कात्तिक १९, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
जनकपुरधाम – छठ पर्व मिथिलाञ्चलदेखि तराई, पहाड र राजधानी काठमाडौंमा भव्यताका साथ मनाइन्छ ।
भगवान सूर्यको उपासना गर्दै छठी मैयाको पूजा गर्ने लोक आस्थाको पर्व छठ यस वर्ष पनि २ नम्बर प्रदेशको राजधानी जनकपुरधामसहित तराईका विभिन्न जिल्लामा मनाइँदैछ ।
मंगलवार बिहानैदेखि जनकपुरधामको विभिन्न पोखरी तथा सरोवरमा छठ पर्वका अवसरमा अस्त हुने सूर्य र उदाउँदो सूर्यलाई अर्घ दिनका लागि प्रसाद लगेर राखेका छन् । जनकपुरधामको धार्मिक तथा ऐतिहासिक सागर गंगासागर, दशरथ सागर, अंगराज सर, गोर्धोई पोखरी लगायत विभिन्न पोखरीमा व्रतालुले प्रसाद लगेर राखेका छन् ।
करीब १ सातादेखि स्थानीय युवा क्लबले पोखरीको सरसफाई तथा घाटलाई सौन्दर्यीकरण गर्ने काममा लागेका थिए । सबै पोखरीमा टेन्ट, लाइट र पण्डालको व्यवस्था गरिएको छ ।
मंगलवार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको सन्ध्याकालीन अर्घ दिइने छ । प्रसादको रूपमा गहुँको पिठोले र मिठ्ठाले बनेको ठेकुवा, भुसुवासहित उखु, बेसार, केरा र फलफूल अर्घ दिने गरिन्छ । अति नै पवित्रताका साथ ती प्रसाद घरमा बनाउने गरिन्छ ।
छठ पर्वलाई विभिन्न किसिमले विश्लेषण गर्ने गरिएको छ । कहिलेदेखि शुरू भयो भन्ने यकिन प्रमाण नरहेपनि आदीकालदेखि नै लोकआस्था र लोक पूजाको आधारमा निष्ठापूर्वक व्रत मनाउने गरिएको मिथिला राज्य संघर्ष समितिका संयोजक समेत रहेका प्राध्यापक परमेश्वर कापडी बताउँछन् । ‘अत्यन्तै शुद्धतापूर्वक प्रसाद बनाएर उदाउँदो र अस्ताउँदो सूर्यलाई निराहार व्रत बसी अर्घ दिने मिथिलाको मौलिक लोकपर्व हो छठ,’ कापडीले भने ।
कृषि उत्पादकत्वसँग जोडिएको कुरा नै प्रसादको रूपमा अर्घ दिने गरिएको हुनाले छठ कृषिसँग पनि जोडिएको संस्कृतिविद् समेत रहेका नेकपाका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा बताउँछन् । ‘यो पर्वले कृषि उत्पादकत्व बढाउन मात्रै होइन, विभिन्न किसिमको भेदभावलाई पनि हटाउने प्रतीकको रूपमा पनि मानिन्छ ।’ यदाकदा समाजमा जातीय छुवाछुत र भेदभाव भइरहने भएपनि छठमा सबै जाति, समुदायले पोखरीको एकैघाटमा सबैको प्रसाद राख्ने गरेको बताउँदै झाले छठले जातिगत, सामुदायिक भेदभाव पनि हटाउने बताए ।
‘तराईसँगै पहाड र देशकै राजधानी काठमाडौंमा समेत छठ पर्व मनाउन थालिएकाले छठ पर्व अब तराई पहाड जोड्दै राष्ट्रिय एकताको प्रतीकको रूपमा पनि स्थापित हुँदै गएको छ,’ झाले लोकान्तरसँग भने ।
छठ पर्व विशुद्ध रूपले आफ्नै खेतबारीको उपजलाई प्रवद्र्धन गर्ने उद्देश्यले मनाउने गरिएको भएपनि अहिले त्यसमा विकृति आएको प्राध्यापक डा. सुरेन्द्र लाभ बताउँछन् । राष्ट्रिय थिंक ट्यांकका सदस्य समेत रहेका लाभ भन्छन्, ‘अहिले केलादेखि फलफूल सबै कुरा भारतबाट आयात भइरहेको छ, त्यसकारण आफ्नै उत्पादकत्व बढाउन मिथिलाञ्चल क्षेत्रमा पुनर्जागरणको आवश्यकता छ ।’
सामान्यतया जलाशयमा फोहोर फालिने भएपनि छठकै अवसरमा जलाशयलाई सफा गर्ने, पानीलाई सफा गर्ने काम गरिने हुँदा यस पर्वले वातावारणलाई पनि स्वच्छ र सफा राख्नुपर्छ भन्ने सन्देश समेत दिने गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता रामचन्द्र झा बताउँछन् । ‘प्रदूषित पानी मानव मात्र होइन, जलप्राणीलाई समेत असर पार्ने हुँदा जलाशयलाई प्रदूषणरहित राख्नुपर्छ भन्ने संदेश दिएको छ,’ उनले भने ।
‘छठ पर्व पौराणिक, धार्मिक, सामाजिक रूपले पनि महत्त्वपूर्ण छ,’ प्राध्यापक डा. भोगेन्द्र झाले भने, ‘हिन्दू सँगसँगै अब मुस्लिम समुदायले पनि छठ पर्व यदाकदा मनाउन थालेकाले छठ पर्व आत्मनिर्भर संस्कृतिको प्रतिक बनेको छ ।’
पर्वमा आफ्नै कृषि उपजको सम्पूर्ण कुरा प्रसाददेखि बासकै सामग्रीको समेत प्रयोग हुने गरेकाले व्यापारिक असन्तुलन हटाएर आर्थिक रूपमा आत्मनिर्भर बन्नका लागि, स्वावलम्वन बन्न र समग्रमा मानव समाजकै लागि अति नै महत्त्वपूर्ण पर्व रहेको अर्थशास्त्री झाले बताए ।
‘मानव समाजमा कुनै पनि किसिमले भेदभाव छैन । जातिगत होस् वा साम्प्रदायिक, धनी होस् वा विपन्न । सबै एकैसाथ बसेर पूजा गर्नु नै यो पर्वको विशिष्ट पहिचान हो,’ उनले भने ।
कार्तिक शुक्लपक्षको षष्ठी तिथिका दिन मनाउने छठ पर्व चैत्रमा पनि चैती छठको रूपमा मनाउने गरिन्छ । विगतमा साँझ प्रसाद लिएर पोखरीको घाटमा जाने, सन्ध्याकालीन अर्घ दिएर सबै प्रसाद घरमा फिर्ता ल्याउने र फेरि बिहान सबेरै घाटमा प्रसाद लगेर उदाउँदो सूर्यलाई अर्घ दिएर प्रसाद घरमा ल्याउने गरिन्थ्यो । तर, विगत १ दशकबाट जनकपुरधाम शहरदेखि ग्रामीण क्षेत्रहरूमा पनि छठको सन्ध्या अर्घ दिने दिनको बिहानैदेखि भोलिपल्ट २४ घण्टासम्म पोखरीको घाटमै प्रसाद राख्ने गरिएको छ ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...