×

NMB BANK
NIC ASIA

कांग्रेसमा देउवाविरुद्ध बृहत् मोर्चाबन्दीको गृहकार्य, सुजाताको घरमा 'लञ्च मिटिङ'

कात्तिक २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –कांग्रेसमा सभापति शेरबहादुर देउवाविरुद्ध बृहत् मोर्चाबन्दीको गृहकार्य शुरू भएको छ । सभापति देउवाको कार्यशैलीविरुद्ध कांग्रेसका ७ प्रभावशाली नेताले बलियो मोर्चाबन्दीको गृहकार्य शुरू गरेका हुन् ।

Muktinath Bank

पार्टीको बहुप्रतिक्षीत महासमिति बैठक आउन करीब एक महिना बाँकी छँदा सोमवार नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा लञ्च मिटिङ भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेटमा नेतृ कोइरालाका अलावा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांका कोइराला तथा नेताहरू प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. रामशरण महत र अर्जुननरसिंह केसी सहभागी थिए ।


Advertisment
Nabil box
Kumari

नेता केसी अघिल्लो महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । तर पछिल्लो समय देउवासँग उनको सम्बन्ध चिसिएको छ ।

Vianet communication
Laxmi Bank

मोर्चाबन्दीमा कृष्ण सिटौलालाई पनि समेट्ने गृहकार्य भइरहेको छ ।

'यस बैठकका लागि नेता कृष्ण सिटौला पनि आउने कुरा थियो, कार्यव्यस्तताका कारण उहाँ आउन सक्नुभएन,' कांग्रेस स्रोतले भन्यो, 'सभापतिको कार्यशैलीविरुद्ध उहाँको पनि ऐकेबद्धता छ ।'

यसअघि सरेको कांग्रेस महासमिति बैठक आगामी मंसिर २८ गतेका लागि बोलाइएको छ ।

सत्ताधारी बलियो कम्युनिस्ट पार्टीसँग जुध्न सशक्त भूमिकाको खाँचो औंल्याउँदै नयाँ शिराबाट अघि बढ्ने गरी गृहकार्य भइरहेको स्रोतले बतायो ।

कांग्रेसमा नयाँ र बलियो गुट बनाउन अर्जुननरसिंह केसी निरन्तर सक्रिय छन् ।

अघिल्लो महाधिवेशनको पूर्वसन्ध्यामा गुट परिवर्तन गरेपनि अपेक्षित सफलता हात नलागेपछि केसीले नयाँ ढंगले रियलाइजेसन गरेको उनको निकट स्रोतले बतयो । सोही कारण उनले देउवाको साथ छाडेका छन् ।

यसलाई आसन्न महाधिवेशनको वार्मअपका रूपमा समेत हेरिएको छ ।

यसअघि कोइराला परिवारबाटै सभापतिको उम्मेदवार बनाउने गृहकार्य भइरहेको चर्चा थियो । सो गृहकार्यमा पौडेल, सिंह लगायतका प्रभावशाली नेता बाहिर थिए । भावी सभापतिका लागि यी दुवै नेताको छुट्टाछुट्टै दाबी थियो ।

सोमवार यी सबै नेता एकसाथ देखिनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

बैठकमा सभापतिको कार्यशैली, आसन्न महासमिति बैठक, पार्टीको विधान लगायतका विषयमा कुराकानी भएको कांग्रेस स्रोतले जानकारी दियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x