×

NMB BANK
NIC ASIA

मेरो चरित्रमा खेलवाड गरियो–वामदेव

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेकपाका नेता वामदेव गौतमले आफूले बोल्दै नबोलेको विषयमा एक दैनिक पत्रिकामा अन्तर्वार्ता प्रकाशन भएको भन्दै आपत्ति जनाएका छन् । 

Muktinath Bank

‘भन्दै नभनेका तथा निराधार र पत्रिकामा प्रकाशित नगर्ने गरी बोलेका सामान्य कुरालाई अन्तर्वार्ताजस्तो गरी छापेर मेरो चरित्रमा खेलवाड गर्नुभएको छ’ विज्ञप्ति जारी गर्दै गौतमले भनेका छन् । 
बुधबार प्रकाशन भएको नयाँ पत्रिकाले वामदेवलाई अर्को झड्का शीर्षकमा वामदेवबारे समाचार र अन्तर्वार्ता प्रकाशन गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो छ गौतमले जारी गरेको विज्ञप्ति


Advertisment
Nabil box
Kumari

नदिएको अन्तर्वार्ताप्रति मेरो आपत्ति 
नयाँ पत्रिका दैनिकसम्बद्ध एकजना पत्रकारले हिजोमात्र मलाई फोन गरेर अन्तर्वार्ताका निम्ति जबरजस्त अनुरोध गर्नुभएको थियो । जति जबरजस्ती गरे पनि म अन्तर्वार्ता दिन तयार भइनँ । उहाँले आजको नयाँ पत्रिकामा भन्दै नभनेका तथा निराधार र पत्रिकामा प्रकाशित नगर्ने गरी बोलेका सामान्य कुरालाई अन्तर्वार्ताजस्तो गरी छापेर मेरो चरित्रमा खेलवाड गर्नुभएको छ । नेपाल सरकारले कस्ता नीति अवलम्बन गर्छ, कस्ता नीति अवलम्बन गर्दैन उसको अधिकारको कुरा हो । विकास निर्माणसम्बन्धी ऐनद्वारा निर्देशित प्राधिकरण निर्माण गर्ने विगतमा प्रधानमन्त्रीसँग कुरा भए पनि आज मेरो माग होइन । सरकार र पार्टीका नेताहरुसँग यस सम्बन्धमा मेरो कुनै गुनासो पनि छैन । मैले फोन गर्ने पत्रकार मित्रलाई कुराकानीका सम्बन्धमा भनेको यत्ति हो । तर, उहाँले यसलाई अन्तर्वार्ताका रुपमा तोडमरोड गरी प्रकाशित गरेर मेरो मानहानी गर्नुभएको छ र पितपत्रकारिताको नमूना प्रस्तुत गर्नुभएको छ । कानुनतः सम्बन्धित व्यक्तिको सहमतिबिना अन्तर्वार्ता लिन वा नलिएको अन्तवार्ता प्रकाशन र प्रशारण गर्न मिल्दैन । तसर्थ, नयाँ पत्रिकामा ‘अन्तर्वार्ता’ भनी प्रकाशित मेरा भनाइहरु प्रति म स्वयंको सहमति नभएको र त्यस ‘अन्तर्वार्ता’ मा उल्लेखित विषयका आधारमा मेराबारे कुनै धारणा नबनाइदिनुहुन म मेरा समस्त पार्टी सहयोद्धा तथा देश–विदेशमा रहनुहुने शुभचिन्तकहरुमा विनम्र अनुरोध गर्दछु ।

 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x