×

NMB BANK
NIC ASIA

एक सातामै तीन महिलामाथि जबर्जस्ती करणी

कात्तिक २५, २०७५

NTC
Sarbottam
प्रतिकात्मक तस्बिर
Premier Steels
Marvel

सुर्खेत– यो सातामा मात्र जुम्लामा तीन महिला एकैदिन जबर्जस्ती करणीको शिकार भएको उजुरी प्रहरीमा परेको छ । यही कात्तिक १८ गतेका दिन पातारासी गाउँपालिका–२ का एक र तिला गाउँपालिका–४ जुम्लाका दुई महिलाले आफू जबर्जस्ती करणीमा परेको उजुरी प्रहरीमा हालेका हुन् । 

पातारासीका पीडित महिलाको बयानका आधारमा जबर्जस्ती करणी गरेको आरोपमा सोही वडाका ४५ वर्षीय भैरे सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए । 

तिला गाउँपालिकाका–४ जुम्लाका एकै घरका दुई महिला जबर्जस्ती करणीका चार आरोपित भने फरार रहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए । कात्तिक १८ गते घरभन्दा करीब छ किलोमिटर टाढा घाँस काटेर बेलुका ७ः३० बजे फर्कदै गर्दा दुई मोटरसाइकलमा आएका चार जनाको समूहले आफूलाई जबर्जस्ती करणी गरेको किटानी जाहेरीसहितको उजुरी परिसकेको र फरार आरोपितको खोजी कार्यलाई तीव्रता दिइएको उनले जनाए । 

रिजालका अनुसार फरार अभियुक्त पक्राउ नपरेकाले नै नाम सार्वजनिक गरिएको छैन । यही कात्तिक १ गते तातोपानी गाउँपालिका–२ जुम्लाका एक महिलालाई बलात्कार गरेको आरोपमा सोही गाउँपालिका–३ का २६ वर्षीय भक्त सार्कीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो एक महीनामा चार जना महिला जबर्जस्ती करणीको शिकार भएका छन् । 

स्वास्थ्य परीक्षणमा कठिनाइ 

पीडित र पीडक दुुवैको जुम्लामा स्वास्थ्य परीक्षण हुन नसकेका कारण अनुसन्धानमा प्रभाव परेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ र तालीम प्राप्त चिकित्सक नभएको प्रतिक्रिया दिएपछि प्रहरीको अनुसन्धानका साथै पीडित महिला समस्यामा परेका हुन् । 

प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा पुजन रोकायाले आफूहरुले असहयोग गर्न नचाहेको तर गत भदौ ४ गते आएको राजपत्रले विशेषज्ञ तथा तालीम प्राप्त चिकित्सक तोकेकाले उक्त जनशक्ति नभएको स्वास्थ्य परीक्षण गर्न नसकिएको जनाए । पीडितमहिलालाई कालिकोट जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परीक्षण गर्न पठाएको बताउँदै परीक्षण कार्य ढिलाइले प्रमाण नष्ट हुने डर भएको प्रहरी नायब उपरीक्षक रिजालले बताए । 

विशेषज्ञ चिकित्सकका लागि गुहार 

जिल्ला प्रहरी कार्यालय जुम्लाले विशेषज्ञ चिकित्सक उपलब्धार्थ सङ्घीय एकाइ सुर्खेत–हाल नेपालगञ्जमा पत्राचार गरेको छ । यसको बोधार्थ प्रहरी प्रधानकार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय जुम्लासमेतलाई दिइएको जिप्रका जुम्लाले जनाएको छ । 

प्रतिष्ठान जुम्लाले तालीम प्राप्त चिकित्सक नभएको र राजपत्रमा उल्लेख भएबमोजिम परीक्षण गर्न नसिकने पत्र पठाएपछि सङ्घीय एकाइ सुर्खेतमा गुहार मागिएको जिप्रका जुम्लाले बताएको छ । परीक्षण जुम्लामा नहुँदा आफूहरुलाई झन पीडा भएको पीडितको गुनासो छ । तीन महीनाअघि पनि तिला गाउँपालिकाकै एक मेला हेर्न गएकी बालिका सामूहिक बलात्कारमा परेकी थिइन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x