बर्खास्तीमा मात्रै परेनन् सुदूरपश्चिमका मन्त्री, पार्टीबाट पनि निकालिए

कात्तिक २७, २०७५

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रीबाट हटाइएका दीर्घ बहादुर सोडारीलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ । 

पदमा रहँदा आचरण विपरित काम गरेको भन्दै नेकपाले सोडारीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । सोडारीको ठाउँमा मंगलवार कृष्ण राज सुवेदीले सामाजिक विकास मन्त्रीको शपथ ग्रहण गरिसकेका छन् । 


ADVERTISEMENT

मंगलवार बसेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले सोडारीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाको अध्यक्षमा बसेको बैठकले सोडारीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो । 

सोडारीले पदमा रहँदा गरेका कार्यले सुदूरपश्चिम प्रदेश सरकार र नेकपाको बद्नाम भएको भन्दै पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको नेताहरुको भनाइ छ । 
 

कात्तिक २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस