×

NMB BANK
NIC ASIA

तीन अर्बको शेयर बिक्रीको तयारीमा २१ कम्पनी, कुन-कुनको आउँदैछ आईपीओ ?

कात्तिक २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विभिन्न २१ कम्पनीको रु तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले शेयर बिक्रीका लागि आवेदन दिएका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ । आवेदन दिएकामध्ये १५ कम्पनी जलविद्युत्सँग सम्बन्धित, पाँच माइक्रोफाइनान्स कम्पनी र एक लगानी कम्पनीसँग सम्बन्धित छन् । ती मध्ये जोशी हाइड्रोपावरले साधारण शेयर बिक्रीको अनुमति पाइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बोर्डमा आवेदन दिएका जलविद्युत्सँग आवद्ध कम्पनीमा सिइडिबी हाइड्रो फण्डले रु २२ करोड ८९ लाख ३० हजार बराबरको साधारण शेयर बिक्री गर्न लागेको छ । सयपत्री हाइड्रोपावरले रु तीन करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । शुभम् पावरले रु पाँच करोड ८० लाख, रुरु जलविद्युत् परियोजनाले रु चार करोड सात लाख ७० हजार ५०० र माउन्टेन हाइड्रोले रु १८ करोड १६ लाख ११ हजार बराबरको साधारण शेयर बिक्री गर्नेछ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै बोर्डमा आवेदन दिएको पाँचथर पावर कम्पनीले रु १९ करोड २५ लाख तथा ग्रीनलाइफ हाइइड्रोपावरले रु १८ करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । मैलुङखोला जलविद्युत् कम्पनी आवेदन स्वीकृतिको प्रक्रियामा रहेको छ । सो कम्पनीले रु सात करोड ३६ लाख २८ हजार ६००, युनिभर्सल पावर कम्पनीले रु ९६ करोड ६१ लाख ६१ हजार, शिवश्री हाइड्रोपावरले रु १४ करोड ७६ लाख ४० लाख र घलेम्दी हाइड्रोपावरले रु १५ करोड ५५ लाख ७७ हजार बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । 

Vianet communication
Laxmi Bank

बोर्डमा आवेदन दिएको गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले रु दुई करोड, लघिङ बुद्ध पावरले रु नौ करोड ७८ लाख र युनियन हाइडेल कम्पनीले रु पाँच करोड ५० लाख बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । साधारण शेयर बिक्रीका लागि आवेदन दिनेमा आशा लघुवित्त वित्तीय संस्थासमेत छ । सो संस्थाले रु ६ करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । यस्तै जनसेवी लघुवित्त वित्तीय संस्थाको रु चार करोड २० लाख र स्पर्श लघुवित्त वित्तीय संस्थाको रु दुई करोड ४० लाख बराबरको साधारण शेयर बिक्री स्वीकृतिको चरणमा छ । 

अनुमतिको प्रक्रियामा रहेको मर्चेन्ट बैंकमा सिबिआइएल क्यापिटल लिमिटेड पनि छ । सो कम्पनीले रु तीन करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । त्यस्तै स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको रु एक करोड ८० लाख बराबरको साधारण शेयर बिक्रीका लागि स्वीकृतिको चरणमा छ ।

बोर्डले चालु आवको हालसम्म रु एक अर्ब ६१ करोड ४९ लाख ९० हजार बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डका प्रवक्ता निरज गिरीका अनुसार विभिन्न चार कम्पनीले साधारण शेयर बिक्रीका लागि अनुमति लिएका छन् ।

अनुमति लिएकामध्ये कालिका पावर कम्पनीले रु १२ करोड बराबरको साधारण शेयर बिक्री गरिसकेको छ ।

यस्तै चौतारी लघुवित्त वित्तीय संस्थाले रु पाँच करोड ४० लाख र हिमालयन ऊर्जा विकास कम्पनीले स्थानीयवासीलाई रु नौ लाख ९० हजार बराबरको साधारण शेयर बिक्री गरेको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कात्तिक २८ गतेदेखि रु एक अर्ब ४४ करोड बराबरको साधारण शेयर बिक्री गर्दैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x