×

NMB BANK
NIC ASIA

अवनि बाघलाई मार्नका लागि खटिएका थिए २०० कर्मचारी

कात्तिक २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भारतको महाराष्ट्रस्थित यवतमाल जिल्लामा मारिएकी बघिनी अवनिको मृत्युमा बहस चर्किएको छ । 

अवनिले १३ मानिसको शिकार गरेपछि भारतको सर्वोच्च अदालतले सेप्टेम्बर ११ मा उसलाई मार्ने अनुमति दिएको थियो । 

त्यसको भोलिपल्टबाट अवनि मार्ने अभियान शुरू भयो । अभियानमा वन विभागका लगभग २०० अधिकारी र कर्मचारी संलग्न थिए । 

अवनिलाई मार्नका लागि वन विभागले लोणी गाउँको जंगलमा आधार शिविर बनायो । विभागका अधिकारी र कर्मचारी ६५० हेक्टर जमीनमा उसलाई खोज्न थाले । हैदराबादबाट शिकारी नवाब शौकतको टीमलाई बोलाइयो । 

बघिनी नभेटिएपछि नवाबका साथी गल्फर ज्योति रन्धावाका इटालेली कुकुरहरूलाई बोलाइयो । रन्धावा आफ्ना केन कार्स प्रजातिका कुकुर लिएर विमान चढेर नागपुर पुगे । 

त्यहाँबाट उनी कार चढेर आधार शिविर पुगे । तर रन्धावामाथि सामाजिक सञ्जालमा आक्रमण भएपछि केही दिनमै उनी कुकुरहरूसँगै फर्किए । 

अवनिलाई खोज्नका लागि कम्मरसम्म आउने जंगली घासले समस्या तेर्स्यायो । खोजीको सहजताका लागि मध्यप्रदेशबाट चारवटा हात्ती मगाइयो । पाँचौं हात्ती ताडोबाबाट मगाइयो । 

एक दिन अचानक ताडोबाबाट आएको हात्ती गाउँतर्फ दौडियो । एक महिलालाई कुल्चिएर मारिदियो । एक वृद्धलाई घाइते बनायो । यो घटनापछि सबै हात्तीलाई फर्काइयो । 

अवनिलाई आकर्षित गर्नका लागि जंगलमा ठाउँ ठाउँमा बोका र घोडा बाँधेर मचान बनाइयो । जंगलमा १०० भन्दा बढी क्यामरा लगाइयो । बाउन्न स्थानमा प्रेसर इम्प्रेसन प्याड बनाइयो । त्यसलाई दिनदिनै जाँचिन्थ्यो ।

वन विभागले अवनिको तलाशका लागि दिल्लीबाट प्यारामोटर मगायो । तर दुईतीनपटक उडेपछि मोटर बन्द भयो । अनि ड्रोनले खोजी गरियो । 

पछि अर्की बघिनीको पिसाब छर्केर आकर्षित गरियो । 

नोभेम्बर २ तारिखमा अवनिको खोजको ५२ औं दिन थियो । अवनि पिसाबतर्फ आकर्षित भएर बाहिर निस्किन् । त्यतिखेरै नवाब शौकतका छोरा असगर अलीले गोली हाने । अवनि त्यहीँ ढली । 

अवनिलाई मार्ने आदेशविरुद्ध वन्यजन्तुप्रेमीहरू उच्च अदालत पुगेका थिए । अदालतले विभागलाई अवनि मार्ने अनुमति दियो । बघिनीलाई बेहोश बनाएर जिउँदै पक्रिने कोशिश गर्न पनि भनियो । पछि सर्वोच्च अदालतले उच्च अदालतको निर्णय सदर गरिदियो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x