×

NMB BANK
NIC ASIA

नेपाली 'ताजमहल'मा बढ्यो चहलपहल, २० फोटोमा हेर्नुहोस् रानीमहलको सुन्दरता

कात्तिक २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पाल्पा – काठमाडौंको धापासीस्थित त्रियोग माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत निरीक्षा शर्माले साथीहरूबाट रानीमहलको बारेमा सुनेकी थिइन् । विद्यालयमा साथीहरूले भन्थे– रानीमहल यस्तो, रानीमहल उस्तो... । कतिले रानीमहल पुगेर फेसबुकमा पोष्ट गरेका तस्वीर देखेर पनि उनलाई चाँडै नै रानीमहलसम्म पुग्ने रहर जागेको थियो ।

Muktinath Bank

त्यही रहर पूरा गर्न उनले आमाबुवासँग रानीमहल जाने इच्छा प्रकट गरिन् । आमाबाबु पनि छोरीको कुरामा सहमत भए । त्यसपछि यस वर्षको दशैं तिहारको बिदामा पाल्पा जिल्लामा अवस्थित रानीमहल उनको घुम्ने गन्तव्य बन्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिहारपछि रानीमहलमा भेटिएकी निरीक्षाले लोकान्तरसँग भनिन्, ‘साथीहरूले भनेको सुनेकी थिएँ, फोटोहरू पनि हेरेकी थिएँ, आज यहाँ आएर प्रत्यक्ष हेर्न पाउँदा एकदमै खुशी लाग्यो ।’


Advertisment
Nabil box
Kumari

पोखराका लोकेन्द्रमान सिंह आफ्नी दुई छोरीलाई रानीमहल घुमाउन पाउँदा हर्षित देखिन्थे । छोरीसँगै आफ्नो पनि बिदाको सदुपयोग गर्दै रानीमहल आएको उनले बताए ।

Vianet communication
Laxmi Bank

उता चितवन रत्ननगर नगरपालिका- १५ स्थित अर्विट आवासीय माध्यमिक विद्यालयमा तिहारलगत्तै शैक्षिक भ्रमण जाने निर्णय भयो । भ्रमणमा विद्यार्थीको रोजाइमा पर्‍यो, रानीमहल । ३० जना विद्यार्थीसहितको समूह तिहारलगत्तै रानीमहल आइपुग्यो । 

यी त केही उदाहरण मात्र हुन् । पछिल्लो समय रानीमहलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

तानसेनबाट रानीमहल दरबारसम्म सडक सञ्चालनमा आएसँगै यहाँ पर्यटकको संख्यामा वृद्धि भएको हो ।

यस वर्षको दशैंतिहार बिदामा त यहाँ पर्यटकको घुँइचो नै लागेको थियो । अहिले पनि दैनिक २ सयभन्दा बढी पर्यटक रानीमहल आइपुगिरहेका छन् ।

पर्यटकको गुनासो : सडक स्तरोन्नति हुनुपर्छ

रानीमहल पाल्पा सदरमुकाम तानसेनबाट १३ किलोमिटरको दुरीमा कालीगण्डकी नदी किनारमा अवस्थित छ ।

केही वर्षयता सडक पुगेपनि यहाँ पुग्न त्यति सहज भने छैन । चितवनको अर्विट आवासीय माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा आएको टोली तानसेनबाट दुईवटा जीप रिजर्भ गरेर रानीमहल पुग्यो । 

विद्यालयकी शिक्षिका अम्बिका बानियाँले तानसेनसम्म बसमा आएपनि सडकका कारण जीप रिजर्भ गर्नुपरेको बताइन् ।

उनले भनिन् ‘यति महत्त्वको स्थानमा सडक स्तरीय नहुनु अत्यन्तै बिडम्वना हो । महल त राम्रो लाग्यो तर सडकको अवस्था देखेर भने दु:खी भयौं ।’ सडकको स्तरोन्नतिमा राज्यले चाँडै ध्यान दिनुपर्ने उनले बताइन् ।

पोखराका लोकेन्द्रलाई पनि सडकको अवस्थाले रानीमहल पुग्न केही असहज भयो । २०/२१ वर्षअघि सदरमुकाम तानसेनबाट ३/४ घण्टाको पैदल हिँडेर रानीमहल पुगेको सम्झना उनमा ताजै रहेछ । 

‘त्यो बेला तानसेनबाट हिँडेरै आएको थिएँ, अहिले सडकले सहज भएको रहेछ । तर सडकको अवस्था अझ सुधार हुनुपर्ने देखें ।’

आधा सडक कालोपत्रे भएपनि बाँकी कच्ची छ । कालोपत्रे सडकमा विशेष गरी सडकमा छरिएका गिट्टीका कारण साना सवारी सचेत हुनुपर्छ । केही स्थानमा खाल्डाखुल्डी र हिलोले सास्ती दिन्छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका ७ अडगुरीका हरिशरण पन्थी पनि रानीमहलसम्म पुग्ने सडकको स्तरोन्नति हुनुपर्ने बताउँछन् । ‘सडक केही जोखिम भएपनि यहाँ आएपछि भने रमाइलो लाग्यो,’ उनले लोकान्तरसँग भने ।

रानीमहल पुग्ने अधिकांश पर्यटकको मुख्य गुनासो हुन्छ, सडक ।

देश विदेशमा प्रख्यात् रानीमहल पुग्ने सडकको स्तरोन्नति गर्नसके त्यहाँ पुग्ने पर्यटकलाई सहज हुने र त्यसले पाल्पाको पर्यटकीय विकास सम्भव हुने पर्यटकहरू बताउँछन् । 

रानीमहलमा पर्यटकका लागि खाना, खाजा तथा बास बस्न स्तरीय होटलहरू पनि खुल्नु जरुरी छ ।

सरकारले ऐतिहासिक, पूरातात्विक तथा धार्मिक महत्त्वको रानीमहल स्थानीय सरकार तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको छ । अब रानीमहलको संरक्षण र सडक स्तरोन्नतिमा नगरपालिकको ध्यान जानु जरुरी छ ।

रानीको सम्झनामा बनाएको महल

पाल्पागौंडामा तैनाथ तत्कालीन सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए ।

वि.सं १९४९ मा शुरू गरी पाँच वर्षमा रानीमहल निर्माण कार्य पूरा भएको थियो । दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई ‘प्रेमको प्रतिक’का रूपमा लिइने गरिन्छ ।

मृत्युको अन्तिम क्षणमा खड्ग शमशेरले रानीलाई उनको सम्झनामा भारतको आग्राजस्तै ताजमहल निर्माण गरी स्मृतिलाई ताजै राख्ने वचन दिएका रहेछन् ।

वचनअनुसार उनले रानीमहल निर्माण गराएको इतिहास छ ।

नेपालको ताजमहलका रूपमा परिचित रानीमहल प्रेमजोडीको प्रमुख गन्तव्य मानिन्छ ।

मानव बस्तीभन्दा केही टाढा, चारैतिरबाट पहाडले घेरेको, खुला बगरमा कालीगण्डकीको तिरमा अवस्थित रानीमहलले साँच्चिकै पर्यटकलाई लोभ्याउँछ ।

तस्वीरमा हेर्नुहोस्, रानीमहलको सुन्दरता :


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x