×

NMB BANK
NIC ASIA

राणाविरुद्ध लडेका पासवानको निधन, श्रद्धाञ्जलि दिन हेलिकप्टरमा धनुषा पुगे निधि

कात्तिक २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – राणा शासनविरुद्ध भएको आन्दोलनमा सहभागी नेपाली कांग्रेसका नेता सोनेलाल पासवानको निधन भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

पासवानको १ सय ६ वर्षको उमेरमा सोमबार बिहान ३ बजे निधन भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनुषाको नगराईन नगरपालिका–९ घोरघास गाउँमा उनलाई श्रद्धाञ्जलि दिन नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, मिनाक्षी झा, प्रदेश संसदीय दलका नेता रामसरोज यादव, कांग्रेस धनुषाका सभापति महेशशंकर गिरि लगायतका नेताहरू पुगेका थिए । निधिसहित सबै नेताले पासवानको शवमा नेपाली कांग्रेसको झण्डा ओढाएका थिए ।


Advertisment
Nabil box
Kumari

‘नेपाली कांग्रेसको अगुवाइमा भएको राणाशासन विरुद्धको क्रान्तिमा लागेका पुस्तामध्येका एक नेता पासवानको निधनले देश र नेपाली कांग्रेसलाई अपुरणीय क्षति भएको छ,’ झण्डा ओढाएर निधिले भने, ‘उहाँको लगाव मेरो पिता स्वर्गीय महेन्द्रनारायण निधिसँग रहेकाले पनि उहाँलाई म लगायत मेरा पुस्ताका कांग्रेसका नेताहरूले अभिभावक सरह नै मान्थ्यौं ।’

Vianet communication
Laxmi Bank

लोकतन्त्र प्राप्तिप्रति पासवानको समर्पण र योगदानलाई प्रेरणाको रूपमा लिने बताउँदै निधिले सपना साकार गराउनेतर्फ प्रयास रहने बताए । पासवानलाई अन्तिम श्रद्धाञ्जलि दिन निधि काठमाडौंबाट हेलिकप्टर चार्टर गरेर घोरघास पुगेका थिए । पासवानका २ छोरा महेन्द्र र जोगेन्द्र छन् ।

नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालासँगै उनी २००७ सालको क्रान्तिमा लागेका थिए । महेन्द्रनारायण निधि, रामनारायण मिश्र र महावीर शर्मासँग क्रान्तिमा होमिएका पासवान पटक–पटक गरी ६ वर्षसम्म महोत्तरीको जलेश्वर र सिन्धुली कारागारमा जेल समेत गएका थिए । निर्वासित जीवनको क्रममा भारतको बिहारस्थित पिपरौन, हर्लाखी, उभगाउँ लगायतका क्याम्पमा रहेका थिए ।

प्रजान्तान्त्रिक सेनानी समेत रहेका पासवानलाई काठमाडौंमा गणेशमानसिंह प्रतिष्ठानले सम्मान गर्नुका साथै स्थानीय स्तरमा समेत कांग्रेसले उनलाई सम्मान गरेको थियो । राणा शासनबाहेक पञ्चायती व्यवस्था, प्रजातान्त्रिक आन्दोलनदेखि २०६२ सालको जनआन्दोलनमा पनि उनी सहभागी भएर देशमा लोकतन्त्र र प्रजातन्त्रका लागि योगदान पुर्याएका थिए ।

पासवान साइकल चढेर पार्टीको सबै कार्यक्रममा जाने गरेको पार्टी सभापति महेशशंकर गिरीले बताए । उनी आयुर्वेद समेत सिकेका कारण आयुर्वेद चिकित्सा गर्ने क्रममा धनुषा र महोत्तरीको विभिन्न गाउँमा उपचार सँगसँगै कांग्रेसको संगठन निर्माण गर्ने काममा समेत लागेका थिए ।

‘पार्टीमा ठूलो योगदान गरेको भएपनि उहाँ कहिल्यै पनि कुनै पद वा राजनीतिक अवसर प्राप्तिका लागि लालायीत हुनुभएन । न त उहाँले कुनै इच्छा नै व्यक्त गर्नुभयो,’ पूर्वमन्त्री तथा केन्द्रीय सदस्य महेन्द्र यादवले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x