असोज ३०, २०८०
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
काठमाडौं — बलिउडका महान् अभिनेता दिलीप कुमारको स्वास्थ्य ठीक छैन । आगामी डिसेम्बर ११ मा ९६ वर्ष पुग्ने दिलीप मानिसलाई राम्ररी चिन्दैनन् र सुन्न तथा बुझ्न छोडिसके ।
चिकित्सकहरूको एक टोली उनको स्याहारमा व्यस्त छ ।
दिलीप कुमारका विषयमा गोविन्दाले भावुक सन्देश दिएका छन् । उनले भने, ‘दिलीप साहबको दीर्घायु र स्वास्थ्यका लागि म ईश्वरसँग सदैव प्रार्थना गर्छु । मलाई दिलीप कुमारको अपार प्रेम र आशीर्वाद छ । म अहिलेसम्म पनि उहाँप्रति आभारी छु ।’
गोविन्दा भन्छन्, ‘मैले एकैचोटि ७५ फिल्म साइन गरेको थिएँ । तर दिलीप साहबले मलाई २५ वटा फिल्म छुटाउनुभयो । मैले एकैचोटि यति धेरै फिल्म साइन गरेको थाहा पाएपछि उहाँले मलाई २५ वटा जति चाहिँ छोडिदेऊ भन्नुभयो । मैले उहाँको कुरा तुरुन्तै मानें । फिल्म साइन गर्दा पाएको रकम सबै मैले खर्च गरिसकेको थिएँ । तर मैले उधारो लिएर २५ जना निर्माताको रकम फिर्ता गरें ।’
आफ्नो फिल्म छनोट प्रक्रिया र व्यवहारमा परिवर्तनको श्रेय दिलीप कुमारलाई दिँदै गोविन्दाले भने, ‘दिलीप साहबकै सल्लाहमा मैले कमेडी फिल्म खेलेको हुँ । उहाँले मेरो फिल्मका गम्भीर पात्र हेरेर सल्लाह दिँदै तिमी कमेडी फिल्महरू खेल, आनन्दित रहन्छौं, स्वस्थ हुन्छौ भन्नुभयो । उहाँ आफैंले धेरै एक्सन फिल्म खेलेपछि समस्यामा पर्नुभएको थियो । त्यसैले उहाँले मलाई एक्सन फिल्म नखेल्न सुझाव दिनुभयो । मैले दिलीप साहबलाई भेटेर नै सोमत राख्न सिकें । आफ्नो आमा र गुरुपछि मेरो जीवनमा दिलीप साहबकै महत्त्वपूर्ण स्थान छ ।’
एजेन्सी
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...