×

NMB BANK
NIC ASIA

छोरीको जन्मदिनमा विपन्न विद्यार्थीका लागि एक लाख रुपैयाँको अक्षयकोष स्थापना

कात्तिक २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत –हाल अमेरिकामा बस्दै आएकी दैलेखकी चेली जयन्ती थापाले आफ्नी छोरीको जन्मदिनको अवसरमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छिन् ।

Muktinath Bank

उनले आइतबार छोरी सुजन चन्दको १८औं जन्मदिनको अवसर पारेर वीरेन्द्रनगर १२ पदमपुरमा रहेको जनजागृत प्राथामिक विद्यालयमा १ लाखको चेक हस्तान्तरण गरी अक्षयकोष स्थापना गेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त विद्यालयमा रहेका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई शिक्षा आर्जनमा सहयोग पुग्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको हो । उक्त अक्षय कोषको नाम जयन्तिकी आमा पार्वती र बुबा धर्मजंग थापाको नामबाट धर्म–पार्वती रहने बताइएको छ ।


Advertisment
Nabil box
Kumari

अक्षयकोषका लागि चेक हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले अमेरीकामा बसेर नेपालका विभिन्न ठाउँमा अक्षयकोष स्थापना गर्ने कार्य प्रशंसनीय भएको बताइन् ।

Vianet communication
Laxmi Bank

‘जन्मदिन, विवाह तथा अन्य कार्यहरूमा भोज खाएर रमाउनुभन्दा सामाजिक कार्यमा लगानी गरेर समाज परिवर्तनको क्षेत्रमा अगाडि बढ्नु स्रहानिय कार्य हो,’ उनले भनिन्, ‘यो अक्षयकोषले यहाँ अध्ययनरत गरिब विद्यार्थीहरूका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा दुईमत छैन ।’ 

कार्यक्रममा वीरेन्द्रनगर नगर कार्यपालिकाका स्रोत व्यक्ति लोकबहादुर खत्रीले जयन्तिले गरेको कार्यले शिक्षा क्षेत्रमा अन्य व्यक्तिहरूलाई पनि सिक्ने अवसर प्रदान गरेको बताए । यसैगरी वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष लोकप्रसाद चालिसेले राम्रा काम गर्नका लागि गाउँमै बस्नुपर्ने नभएर मन भएपछि विदेशमा बसेर पनि आफ्नो गाउँठाउँको उन्नतिका लागि काम गर्न सकिने बताए ।

छोरीको जन्मदिनमा शिक्षा क्षेत्रका लागि गरिएको यस कार्यले आफूलाई गौरवान्वित बनाएको र आफू निकै खुसी भएको जयन्तिका बुबा धर्मजंग थापाले बताए ।

विद्यालयका प्रधानाध्यापक ज्ञानुकुमारी सुवेदीले यो अक्षयकोषमा रहेको रकमले असहाय विद्यार्थीको शिक्षा प्राप्तिमा सहयोग पुग्ने बताइन् ।

जयन्ती थापाले आफ्नो गृहजिल्ला रुकुम, दैलेख, सुर्खेत, जाजरकोट, कैलालीलगायतका जिल्लाहरूमा विपन्न बालबालिका, असहाय लगायतलाई कहिले न्यानो कपडा त कहिले शैक्षिक सामग्रीहरू वितरण गर्दै आइरहेकी छिन् ।

उनले विभिन्न जिल्लाका ८ जना बालबालिकाहरूको पढाइको जिम्मा समेत लिएकी छिन् । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x