दरबन्दी नै नभएका ठाउँमा पनि उपकुलपतिले गरे कर्मचारी भर्ना

कात्तिक २५, २०७५

काठमाडाैं-चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत कर्मचारी भर्ना गर्न सेवा आयोग गठन भए पनि ०७२ असोजदेखि विज्ञापन गरी पदपूर्ति गरिएको छैन । 
प्रतिष्ठानका उपकुलपतिले सेवा आयोगको सहमतिविनै वीर अस्पतालमा विभिन्न तहका १६४ र राष्ट्रिय ट्रमा सेन्टरमा १२७ कर्मचारी भर्ना गरेका छन् । यीमध्ये प्रतिष्ठानतर्फ ९४ र ट्रमा सेन्टरतर्फ सयजना कर्मचारी विनादरबन्दी नियुक्ति गरेको पाइएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएकाे छ । 


ADVERTISEMENT

कात्तिक २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस