कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
धनगढी – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा प्रहरीले मुछेका दिलिपसिंह बिष्टलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।
भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलिपलाई प्रहरीले जबर्जस्ती दोषी करार गराउन खोजेको र प्रहरीले दिएको यातनाकै कारण स्वास्थ्य अवस्था बिग्रेको भन्दै उनको परिवारजनले क्षतिपूर्ति माग गरेका हुन् ।
मानसिक सन्तुलन ठीक नभएका दिलिपलाई प्रहरीले भदौ ४ गते निर्मला हत्याकाण्डका मुख्य दोषी ठहर गर्दै सार्वजनिक गरेको थियो । तर निर्मला पन्तको नमूनामा भेटिएको डीएनएसँग दिलिपको डीएनए नमिलेपछि भदौ २५ गते थुनामुक्त गरिएको हो ।
दिलिपका दाजु खडकसिंह विष्टले अरु पीडितजस्तै आफ्नो भाई दिलिपले पनि राहत र क्षतिपूर्ति पाउनुपर्ने दाबी गरे । खडकले निर्मला र सन्नी खुनाको परिवारले पाएजस्तै आफ्नो परिवारले पनि राहत पाउनुपर्ने माग राखे । उनले दिलिप जिउँदो शहीद भएकाले खुना र पन्त परिवारले जसरी स्थानीय, प्रदेश र संघीय सरकारबाट १८/१८ लाख पाए त्यतिकै दिलिपलाई पनि रकम उपलब्ध गराउनुपर्ने बताए ।
‘यत्रो जघन्य अपराध करार गराएर मेरो भाईको मानसिक सन्तुलन अवस्था झन् बिग्रिएको छ,’ उनले भने, ‘बिना कारण मेरो परिवारको बदनाम गरियो ।’
पक्राउ परेका बेला कुटपिटका साथै यातना दिएर दिलिप मर्नु न बाँच्नु भएको बताउँदै खडकले ऋण काढेर दिलिपको उपचार गराइरहेको दुखेसो पोखे । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...