काठमाडौं– महानगरीय प्रहरी बृत्त बौद्धका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा डिएसपी राईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
डिएसपी राईले स्थानीय व्यवसायी र केही सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ‘उपहार’ दिन भन्दै लगातार दवाव दिँदै आएका थिए । स्थानीय पसलबाट आफैंले टिभी खरिद गरेर ल्याएर बिल भुक्तानीका लागि डिएसपी राईले लगातार व्यवसायीलाई दवाव दिँदै आएका थिए ।
डिएसपी राईबाट पीडित भएका व्यवसायीले दिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि निगरानी बढाएको थियो ।
अख्तियारबाट खटिएको टोलीले असोज २० गते (शनिवार) राईलाई १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो ।
अख्तियारले घुससहित रंगेहात पक्राउ परेका राईविरुद्ध १ लाख ४० हजार बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
थप समाचार
- सबै जिल्लाको नमुना मतपत्र सार्वजनिक, हेर्नुस् तपाइँको जिल्लाको कस्तो छ ?
- इम्बोस्ड नम्बर प्लेट टाँस्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
- अपराधी छुटाउन नेपाललाई भारतको दबाब ! [लोकान्तर खोज-१]
- श्रीमतीले चिन्ता लिन्छन् भनेर अफिसमै कपडा धुन्छन् ट्राफिक प्रहरी
- गाैचन हत्याको रहस्य : गाडीमा थिए करोडौंका चेक !
- लोकसेवा पढ्नेहरूलाई कुमार तिमल्सिनाका २० टिप्स
प्रतिक्रिया दिनुहोस