदेखि नै यो मान्छेले मसँग झगडा बाहेक केही गरेको छैन । सुत्ने बेलामा लोलो पोतो र ऊ निदाएपछिको सूनसान रातबाहेक जुन बेलापनि यत्तिकै छ । मेरो रिसले कहिले बालख छोरी पिट्छ कहिले दुवै जनालाई मार्छु र आफुपनि मर्छु भन्छ । यस्तो भएपछि कसरी सँगै बस्ने ?उसलाई सँधै मेरो नोकरीकै डाहाडो छ ?” 

“तँ राम्री भएकीले तँलाई अरवीले धेरै पैसा दिएको त हो नि ! दिनका कतिपल्ट सुत्छेस् उसँग?” भनेर घर पस्नासाथ रडाको शुरु गर्छ । अनि निस्केर कताकता क्याम्प पुगेर सस्ता रक्सी धोकेर आउँछ । त्यति वेलामात्रै उसको मीठो स्वर सुन्न पाएकी छु मैले । “एकविता ! रिसाइस कि क्याहो ? यता फर्कि न !” भन्दै मलाई लुछ्न थाल्छ, अनि मलाई केहीवेर लुछ्दा लुछ्दै ऊ निदाइसकेको हुन्छ । भोलीपल्ट विहान उठेपछि उस्तै फेरी ! उही रडाको उही गन्गन् ।”

अमेरिका पुगेका एकाध जोडीका मात्र यस्ता कुरा सुनेको थिएँ मैले, आज पहिलोपल्ट खाडीको संकीर्ण समाजमा पनि देख्दै र सुन्दै थिएँ ! 
एकछिन आरोप र प्रत्यारोप अनि भलाकुसारी पछि मात्र थाहा भयो । उनीहरुको प्रेम विवाह नै भएको रहेछ । 
“सर् ! हामी छुट्टियौं भने मात्र यिनलाई चेत आउँछ, नत्र त सँधै यस्तै हो । त्यसैले पनि म छुट्टिन लागेकी हुँ !”
“होइन ब्यारे ! आफ्नो मनपरी गर्न यसलाई पारपाचुके चाहिएको ! तेल्ले के भनेर हेर्छ सँधै खोक्रो पारेर गलहत्याइ दिएपछि मात्र थाहा पाउँछे यसले !” लोग्ने च्याँठ्ठिदै थियो । 
“अहिले पनि तिम्ले गलहत्याए जस्तै छु नि म !”

दीपक र कविताको बाझाबाझले भरिएको चर्को सम्बाद रोक्न मैले कानूनी रुपमा सत्य कुरा स्पष्ट पार्नै पर्ने हुन्छ । 

“दूतावासले विवाहदर्ता पारपाचुके जस्ता काम गर्न सक्दैन भन्ने थाहा छैन ? गर्नै पर्ने भए नेपाल जाओ, नत्र मिलेर वस । मलाई जरुरी काममा लाग्नुपर्ने छ, आजगए हुन्छ तिमेरु !”

मलाई काममा साँच्चै हतार भइसकेको थियो । मैले फाइलका चाङ् निकालिसक्दा उनीहरु मेरो ढोका बाहिर निस्किरहेको देखेँ । यस्तो अप्ठेरा काम लिएर २।४ जना आएर नकराएको, वादविवाद नगरेको र मेरो गोरुको बाहै टक्का भन्दै बाझ्ने भाषा मा हल्ला गर्नेको जमात नआएको दिनै हुन्न । अब त मैले यता बसुञ्जेल यस प्रकारका फाटफुट घटनालाई सामान्य रुपमा लिन थालिसकेको थिएँ । वास्तवमा मन नमिले पछि पारपाचुके गर्नुलाई म कुनै समस्या मूलक मान्दिन, तर एकतर्फी रुपमा स्थापित भएका हाम्रा सामाजिक मूल्य र मान्यता यसरी थुप्रिरहेका छन् कि तिनलाई सजिलैसँग नकार्न पनि सक्ने अवस्था छैन । 

