×

NMB BANK
NIC ASIA

चिनियाँ भाषाको विद्यार्थी बन्दै नेपालका शिक्षक

कात्तिक २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– काठमाडौँ उपत्यका र आसपासका जिल्लाका सामुदायिक तथा निजी विद्यालयका शिक्षकलाई आजदेखि चिनियाँ भाषा तथा संस्कृति सिकाउन थालिएको छ । 

चीन सरकारको सहयोगमा कलङ्कीस्थित लर्निङ रियल्म, इन्टरनेशनल (एलआरआई) विद्यालय परिसरमा विभिन्न ६० विद्यालयका करीब १५० शिक्षकलाई भाषा सिकाउन शुरु गरिएको हो । आगामी मङ्सिर ११ गतेसम्म सञ्चालन हुने भाषा प्रशिक्षणमा चिनीयाँ संस्कृतिका विभिन्न पक्ष तथा प्रारम्भिक भाषा सिकाइनेछ । 

भाषा प्रशिक्षणको आज शुभारम्भ गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भने, “नेपालकी छोरी भृकुटी र कलाकार अरनिकोले चीनमा नेपालको सांस्कृतिक सम्बन्धको शुरुआत गरेका थिए ।” 

भाषा तथा संस्कृतिले दुवै मुलुकको शिक्षा, सभ्यता, प्रविधिको विकास निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मन्त्री पोखरेलले अहिले दरबार हाई स्कूललगायत हिमाली भेगका विद्यालयको पुनः निर्माणका साथै मर्मत तथा जीर्णोद्धारमा चिनियाँ स्वयंंसेवकले गरिरहेको सहयोगको सराहना गरे । 

यहाँस्थित चिनियाँ दूतावासका प्रतिनिधि झाङ् फानले भाषा सिकाइका माध्यमबाट दुवै मुलुकबीच सदियौँ पुरानो कूटनीतिक सम्बन्धलाई बलियो बनाउने विचार व्यक्त गरे । बेइजिङ इन्टरनेशनल चाइनिज कलेजका उपसभापति याङ वेईले दुवै देशबीचको आर्थिक तथा सामाजिक सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । 

एलआरआई विद्यालयका प्राचार्य देवकान्त जोशीले भाषाका माध्यमबाट शिक्षकको क्षमता अभिवृद्धि गरी पछिल्लो समय विकास भएका प्रविधिको ज्ञान उपलब्ध गराउनसकेमा विद्यार्थी लाभान्वित हुने बताए । 

सहभागी शिक्षिका जानुका नेपालले चिनियाँ विज्ञले सिकाउने चिनियाँ संस्कृतिका साथै भाषाले नयाँ ज्ञान प्राप्त हुनुका साथै चीनका मौलिक परम्पराबारे जानकारी प्राप्त हुने बताइन् । 

उक्त विद्यालयले मुलुकको राजनीति क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले निर्माण गरेको ‘विद्यार्थी संसद्’ कक्षमा देशका ७७ जिल्लाबाट प्रतिनिधित्व हुने गरी विद्यार्थी उपस्थित गराइएको थियो । 

यसैबीच विद्यालयले सञ्चालन गरेको संसद्मा मन्त्री पोखरेलले देशमा लामो समयदेखिको राजनीतिक अस्थिरताका कारण विकास निर्माण तथा आर्थिक सफलता कायम हुन नसकेको उल्लेख गर्दै भने, “प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को महाअभियानको नेतृत्व गर्नुभएको छ, केही वर्षभित्र यो मुलुक सम्पन्न हुनेछ, सरकार त्यसतर्फ उन्मुख छ ।” 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x