×

NMB BANK
NIC ASIA

काभ्रेपलाञ्चोकका एक हजार परिवार लालपूर्जाविहीन

कात्तिक २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाको दुईवटा वडाका करीब एक हजार परिवार ४३ वर्षदेखि लालपूर्जाविहीन अवस्थामा छन् । विसं २०३२ मा नापीका बेला साविक पिपलटार गाविसमा रहेको खेतीयोग्य जमीनबारे विवादपछि भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाविस हुँदा स्थानीय बासिन्दा लालपूर्जाविहीन बन्न पुगेका थिए ।

Muktinath Bank

गाउँपालिकाको ७ नं वडाका ३६५ र ८ नं वडाका ५८९ पीडित परिवारसँग ४३ वर्षदेखि आफ्नो जमीनको लालपूर्जा नभएको ८ नं वडाध्यक्ष मोतिलाल तामाङले बताए । उनका अनुसार लालपूर्जाविहीन भूकम्पपीडितलाई दुई वर्षपछि मात्रै सरकारी राहत अनुदान उपलब्ध गराइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तर वडा सीमा विवाद मिलाउन तथा जग्गाको लालपूर्जा प्राप्तिका लागि वडाध्यक्ष तामाङको संयोजकत्वमा गत साता समिति गठन गरिएको छ । गत साता भुम्लु पुग्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग स्थानीयवासीले जग्गाको लालपूर्जाको समस्या सुल्झाउन आग्रह गर्दा उनले ‘उच्चस्तरीय भूमि व्यवस्थापन आयोग’ निर्माणपछि समाधान हुने आश्वासन दिएका थिए । 


Advertisment
Nabil box
Kumari

हाल गाउँपालिकाको वडा नं ७ र ८ मा २५० घर निर्माणाधीन अवस्थामा छन् । जग्गाधनीले जमीन कर ‘तिरो’ तिरेको तथा अनुगमनकर्ता इञ्जीनियरले दिएको निस्साका आधारमा गत वर्षको कात्तिकमा सरकारले आवास निर्माण अनुदान उपलब्ध गराएको हो । यसअघि लालपूर्जाविहीन भूकम्पपीडितले अनुदान सम्झौता गर्न पाएका थिएनन् । 

Vianet communication
Laxmi Bank

सरकारले लालपूर्जाविहीन पीडितको समस्यालाई मध्यनजर गर्दै गत भदौमा आवास निर्माणसम्बन्धी कार्यविधि तयार गरेपछि यहाँका करीब एक हजार लालपूर्जाविहीन पीडितले किस्ताबन्दीमा सरकारी अनुदान लिएर घर बनाउन पाएका हुन् । हाल वडा नं ७ मा ५० तथा वडा नं ८ मा ३५ घर बनिसकेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x