त्यसपछि म दीपक र कविताका कुरा बिर्सदै आफ्नो दैनिकी हेर्दै कामतिर लाग्छु । यत्तिकैमा मेरा एकाग्रतालाई मिश्री सेक्रेटरीले भंग गरिदिन्छ । 

“१२ बजे पुगिसक्नुपर्छ ! त्यहाँ अंग्रेजी जान्ने छैनन् रे ! म पनि साथमा जानुपर्ने हुन्छ ।”

म उसलाई एकपल्ट हेर्छु र मुण्टो हल्लाउँदै पुनःआफ्नै काममा लाग्छु । मलाई सबैकुरा उसँग बाँड्न मन लाग्दैन, न त स्वेच्छाले उसलाई कतै भेटघाटमा लैजानै चाहन्छु । तर भाषाको कारणले लग्नुपर्ने वाध्यतापनि छ । भाषा सिक्न जान पनि मन लाग्दैन ! सिकेर पनि गर्ने के ? फर्केर गएपछि मतलब हुन्न ! त्यसमा पनि यता बसुञ्जेल यस्तै दीपक र कविता, अनि भागेर, छलिएर भगाइएर, पिटाई खाएर छिर्ने देशवासीकै सेवा गर्ने हो, किन अरबी सिक्नुपर्यो ?” भन्दै गर्ने आफुजस्तै दक्षिण एशियाली साथीको गुनासो सम्झन्छु । म निस्कन्छु ।

शहर बाहिर कार्यालय भएकोले शहर भित्र भएका सरकारी पदाधिकारीहरु भेट्न जाँदा आउँदा ट्राफिक जामले आधादिन यसै जान्छ ! आज सडक अलि बढ्तै व्यस्त थियो ।

“ट्राफिक जामनहुने बाटो लग न !” चालकलाई सेक्रेटरी भन्दै थियो । तर मेरो दिमागबाट दीपक र कविताको झल्झलीअझै हटिसकेको थिएन । कवितालाई अर्कै संसारको मोह थियो भने दीपक ईष्र्या र हीनभावनाले ग्रस्त थियो । उनीहरुबीच एक अर्का प्रतिमाया त थियो, तर यताको रुमानी संसारलाई उनीहरुले आफ्नो परिवेश अनुसार आत्मसात् गर्न सकेका थिएनन् । राम्रो जागीर भएपनि बस्नुपर्दाको पीडा सहनुपर्ने र अन्तै वहकिन सक्ने डरले उसले कवितालाई फकाई पुल्याइविहे गरेको थियो, तर आफ्नो संसार र यताको रंगीचंगी वातावरणबीच सामञ्ज्यल्याएर बाँच्नजानेन उसले, न त आफुकुन संसारबाट आएकी र कस्तो जीवनपद्वतिमा हुर्केकीभन्ने कुरा मनमा राखेर आफ्नै वैवाहिक सम्बन्धलाई मधुर बनाउने कलासिक्न सकी कविताले ! त्यसैले छुट्टिन वाहेक अर्को कुनै विकल्प देखेनन् उनीहरुले !

“हामी पुग्नै आँट्यौँ । सेक्रेटरी कराउँदै थियो मेरो ध्यानउतिर लैजान ! हुन पनि शहरको मध्य भागमा रहेका गगनचुम्बी भवनहरुको माझमा पुगिसकेको पत्तै भएनछ !

भेटघाटमा सामान्य शिष्टाचारको आदानप्रदान समेत केही वास्तविक, केही वनावटी, केही सत्य र तथ्यअनि केही अतिरञ्जित कुरा भन्दै र सुन्दै फेरी फर्किएँ म सदा झैँ, अर्को कुनै भेट वा केही कार्यक्रम थिएन शहरतिर !

उताआफ्नै भीड थियो, आफ्नै मान्छे थिए, पीडित, पीडक अनिविश्लेषक तर सबै आफुलाई समाजसेवी र बुद्धिजीवि भनाउन चाहने पनिथुप्रै हुन्थे । धेरै त मीठो सपना लिएर आएका विचरा विचरीहरु नै हुने गर्थे ! भित्र छिर्ने बेलामा रिसेप्सनमा उही विवाद, “मयता छु त उताको सरकारी कागज कहाँबाट ल्याउँ?”, मेरो घरमा कोही छैन, कसले पठाउँछ,” “तपाईंहरु घोचे थाप्न बसेको कि मद्दत गर्न ?” टड्कारो सुनिन्थ्यो । त्यस्तो विवादको प्रत्युत्तरमा,“हाम्लाई झ्यालखान् हाल्ने ? केही आधार नभइ कसरी कागज बनाउने ?हाम्लाई अख्तियारले बाँधेर लैजान्न?कमसेकम उताको जवाफ त कुर्नोस्” भन्दै कर्मचारी चिच्याइरहेका हुन्थे । कसैको पासपोर्ट नआइपुगेर भीसा नै रद्द हुने अवस्था त कसैलाई कम्पनी फेर्नका लागिकम्पनीको मालिकलाई भनसुन गरिदिनुपर्ने” त कसैलाई एजेण्टले ठगेको, बेग्लै काम लगाइदिएको आदिआदि । 

“आज.......... देशको राष्ट्रिय दिवस छ नि !” मेरो पछाडी आइरहेको सेक्रेटरी सम्झाउँदै थियो । 

हामी फर्किसकेका थियौँ, सहकर्मीहरु पछि पछि थिए, “आज त फोन नगरी नहुने भो, उताबाट केही जवाफ आएन, नेपालीहरु कराएर उत्पात छ !”, डेलिगेसन आउने रे, भेटघाट मिलाउनुपर्ने पनि छ !” उनीहरुको आफ्नो रट थियो । दैनिकी ! उनीहरुलाई पनि जवाफ आउँदैन भन्ने थाहा नभएको होइन,  तर तुरुन्त निर्णय लिनुपर्ने भएपछि पुच्छर ननिमोठी पनिभएन नि !

लिफ्टबाट बाहिर के निस्केको थिएँ, बिहानै आएका दीपक र कविताका दम्पति बाहिरपट्टि आराम गरिरहेका थिए । 

“ अझै यतै ? नेपाल एकपल्ट गएर आउनुस् न !”

“हैन सर् अर्को पनि उपाय छ ! मिलापत्र बनाएर उही गराएर राखे हुन्न दुवैलाई ?” कुनै तेस्रो व्यक्तिको आवाज थियो । 

स्वनामधन्य समाजसेवी थिए उनी ! तर पनि दीपक र कविता जोडीको जस्तो समस्यामा अवाञ्छित परामर्श दिन उनी द्तावासमा झुल्किहाल्ने गर्थे । 
“ए ! तपाईं पनि?”

अनि एउटा कुटिल हाँसो ! तेस्रो व्यक्तिले नगरेको खराब काम केही थिएन, तै पनि यहाँ सम्मआउने हिम्मत छ उसमा ! देशमाआएको परिवर्तनको एउटा उदाहरण हो ऊ !
उसलाई जवाफदिनु आवश्यक थिएन, ऊ पनि जवाफ पर्खेर बस्ने मान्छे होइन !

केही त भन्नै पर्ने थियो ।

“दीपक ! कविता ! नेपाल जानुको अर्को विकल्प छैन, मेरो अन्तिम सल्लाह र निर्णय पनि ।” आफ्ना सहयोगीहरु सँगै म भित्र पस्छु । 

वास्तवमा अर्को विकल्प थिएन पनि ! 

[email protected]

२७६ भीमनिधितिवारी मार्ग                    
काठमाडौँ– ९

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x